तिमीलाई चिट्ठी लेख्न सकिन,,,



मेरो चाहना र मेरो गराइ तब मात्र एउटै हुन सक्छ;
जब म तिमीलाई चाहन्छु, अनी तिमीलाई चिट्ठी लेख्छु;
त्यतीमा मात्र कहाँ हुन्छ र?चिट्ठी त यहाँ आज भोली को लेख्दैन र?
सब सिपालु छन्; सब सायर छन्; म नि हिम्मत जुटौला।
त्यो चिट्ठी तिमीलाई हातमा दिनु पर्यो; आँखा जुधायी;एक टक
अनी तिम्ले पढ्नु पर्यो; च्यती दिये मेरो चाहन मर्छ;
हासिदिये आश बध्छ;
तर यहाँ अनौठो छ; न तिमी तिमी रह्यौ;
त्यो सिउदो को लालीसँग कहाँ म लड्न सक्छु र?
लडुला ल; तर तिमीलाई के नै दिन सकुल त?
तेसैले मैले तिमी लाई चिट्ठी नलेख्ने निधो गरेको छु।
ढुक्क होउ; त्यो चिट्ठी आँउदैन- जुन तिमीले पर्खेकी छैनौ; आउँदैन
तिम्रो सिरको लालीसँग म जुध्न चाहन्न; सक्दिन होला शायद।

तेसैले म आज्कल चाहना राख्दिन; किनकि म त्यो पुरा गर्न सक्दिन।
March 18 at 5:43am

1 comment:

  1. hehe...dont mind...but is that supposed to be emotional or something.....it sounds funny to me or umm..may be its jus me who cannot get into its depth ..haha....lol!

    ReplyDelete