title due



धमिलो सन्ध्या र कालो रातबिचको केही पल निकै रमाइलो हुन्छ; यो समय मा निकै रामौछु।
त्यहाँ तारा पनि देखिन्छ र पर डाँडाँमा अस्ताएको घामको लाली पनि हुन्छ।
अझ ठमेल छिर्ने गार्डन अफ ड्रीम्सको अगाडि झनै अर्को संसार सुरु हुन्छ;
त्यहाँ दिनभर दफ्तरमा थाकेर फर्केक अध्भैसेहरु फूट्पाथमा गफ चुट्दै हिंडेक देखिन्छ;
त्यहा युवा हुन्छन्; गफ अनेक-"रज्निती;लोड्शेद्दिङ;बोबमार्ले;चेल्सी; अन्जेलिना जोली।
चहलपहल बध्दै जादा; वारी पारी धेरै ठिटाहरुका आँखा गुमेकोघुमै;भ्याइनभ्याइ आँखाहरुलाई।
श्रिङ्गारले ढाकिएका सबै राम्रानी होइनन्; तर हेर्थे सबले- मुखै नै त हेर्न पर्दैन नि।

रात पर्यो बिस्तारै; म अझै टोलौदै थिए; चिसो भयो; जौ न त कफि खान;
छिरे म "जाभा"; अँ उही सानो संसार वाला जाभा, बसे एक्लै अनी क्यापचिनो मगाये;
वारी पारी टोलये; ठिटीहरुले फुकेको चै मननै नपर्ने मलाई; तर जो नि फुक्दा रहेचन जस्तो भान भयो।
बाफ्रे; समाज धेरै अगाडि पुगिसकेको राइछ; आनन्दको गीत बजिरहेको थियो; कुन थाहा छैन; तर कानमा अनौथो सन्चो।

कफि आइपुग्यो;ओहो! फीजनै फीज भएको देख्दै बाक्लो; एक्चुस्की लगायिहाले; छ्या मुख नै तितो भो;
अनी हाले चिनी; ओहो क्युबवाला रइछ। पहिला दुईटा हाले; स्वाद आएन; अनी फेरी दुई थपे; अह आएन;
अनी जोशमा चारवोटा हालिदे; घोले; घुमाको घुमै; त्यो ठिटीले सल्काको ठुटोनी सक्केछ;म चै घुमाको घुमै;
अब के गर्नु त? घोल्यो- घोल्यो; चम्चा एसो उठौदा, चिनीको टुक्रो ठ्यास्स देखापर्ने। अब सब घुल्यो;
अनी चुस्की लगाये; ओहो बढी भएछ; घाँटीमै लाग्यो; बरु ल-कयम्पस अगाडिकै कफि मिठो; सस्तो पनि।

पिउदा पिउदै; वेटर आयो, "सर अरु केही लिनु हुन्छ?"; "हैन एक्छिनमा"; साँच्चिभन्दा मसँग धेरै पैसो थिएन,
तर नि रेस्टुरेन्टमा "नो भयो" भन्न साह्रै लाज लग्ने, अली लजालु नै हो म नेचरले ; तेसैले एक्छिन पछी भनीदिये, कफि नि सकियो;
"भाइ बिल ल्याउ"; एता उता हेरे; एउटा केटी सँग आँखा जुध्यो; चिन्या-चिन्या जस्तो लाग्यो- मुसुक्कै मुस्कौन लाकोथिए- केटीले टाउको घुमैहाली;
"ओहो attitude । मलाई बाल!"

वेटरले बिल ल्यायो - तिरे अनी निस्के;
बाहिर चिसो; ओहो साह्रै चिसो; ब्यागबाट टोपी निकाले अनी लगाए; अनी हिंडे;

ह्या माईक्रोमा जान्न आज। चिस्चिसो हावामा गोजीमा हात छिरायी हिंड्नुको मजै अर्को छ। अझ भखर पिएको कफिको भित्री तातो ले मेरो पेट चै मिठो-पोल्दै थियो।
गाडी कती नि आज भोली काठमाडौंमा?, एक्कासी आँखा त्यो सडक पारीको street lamp मा पर्छ। फुर्‍र-फुर्‍र किराका बथान, "एउट क्यामरा हुनु पर्ने, खिचिक्क, दरो औथ्यो।; खेर केही छैन, यी बथाने किराहरु नि यही सल्बलैरख्छन; म नि एतै रङ्मग्गिरहुन्छु; कुनै दिन खिचुला।

हिंडे अनी, अनी गोजीबाट i- pod निकाले। ०९ को चिसोमा समर अफ ६९ सुन्दै, बल्ल कान सन्चो भयो; नत्र गाडीको हर्न, वाक्क लाग्ने।
अली अली गाउदै नि थिए, जे होस् रमाइलो भाईराको थियो। हिड्डा- हिड्डै जमल आईपुगेछ।

जमल पुग्दा त्याहा सडक को बाँया तिर मनिसको बथान देखे। सम्योग मात्र हुन सक्छ, street light कै तल। हाहा,, मान्छे र किरा, झुम्मिरहेका। जिज्ञासा उठ्यो? मान्छे न हुँ- के भएको रहेछ?
भिडमा चियाउने बित्तिकै दुई बेक्ती को भनाभन र तेस्को बिचमा एउटा ट्राफिक पुलिस लाई देखे। पुलिस लाई दुबै हातमा लद्दु। मुस्कुराये,, अनी वास्ता नगरि निस्के, i pod मा scorpions को you and i बजिरहेको रहेछ। उस्को याद निकै आयो. सडक पारी नि फेरी तेही पानी पुरीवाला। मुस्कान कम नै भएन; न त उस्को याद नै।


एत्तिकैमा दहिने खल्तीमा मोबाईल थर्केको (vibrate) भएको जस्तै लाग्यो; निकली हेर्दा उस्कै फोन- 'हेलो, was just missing you!!'
रितु-'were you?
म-'why would i lie?'
रितु- सुन न, तिमी कता/
म-'घर जडै छु रितु। किन र?
रितु-'एक्लै?'
म- 'बेलुक सधैं एक्लै त हुन्छु त। आज किन एक्कासी यो question?
रितु-' तिम्रो के भर? एता एउटा gf उता अर्को;'; ए साँच्चि के भन्न call गरेको भने; tomorrow we are Going together or separately?
म-' के हो र भोली?'
रितु-' you (झर्किदै) ; उफ्फ; when will you start remembering things by your own?'
म-' के हो; ह्या गाली गर्नु सट्टा त भने हुन्छ नि।
रितु -'(झर्किदै)- भोली सुमनको engagement हैन?'
म -'थाहा छ त; तिमलाई check पो गर्या त;'
रितु-'you dog frankly भन न you had forgotten भनेर।
म-'याद थ्यो के बाँदर; अनी ofcourse we are going together. ए एउटा कुरा म नि सोध्नै बिर्सिरा;
रितु-' छिटो सोध तेरो बौ ले balance हल्दिदैन मेरो cell मा'
म -' रितु when are we getting engaged नि?'
रितु-'आश त ठुलै रहेछ ठिटो को, ल राखे ल फोन मैले?; भोलीको टाईम sms गरुला नि
म-' bye dear , love u'
रितु-(मूड चेन्ज)-'bye मेरो कालु; love you too । घर पुगेछी missed call देउ ल।
म-'किन?
रितु-'एत्तिकै; i know you reached घर safely भनेर नि; जवान केटा छौ; कसैले जोर-जबर्जस्ती; रेपसेप गर्द्यो भने; म अर्को काले कहाँ बाट खोज्नु नि?
म-'ह्या दिन्न के missed कल;बच्चा हो?'
रितु-'देउ भन्या खुरुक्कन। '
म-' ल दिये tring tring.. '
रितु-'(रिसौदै); नदेउ नि त; मलाई के मत्लब?'
म-'घर पुगे के उल्लु; गफ गर्दा गर्दै'
रितु-'hee hee ; ल अब i keep ।
म-'ल bye म नि keep अब'

क्यानभास कल्पानाको

कल्पना गर; निलो आँकास; निल्ल्निलो-हरियोहरियो समुन्द्र अनी छितिजमा ती दुई को मिलन, सुन्दर अत्ती। उडीरहेको ति चाराहरु आकार अकार् को बथान बानयी।
किनारमा लहराहरु; औथे अनी जन्थे हावासङै; अनौठो आवाज सँगै- सुर्-सुर्; सर्र-सर्-र्; अनी त्यो हावासङै लहारी- लहरी हल्लिरहेका केशहरु- कस्को? तेही महिला जो किनारको केही पर बालुवाको घर बनाउदै थियिन्। घर राम्रो थियो; यो रङीन क्यानभासमा त्यो घरमा चै रङ थिएन; बालुवा को रङजस्तै,,,, सन्ध्यामा कालो देखिन्थ्यो होला; गोधुलीमा सुन्तली- नत्र घर फुस्रो बालुवा जस्तै थियो तर पूर्ण अनी राम्रो; निकै मेहेनत परेको हुनुपर्छ , २-४ घण्टा त पक्कै लाग्यो होल।

तर के किनरमा अरु कोइ छैन? छ छ। धेरै जाना छन्। केही बच्चाहरु खेलिरहेका; नाचिरहेका- उन्माद र बिन्दास मूडमा, केही केटाहरु बल खेलिरहेका; दुई जोडी अंकमालगरी छाता मुनी घाम छेकि बिशाल समुन्द्र तिर टोलायिराहेका। के देखिरहेका होलन्?
क्यानभासको चारकुना भित्र अरु कोइ थिएनन्।

एक्कशी क्यानभास जुइदो हुन्छ; बेजोड- हुरी( तुफान) चल्छ। पानीका लहर अली वर-बर आउन थाल्छ; बलुवा उड्न थाल्छ; एक्पलमै त्यहा सुन्सान हुन थाल्छ,
तर त्यो किनरमा बालुवाको घर बनायिरहेकी महिला तेही; अघी झुलीरहेका कपालहरु अहिले हावाको रफ्तार सँगै हल्लिरहेका; त्यो सानो बलुवाको घरलाई हावाको प्रहरबाट छोपिरहेकी; बिस्तारै हावा शान्त हुन्छ,,
केही बेरमै हावा मन्द गतीमा अघी जस्तै; सुर्-सुर्; सर्र-सर्-र्।

एही बेला क्यानभास को दाहिने कुनाबाट स्कुल ड्रेशमा एउटा सानो केटो डौडिदै आउछ। त्यो महिलालाई च्याप्प पार्छ।
"आमा मेरो घर बन्यो?"
"बन्यो छोरो बन्यो",

आमालाई छोरोले हर्ससाथ गालामा चुम्छ; एही क्यानभास रोकिन्छ। कहिले काही प्रकिती भन्दा मान्छेको आफ्नै छटा सुन्दर हुदो रहेछ,

त्यो आमा हामी सब को आमा हुन; र त्यो केटो हामी सब हौँ।

happpy mother's day