दर खाने दिन





झमक्क पर्न लागेको साँझ
नेताजीको घरमा निकै चहलपहल।
नेताजी ठुलै नेपाली पार्टीको ( नाम किन चाहियो; लोकत्रान्तिक पार्टी; पुगी गो। )
नेताजीको श्रीमती एउटा गैरसरकारी संस्थान(NGO) को हाकिम; महिला ससक्तीकरण सम्बन्धित।
पाल नै कस्तो राम्रो; कुर्सी पनि थुप्रै; सबै उस्तै।

भब्य माहोल थियो; बिहाको भोज भन्दा कम थिएन।

रातो सारी;झप्पक सुनका गहना अनी हरियो पोतेको मोटो तिलरी;
झल्कौदै निस्किन् उमाजी; उही नेताजीको श्रीमती।

"नबिन, एह नबिन"
'हजुर दुलैसाब'
"D.J ले मिलायो हैन सब?"
'को D.J दुलैसब?' (अलमल्लिन्छ)
"गाना बजाउने के! लाटो !"
'एह एह, ठिक होला'
"बोला ; (घडी हेर्दै) भइगो, तै गएर भन्दे, तीजको गीत हिन्दी नयाँ नयाँ गीत मिसाएर बजाउने भन्;
 फेरी हिजो जस्तै होला; उस्तै गीत बज्या बजै"
'हस् हजुर'

उनी भित्र छिर्छिन।

ऐन हेर्दै, मुसुक्क हाँस्दै, अफुलाई बारम्बार माथि देखी तल सम्म नियाल्दै। (केही बेर चलिरह्यो)
........

बिस्तारै पहुनाहरु आउने क्रम सुरु भयो।
पुरुष महिला दुबै थिए; उतिक्कै उपस्थिती थियो;
समय बित्दै जादा महिला सन्ख्या बढेको भान भयो।

background माचिक्नी चमेली”,volume बड्ने अनी घट्ने क्रम केही समय चली राख्यो;
 अनी केही बेरमा बल्ल आवाज एकतमासको भयो।

बिस्तारै बिस्तारै, महिला पुरुष समुह छुट्टीन थाल्यो; केही अपबाद सधैं जस्तै;
केटीसमुहमा रत्तिएर cheap जोक हन्ने केही; अनी पुरुष ग्रुपमा महिला अधिकारको कुरा गर्ने feminist हरु।

अनी यो दुई बढ्दै गरेको ध्रुबिकरनको बीचका ति बच्चाहरु- डौदिडै; खेल्दै- लुकामारी होला; छुइडेम होला।
( चै सदा जस्तै यि भुरा-भुरी हेर्दै रमौदै)
 कती स्वतन्त्र; कती स्वछन्द; कती आनन्द;
पनि एस्तै थिये होला। 
अहिले पनि हुन चाहन्छु; तर अफ्सोस्
शरीर सानो ; मन तेती निर्दोस अनी अबोध; अनी फुर्ती पनि कहाँ छ र?

बियर विस्की पुउने पुरुष group; अनी रातो वाइन चुस्कीमार्दै गन्थन् गरिरहेका रातम्मे महिलाहरु।
तीज गीतहरु पनि बज्न थाले; volume पनि उकालो लाग्दै;
पुरानो-"तीज को लहर आयो बरीलाई" बज्ने बित्तिकै; नाच्ने माहोल बनिगयो;
उमाजी पनि पुगिन नाच्न; होहल्ला भयो;
हिन्दी गीतको डिमान्ड गर्नेहरु पनि खुशी; D.J बेला-बेला घुसैदिन्थ्यो हिन्दी गीत;
सब हल्लिएका अनी नाचेका;
मात चढ्न थालेपछी अब पुरुषहरु पनि नाचतिर आकर्सित हुँदै;
नाच्न थाले पुरुषहरु पनि तिजका गीतहरुमा; हो तिजको गीतमा;
नेताजी पनि तानिये; नाचिदिये उनी पनि मातको सुरमा;
नेताजी उमाजी नाच्दा होहल्ला बढ्यो; सब रापिएका; पसिनाले भिजेका।
पर bar बाट चिसो बियर पिवुदै केटी हेर्नेहरुको नि कमी थिएन।

एतिकै  नाच्गान हुँदै गयो;रात बितेको पत्तो  भएन।
कारीब रतीको १०:३०(साढे दस) बफे डिनर सुरु भयो; तर को खाने एती छिटो?
 सित्तन रक्सीले पेट ढुस्स भईसकेको धेरैको

घरको कौसीबाट नाच्गान हेरिरहेकी कमला(साँच्चिकै नाम लक्ष्मी बिके, उमाजीले नाम फेर्दिनु भएको घरमा, किनकी उन्को दिदीको नाम नि लक्ष्मी, मालिकको दिदी नोकरको नाम एउटै भये दिदीले mind गर्नुहोल भनेर।")

कमला हेर्दै बसिन्; काठमाडौं आएको धेरै भएको छैन; उस्को श्रीमान (नबिनसँग) छिरेको।
नबिन पनि त्यही घरमा सन्-ठुलो काम गर्थ्यो।
तल पार्टीमा सित्तन रक्सी पस्किने मा एउटा पनि थियो।
बेला-बेला आउथ्यो माथि कौशीमा कमलालाई एसो सित्तन coke ल्यैदिन्थ्यो।
कमलालाई coke निकै मन पर्थ्यो।

साढे एघारमा सब जाने क्रम सुरु भो।  बिदाबारी गर्दा-गर्दै झन्डै १२ बज्यो।
नबिनले  कमलालाई ईशारा दियो; तल आउन।
कमल पर-सरेकी थियिन्;
 तेसैले पार्टीमा तल नआउन उस्लाई उमाजीको आदेश थियो।
सब गएपछी, अब उस्ले कमलालाई एक प्लेट खाना ल्यैदियो।
कमलाले मानिनन्;
बाह्र बजिसकेको थियो; अर्को दिन भईसकेको;
पहिलो तिज; लागिसकेको थियो उस्लाई।
श्रीमानले कर गर्दा नि उस्ले खान मानिनन्।
दर खान नपायी उस्ले पहिलो तिज मनाउन लागिन्।  
पर-सरेकोले उस्ले तिज बर्त नलियेनी हुने श्रीमानको तर्क उस्ले मानिनन्।
मुस्कुरौदै भनिन्, "पढेकी छैन; धेरै जान्दिन, तर मान्दिन एस्ता कुरा।
ठीक , भोली मन्दिरमा बत्ती नबालुला; तर ब्रत बस्छु बुढा;"
हात समौदै थपिन्, "यो ब्रत बसेर तिम्रो आयु बढ्ने कुरा नि विश्वाश लाग्दैन; तर तिम्रो उमेरको बारेमा चानस(chance) लिन सक्दिन।

दुबै काम सकाएर आफ्नो छिडी छिर्छन।

sagun'e

        

चकमन्न

काठमाडौं अचानक सुन्सान भएछ;
दसैंआएको नि हैन;
रात भएको नि हैन;
तर,
काठमाडौं अचानक सुन्सान भएछ;
मेरो लागि;
मेरै लागि मात्र त होइन होला;
तर अहिले मेरो लागि सुन्ने; चकमन्न। 

को सँग बोलु? उ उता बोल्दै होला;
को सँग पियु? त्यो उता ढलिसक्यो होला;
को सँग गाउ? पबमा गाएर स्वोर सुकिसक्यो होला;
को सँग खेलु? मोरा थाकी सक्यो होला;

धत्;
आज अचानक काठमाडौं मेरो लागि सुन्ने;
चकमन्न।  

के गरु?
चुरोट फुक्छु; 
फुउुउुउ,,,,,,,,,,, फुउुउ, deep अली;

ल सुत्छु;
साला चुरोट फुक्ने साथी नि भएन।

पफ लिदै;
अचानक ति दिनहरु आँखा अघी;
.......................................................... 

ह्या बोल्दिन; जा उता चट्न जा;
म त झ्याप; जा उता पिउदै गर्;
गाउदा गाउदै स्वोर ख्यापै; तेस्लाई गाउन भन्;
निथ्रुक्क पसिनाले भिज्दा; अर्को हाफलाई भर्पुर जोश सबैमा।  


म त्यही; अली बुढो;
काठमाडौं त्यही; अली तरुनो;
साला ...तर; 
आज अचानक काठमाडौं मेरो लागि सुन्सान;
चकमन्न।


फुउुउुउ, फुउुउ, चुरोट नि सकिएछ। 


sagun'e

रोम्यान्टिक कथा,, तर सदै जस्तो छोटो पनि।

१० बर्ष पछी को मेरो जिन्दगी;

आज लेख्छु अनी फेरी हेरौला;
साँच्चिकै कस्तो होला;
सोचेजस्तो होला नहोला?

ल सोच्य जस्तै भयो रे, कस्तो होला त?
उनी साथ नै होलिन है?
सोचेजस्तो भएन रे;मेरो मुहार त्यो बेला कस्तो होला?
न्याउरो, मलिनो...
म चहान्छु होस् त्यो मुहार चम्किलो;दु:खै भएनी;

हाँस्न चै कहिले नबिर्सियोस् यो मुहारले;
म नहाँस्दा राम्रो देखिन्न रे;
उस्ले नै भन्या हो। 


हो,
मेरो आज, भोली र अचम्म, याद भये सम्मको हिजो पनि;
हो हिजो पनि ,, अचम्म है,
हिजो पनि याद भएसम्म;उस्कै सेरो-फेरो, उस्कै जो मेरो सब थोक। 


हेर्दा-हेर्दै चलायमान यो मेरो छोटो जिन्दगी, 
बल्ल बोली र गोजी मा अली वजन आउँदै छ; 
खुशी त छु हेर;

कोही देव्-दुत(angel) आएर -" के  चहान्छस् सोध्यो रे.
रे!! न हो। 
म सजिलै भन्थे जिन्दगी एही पल, अली वर- अनी पर चल्छ;
सम्भब नै भये उस्लाई  अङालो लाउद; 

खेर जे होस् भनी नि आजकै सेरो फेरो;
अड्किवोस्;
बच्चा मा "statue " भन्या याद अयो;
अड्किवोस्;जसरी हामी बच्चा मा उभिन्थ्यौ-एक टक।  
बच्चा न हो;

भन्दै मा अड्किने भये;
पशुपती ब्रिद्धश्रमका चौरे बुढा-बुढीहरु  
दिन दिनै statue भन्दै हरेक पल अड्कौथे होला;
कुन  सास पछी जिन्दगी अड्किने हो?
statue हा हा;


कता बगे म;
मेरो १० बर्ष पछीको जिन्दगी सोच्दै थे;
किन लम्बौने हो?
नाम, दाम , शान त्यही हैन र सबको?
फरक फरक रुपमा; तर चाहना त्यही नै; 

तर उ हुनु पर्छ;
नत्र त्यो नाम टिकाउन सक्दिन होला;
त्यो दामले म केही किन्न सक्दिन होला;
अनी त्यो शान; उ बिना मेरो के मान र शान।

होला के र? हो नि। निस्चित छ।  

अब के भनु सपना कस्ता नै कत्रा-कत्रा;तर सक्दिन उ बिना;

१० बर्ष पछी उ नभये के त?
लेख्दा हात काँप्यो ;
पढ्दा मुख सुक्यो ;
अनी सोच्दा मुटु हल्लियो ;

लाग्छ मलाई, 
उ नभये म जोगी बन्छु होला; 

पत्तौदैन् मैले यो भन्दा कसैले;
खै कसरी बुजाउ, कस्-कस्लाई सम्झावु?

कसरी बुजाउ अरुलाई; तर यसरी बुजौछु अफुलाई;
उस्लाई एती माया दियिसके; कि अब म भित्र माया छैन;
या भएपनी उस्लाई यो आँखाले नदेखी;यो हात ले नछोयी;
म त्यो माया फेरी उब्जौन सक्दिन,
अङ्रेजीमा भन्दा   recharge गर्न सक्दिन माया 


ओहो, राती  उ सँग गफ गर्नु पर्ने;
 recharge कार्ड किन्न पर्ने; 
एउटा अङ्रेजी शब्दले मेरो नेपाली मायाको लहर रोकिदियो;
हायी-हायी अङ्रेजी,
कहाँ पो हो पढिया थियो नि;
यो सन्दर्भमा मिल्छ कि मिल्दैन,अब लेखिसके, हाहा  

कार्ड किनेर आएर लेख्छु है;
तर किन लेखु; कती लेखु? के के लेखु उस्को बारे ??

 sagun'e.....