छोटो कथा, फेरी पनि
एक दिन एउटा दमै बिहामा बाजा बजाउदै;
बेसुरे बाजा; बेमौशमी भन्न नमिल्ने; मौसम बिहाकै; मङ्सिर!
खाली बजाउनको लागि बजैरहेको ; प्या, पु,,प्या, पु,,,,,,,,,,,( टाउकै दुख्ला जस्तो।)
तर सब आफ्नै तालमा थिए; कोही जग्गेमा, कोही बफे तिर हेर्दै,"कस्तो ढिलो गर्या"
दुला- दुलही मक्ख, सुपारीको पासा खेल्दै ( के के चलन हो जग्गेमा?)
होमको आगो नि मच्-ची मच्ची दन्किदै;
धुवाको मुस्लो ले आँखा पिरो भएरै होला; कोही कसैको आँखा रोएको जस्तै देखिन्थ्यो; रुने बेला त भएको थिएन।
ओहो त्यो दमै प्या,पु,प्या प्या पु पु। त्यो दुखी थियो; मैले बुजी सकेको थिए।
जग्गेको काम नि अब लग्भग सक्किन लागेको। गल्ल-गल्ल हाँस्ने अनी दुला दुलै अनी cheap जोक हन्नेहरु को अर्कै बथान।
कोइ चै फेरी एसो उसो गर्यो, सँगैको घरको सिसामा हेरेर कपाल मिलौदै,१०-१० मिनेटमा भन्या। (जवानी, हाहाहा।)
अचानक, buffet (बफे) सुरु भयो।
सबको मुख चम्किलो,
पुलाउ,नान, कौली, पानीर, mixed curry , खशी, कुखुरो, सब थियो।
कान सन्चो भयो, दमैले बजाउन छोड्यो,
पुलाउले नै प्लेट भरीसकेको थियो, पहिला नान adjust गर्यो, त्यस्पची तरकारी तिर हेर्दाइ नहेरी कुखुरो र साँप्रो छानी छनी, ५ पीस जती, खशीको ह्यकुलो ३ पीस। आधी पाउको प्लेटको वजन तीन-चार किलो त minimum । साला सात पुस्ताको लागि खान लागेको जस्तो।
मेचमा पुग्दा सम्म दाल कोटमा चुहिसकेको थियो; रहर्लाग्दो मासुको २ पीस खसि सकेको।
एक्कासी जग्गे बाट आवाज आयो; बाजा बजाउन भन न दमैलाई।
एक पीस मासुपनी चपाउन नभ्याउदै; बोलैहाले।
दुलहीको भाई अली bro टाईप, "के खाइ राखेको? हिड बाजा बजाउन, खान पाएको छैन कहिले? (अली पेचिलो नै थियो भाषा) प्लेट तेइ राख्नु न। आएर खानु होला; के तालको होला। खान पाइ हाल्छ नि। (भनिन अली पेचिलो नै थियो)
दमैले प्लेट त्यही मेचमा रख्यो; बाजा बोकेर जग्गे तिर गयो; रिसौदै बजायो, ओहो निकै बेसुरो बजायो। तर कसैलाई मत्लब चै थिएन। चलन न हो।
बिहाको भ्याइनभ्याइमा सुर-र बेसुरको मत्लब कसैलाई थिएन। निकै बेसुरे बजायो,
प्या, पु,,प्या, पु,,प्या,पु,प्या प्या पु पु
रसम सकियो दुलैको बुवा ले भन्नु भयो, "जानुस् खानुस् राम्रो सँग अब अन्मौने बेला बजाउनु पर्छ।";दुलैको भाई आयो, "ल खानुस् अब तन्न (पेचिलो नै थियो tone चै )
खाना मेचमै थियो; सेलाई सकेको; त्यही नि खाए दमैले, क्या खाए;
दुई चार मासुको टुक्रा त लोभले हो कि कुन्नी; नचपाएरै निल्दे।
प्लेट सिनिक्त माझेको जस्तै थियो; मासुमा हड्डी थिएनकी त्यो पनि निल्द्याहो थाहा भएन?
sweet dish नि बजैहाले, तीन वोटा तात्-तातो लालमोन, जिब्रो डाम्यो होला!
एक छिन् buffet मा भिड थियो; सबले खाए; दुला-दुलै ले नि खाए। दुलै नि मक्ख, लाज भन्ने त फिटिक्कै देखिन्थेन।
अब अन्मौने बेला भो। दुलै पट्टीका सबैको मुख हेर्न लायक।
त्यो bro जस्तो cool देखिने दुलैको भाईको मुख नि हेर्न लायक थियो। निचरेको कागती जस्तै, सुन्नेको आँखाहरु। सब भाभुक।
दुलैको भाई, "दाइ मंगल् धुन बजाउनुस्"(पेचिलो थिएन)
मंगल् धुन जब बज्छ नि दुलै पट्टी बम पड्किन्छ। रुवाबासी, आशुको धारा। सब रोयिरहेका। दुला पट्टीकाहरु नि माहोलको सम्मानमा हो कि? गाह्रो भएर? धीर थिए।
दमैले क्या बाजये यार,
टु नु, नु, नुनुनु, टुनुनुनुनु, नु नु, टुनुनुनुनुनुनु, टु नुनु, नुनु नु नु नु, नुनु नु नुनुनु, टु नु नु नु नु नु नु।
एसो हेर्दा दमै पनि रोयिरहेको थिए; आँखा रसिलो थियो; पेट भरिएर हो कि? छोरीको याद आएर हो?
कानमा त्यो धुन अजै आउछ; दमैले क्या मिठो बजायो; तर किन रुदै बजायो? किन रुदै बजायो?
त्यो दुखी थियो; मैले अघी नै बुजी सकेको थिए।
sagun'e