पुषको रात


सुन्सान चिसो रातमा ‘पटक-पपट्-पट-पट’(आवाज);
गाँउदै हो कि रुंदै? सल्किरहेका सुकेका काठहरु; उस्ले जानोस्;
ताप्ने म; रन्केको मेरो अगिल्लो आधा भाग;
चिसिएको मेरो ढाढ; चुरोटको त्यो तल-तल ;
चियाको प्यास; हो चियाकै प्यास; रक्सि हैन;

कती पिउनु? अघीको  नशा उत्रेको छैन अझै;
उत्रेला अनी घर छिरुकी भनी कुरिरहेको म।
खै? तर एही रातको सुन्सान र मधुरो रापमा रम्दै छु;

या कोशीश गर्दै छु?

तर छिर्छु होला अब!! काठ-स्यौला छैनन् अरु;
ढाढ कक्रकिसकेको; चियाको तिर्खा हो कि तल्तल?
……………………………………………………………………………………………
भित्र छिरे; ढोका लगायी; जिउ तन्काए
झ्याल खोले- अनी ज्यकेटको खल्तीमा चुरोट खोजे;
"काहा खसेछ? ह्यात्तेरिका कहाँ झरेछ?"
झ्याल लगाये। "च्मित्त्त(आवज) काँ झरेछ?"

चिया बनाउन चुलो जलौन सलाई खोजे;
टेबल मुनी खसेको सलाई…… निहुरेर उठाये,
एक काँटी थियो; कोरिन (मुस्कुराए);
ग्यास आज बिहानै सकिएको; याद अयो;
"ह्या बरु बाहिरै निस्किन्छु;"
……………………………………………………………………………………………..
आगो चिसो खरनी भईसकेको थियो;
 मुडाको छेउमै खसेको चुरोट भेटे;
 ह्यातेरी सितले भिजेछ; लफ्रक्कै भिजेछ;
………………………………………………………………………………………………
भित्र छिरे;
"भट्टीको नाशा पनि सब उत्रिसकेको ;

 खै किन हो रुन पो मन लाग्यो।
"निन्द्रा लागे हुन्थ्यो"; उस्को याद आयो
"निन्द्रा लागे हुन्थ्यो"तर लाग्दैन जस्तो छ।

(ओल्टे कोल्टे फेर्दै घण्टा बित्यो; उस्को याद आयी नै रह्यो)
घडी हेरे, २ बजेछ;"चुरोट सुक्यो कि?"
"फ्युउुउुउुउ(आवज) सुकेछ!"

…………………….फुइ फुइ फुक्दै गहिरो  तान्दै…………………..
पाँच पफ मा चुरोट सखाप;
मन् मनै , "मेरो जिन्दगीको पाँच मिनेट सखफ"( मुस्कान);

आँखा खोल्दा; चम्किलो घाम लागि सकेको थियो;


मोबाईलमा हेर्दा, inbox खाली नै थियो।

sagun'e

No comments:

Post a Comment