भुइँचालो


त्यही त हो; फेरी मेरो छोटो कथा।

जिन्दगीले उस्लाई सार्है रुहायो;

धनी थियो; गाउको मुखिया।
 जन्मदा घरमा नोकर चाकरको कमी थिएन।
जावन छदा नै गाँउको मुखिया; जिन्दगी आनन्द थियो।

त्यस्पछी २०५२ सालमा जनअन्दोलन सुरु भो।

जुम्ल्या छोरा-छोरी थिए, एक्दिन दसैंमा पिङ खेल्दा; बमले एता-उता छरिएको मासुको डल्ला-डल्ली भये।

पोस्ट मोर्टेमले पनि कुन कस्को अङग-टुक्रा छुटौन सकेन। एउटै plastic को बोरामा छोरा छोरी (को टुक्रा-टुक्री)लाई एउटै चितामा जलायो। 

सार्हो मान्छे थियो बाबै, त्यस्तो अवस्तामा पनि अफुलाई सम्हालेको थिए।

त्यस्पछी, 

आफ्नो छोरो छोरीको दोशीलाई कारबाही गर्न उस्ले तत्कलिन मावोबादी जिल्ला comrade को बिरुद्ध खुलेरै पत्रीकामा प्रकाशन गरे; अदालतमा मुद्दा हाले; पुलिस मा रिपोर्ट लेखाये।

रिपोर्ट लेखेर घर फर्किदा; जाहन घरमा थियिनन्। त्यो दिन देखी उस्ले जहानलाई देखेको छैन। 

१ महिना पछी बेपत्ता भनेर पुलिसमा रिपोर्ट लेखौन सदर्मुकाम गयो;
एस्पली घर फर्किदा- घर थिएन; घर भएको ठाउँ पुरै जलीरहेको; धुवै-धुवा।
कानुनी राज्यमा विश्वाश गर्ने उ फेरी रिपोर्ट लेखौन सदर्मुकाम पुग्यो।

यो पाली घर फर्किदा; उस्को घर र खेतमा लाल झन्डा गाडीएको थियो। 

जिल्ला comrade ले उस्लाई गाउ छोड्न २ दिन समय दिए, नत्र ज्यान मर्ने (जन कारबाही) गर्ने मौखिक सन्देश पाठये।

त्यस पछी उ जिल्ला फर्केन। ......................काठमाडौं छिर्यो।

२०६० साल देखी आज सम्म उ काठमाडौं मै छ। धेरै कुरा परिवर्तन भईसक्यो। काठमाडौंमा किराना पसलमा भरियाको काम गरेको आज ५ बर्ष भयो।
उस्को घर अजै मावोबादीको  कब्जामै छ
........ श्वासनीको खबर छैन;
..........छोरा-छोरीको मुद्दा रद्द हुँने क्रममा छ।(आम माफि पक्का छ।)
.........तत्कालिन  जिल्ला comrade tie -suit लगाउने सब्य सभासद'ज्यु' भाईसके।

हिजो करीब साबा छ बजे काठमान्डौमा  भुईँचालो गयो; 


भागाभग भयो; 

उ हल्लेन- बिजुलीको पोलको मुनी बसिरहेको उ; भुइ हल्लिदा पनि एक पटक हल्लेन।

एकै छिन् पछी C -TV मिडियाको कुनै music request program को एक जवान सम्बाद्दाता (जो बटुवालाई भुकम्प को experience share गर्न request गर्दै थिए) उनी कहाँ आइपुगे।


 (live programme थियो)

"दाजु भुकम्प आउँदा कस्तो लाग्यो?"

'खै?'

"पहिला एस्तो भुकम्प experience गर्नु भएको छ (अङ्रेजी slang मा) i mean एती large ?"

'(मुसुक्क हाँस्छ) छ'

"हमीसँग share गर्न चाहनु हुन्छ? i mean अली अली भएनी  (अङ्रेजी slang लवजमा  ) "

ल सुन्नुस् न त अली-अली(मुसुक्क मुस्कुरौदै),,, अली अली।  


'५२ सालबाट हरेक दिन, कहिले सानो- कहिले ठुलो'

"हरेक साल अको छैन त as far as i remember.i think your are confused  "

'छ, सुन्नुस् ५२ साल बा बित्नु भो...... 

५९ साल बमले मेरो छोरा छोरी टुक्रा- टुक्रा भये- सब टुक्रा समेटे, एउटै बोरामा हालेर जलाए........... 
६० सालमा मेरी बुढी अपहरणमा पारी, अझै केइ खबर छैन...... 
त्यही  साल मेरो घर पनि कब्जा भयो .....
६० साल देखी अहिले सम्म हरेक दिन  मेरो जिन्दगीमा भुइचालो आइराख्छ, 
यो भन्दा निकै ठुलो भाई, (मुस्कुरौदै निकै ठुलो)
 

(गम्वीर मूडमा)केइ सोध्न-बोल्न सक्दैन।  "कुन गीत बजाउ दाई? dedicate गनु हुन्छ? "

'जुन बजाउनुस्। '

"कस्को लागि?"

'comrade राम धर्ती मगरको लागि(, साथ् साथै सबै मवोबादी comrade हरुको लागि'
(मुस्कुराउछ)

क्यामरा बन्द हुन्छ,

'भयो भाई, म गये है त; (मन्मनै) साला भुइचालो  experience (फेरी मुस्कुरौछ)'

(सिम सिम पानी पर्छ)

'एह भाई घरहरु त भात्केन नि?'

"भक्तपुर मा भात्क्य छ रे दाई"

'संबिधान सभा भवन ढलेन?'(
फेरी मुस्कुरौछ )

(त्यो VJ मुस्कुरौछ) " छैन दाई; खबर अको छैन। 


Sagun’e
2068/06/02 9.00 pm

(राम धर्ती मगर-काल्पनिक नाम, कसैसँग मिल्न गएमा सम्योग मात्र)

No comments:

Post a Comment