एउटा मान्छे घण्टाघर अघी धर धर रोयिरहेको
भक्कानो नै छोडेर
एउटाले सोधेछ-
"के भो भाई?"
झन रोइदियो,
"के भो भन न भाई?"
रुदै भन्यो- 'म हराए'
ढाड थप-थपौदै
-"का तिम्रो घर?;
म पुरैदिन्छु"
झन रुन थालेछ;
"भन न भन म पुरैदिन्छु;
खोज्ने कोशीश गर्छु"
आशु पुस्दै-'याद छैन'
भक्कनो,,,
भक्कनो,,,
भक्कनो,,,
"मलाई तपाईंको घर लग्दिनुस् न"
.....................
एक्छिन एता वाक रोकिन्छन् ; उता आशु
मन्मनै "फस्यो बा,नमज्जाले फस्यो"
मोबाईलमा फोन आको जस्तो गर्छ,
"हेलो.... म आए....तुरुन्तै आए "
आँखा नजुदायी
"एह भाई मलाई हतार छ;"
त्यहा बाट निस्किन्छ
रुने मान्छे मुस्कुरौछ;
मुस्कुरौछ;
.
..
...
....
.....
आशु पुस्छ;
कालो चस्मा लगौछ;
सिग्रेट फुकेर हाँस्छ फेरी पनि
नाटक सकिन्छ।
संसार नाटक हो-
कुरा एती मात्र हो;
कस्ले कस्तो अभिनय गर्छ;
कस्तो चल्दै छ केटा-केटी हो?
नाटक चल्दै छ?
कुरा एती हो ; यो सम्बाद मैले एस.एल.सी को जाच मा लेख्या भये कति पौथे ५ मा?
मत्लब छैन।
तर त्यो बेला लेख्न सकिन; दु:ख लागिराछ.
sagun'e
No comments:
Post a Comment