कफी चिसो भएछ


त्यो फुच्ची ललीपोपको स्वादमा हाराउदै-आमाको हात समौदै।
अली ठुला कोही चै दुधको पुरानो प्याकेट फुक्दै-सुकौदै।
म शेर्पा मलमा कफिमा हो कि उस्को आँखामा हराइराको,
पुर्णिमाको जून् पनि बादल भित्र कता-काता लुकिरहेको।


सम्योग नै होला; सबै हराइरहेका;
कसैलाई फिर्ता आउन हतार थिएन; हराउने क्रम चलीनै रह्यो।


एकैछिनमा-


ललीपोप सक्कियो,आमाले बोकिन; फुच्ची कुममा तुरुन्तै निदाइ
जापानी टुरिष्टको ग्रुपको पछी त्यो केटो हात फैलौदै माग्दै हिड्यो।
जून् पनि निस्कियो; आँखाश मिठो जुनेली भयो।
म चै शेर्पा मलमा उस्को आँखामा हराइनै रहेछु; कफी चिसो भएछ।

sagun'e

No comments:

Post a Comment