पोस्टर

गौसाला चोक;गाडीको लहर, रोकिएका, रातो बत्ती, भुडे पुलिश;
बाटो काटिरहेका चलायमान मनिषको बथान,
पर एरपोर्ट, धुम्म आकाश;
एक- दुई खाते केटा-केटी गाडीमा हात हल्लाउदै भिक माग्दै;

पोस्टरको बिच मा तीन पात्र;म मोटरसाइकल मा,,, टोलौदै, २ जानालाई हेर्दै एक टक ;
एउटा डुडो बैशाखीको बलमा उभियिरहेको अर्कोलाई टोलौदै;

त्यो अर्को- साईकल जस्तै व्हीलचेअरमा मुस्कुरौदै; हातको बलमा हो कि मनको बलमा,,,,,पोस्टेर जाँन्दैन, पोस्टरका कोही पात्र जान्दैनन।

१० सेकेन्ड पछी पोस्टर हराउछ

सुरीको आँखाले मैले हेर्दा, अनी तेस्लाई क्यामराको अभावमा शब्दले लेख्दा,,,,,

title due 1

धमिलो सन्ध्या र कालो रातबिचको केही पल निकै रमाइलो हुन्छ; यो समय मा निकै रामौछु। त्यहाँ तारा पनि देखिन्छ र पर डाँडाँमा अस्ताएको घामको लाली पनि हुन्छ। अझ ठमेल छिर्ने गार्डन अफ ड्रीम्सको अगाडि झनै अर्को संसार सुरु हुन्छ;त्यहाँ दिनभर दफ्तरमा थाकेर फर्केक अध्भैसेहरु फूट्पाथमा गफ चुट्दै हिंडेक देखिन्छ;त्यहा युवा हुन्छन्; गफ अनेक-"रज्निती;लोड्शेद्दिङ;बोबमार्ले;चेल्सी; अन्जेलिना जोली। चहलपहल बध्दै जादा; वारी पारी धेरै ठिटाहरुका आँखा गुमेकोघुमै;भ्याइनभ्याइ आँखाहरुलाई। श्रिङ्गारले ढाकिएका सबै राम्रानी होइनन्; तर हेर्थे सबले- मुखै नै त हेर्न पर्दैन नि।
रात पर्यो बिस्तारै; म अझै टोलौदै थिए; चिसो भयो; जौ न त कफि खान;छिरे म "जाभा"; अँ उही सानो संसार वाला जाभा, बसे एक्लै अनी क्यापचिनो मगाये;वारी पारी टोलये; ठिटीहरुले फुकेको चै मननै नपर्ने मलाई; तर जो नि फुक्दा रहेचन जस्तो भान भयो। बाफ्रे; समाज धेरै अगाडि पुगिसकेको राइछ; आनन्दको गीत बजिरहेको थियो; कुन थाहा छैन; तर कानमा अनौथो सन्चो।
कफि आइपुग्यो;ओहो! फीजनै फीज भएको देख्दै बाक्लो; एक्चुस्की लगायिहाले; छ्या मुख नै तितो भो;अनी हाले चिनी; ओहो क्युबवाला रइछ। पहिला दुईटा हाले; स्वाद आएन; अनी फेरी दुई थपे; अह आएन;अनी जोशमा चारवोटा हालिदे; घोले; घुमाको घुमै; त्यो ठिटीले सल्काको ठुटोनी सक्केछ;म चै घुमाको घुमै;अब के गर्नु त? घोल्यो- घोल्यो; चम्चा एसो उठौदा, चिनीको टुक्रो ठ्यास्स देखापर्ने। अब सब घुल्यो; अनी चुस्की लगाये; ओहो बढी भएछ; घाँटीमै लाग्यो; बरु ल-कयम्पस अगाडिकै कफि मिठो; सस्तो पनि।
पिउदा पिउदै; वेटर आयो, "सर अरु केही लिनु हुन्छ?"; "हैन एक्छिनमा"; साँच्चिभन्दा मसँग धेरै पैसो थिएन,तर नि रेस्टुरेन्टमा "नो भयो" भन्न साह्रै लाज लग्ने, अली लजालु नै हो म नेचरले ; तेसैले एक्छिन पछी भनीदिये, कफि नि सकियो;"भाइ बिल ल्याउ"; एता उता हेरे; एउटा केटी सँग आँखा जुध्यो; चिन्या-चिन्या जस्तो लाग्यो- मुसुक्कै मुस्कौन लाकोथिए- केटीले टाउको घुमैहाली; "ओहो attitude । मलाई बाल!"
वेटरले बिल ल्यायो - तिरे अनी निस्के;बाहिर चिसो; ओहो साह्रै चिसो; ब्यागबाट टोपी निकाले अनी लगाए; अनी हिंडे;
ह्या माईक्रोमा जान्न आज। चिस्चिसो हावामा गोजीमा हात छिरायी हिंड्नुको मजै अर्को छ। अझ भखर पिएको कफिको भित्री तातो ले मेरो पेट चै मिठो-पोल्दै थियो।गाडी कती नि आज भोली काठमाडौंमा?, एक्कासी आँखा त्यो सडक पारीको street lamp मा पर्छ। फुर्‍र-फुर्‍र किराका बथान, "एउट क्यामरा हुनु पर्ने, खिचिक्क, दरो औथ्यो।; खेर केही छैन, यी बथाने किराहरु नि यही सल्बलैरख्छन; म नि एतै रङ्मग्गिरहुन्छु; कुनै दिन खिचुला।
हिंडे अनी, अनी गोजीबाट i- pod निकाले। ०९ को चिसोमा समर अफ ६९ सुन्दै, बल्ल कान सन्चो भयो; नत्र गाडीको हर्न, वाक्क लाग्ने।अली अली गाउदै नि थिए, जे होस् रमाइलो भाईराको थियो। हिड्डा- हिड्डै जमल आईपुगेछ।
जमल पुग्दा त्याहा सडक को बाँया तिर मनिसको बथान देखे। सम्योग मात्र हुन सक्छ, street light कै तल। हाहा,, मान्छे र किरा, झुम्मिरहेका। जिज्ञासा उठ्यो? मान्छे न हुँ- के भएको रहेछ?भिडमा चियाउने बित्तिकै दुई बेक्ती को भनाभन र तेस्को बिचमा एउटा ट्राफिक पुलिस लाई देखे। पुलिस लाई दुबै हातमा लद्दु। मुस्कुराये,, अनी वास्ता नगरि निस्के, i pod मा scorpions को you and i बजिरहेको रहेछ। उस्को याद निकै आयो. सडक पारी नि फेरी तेही पानी पुरीवाला। मुस्कान कम नै भएन; न त उस्को याद नै।

एत्तिकैमा दहिने खल्तीमा मोबाईल थर्केको (vibrate) भएको जस्तै लाग्यो; निकली हेर्दा उस्कै फोन- 'हेलो, was just missing you!!'
रितु-'were you?
म-'why would i lie?'
रितु- सुन न, तिमी कता/
म-'घर जडै छु रितु। किन र?
रितु-'एक्लै?'
म- 'बेलुक सधैं एक्लै त हुन्छु त। आज किन एक्कासी यो question?
रितु-' तिम्रो के भर? एता एउटा gf उता अर्को;'; ए साँच्चि के भन्न call गरेको भने; tomorrow we are Going together or separately?
म-' के हो र भोली?'
रितु-' you (झर्किदै) ; उफ्फ; when will you start remembering things by your own?'
म-' के हो; ह्या गाली गर्नु सट्टा त भने हुन्छ नि।
रितु -'(झर्किदै)- भोली सुमनको engagement हैन?'
म -'थाहा छ त; तिमलाई check पो गर्या त;'
रितु-'you dog frankly भन न you had forgotten भनेर।
म-'याद थ्यो के बाँदर; अनी ofcourse we are going together. ए एउटा कुरा म नि सोध्नै बिर्सिरा;
रितु-' छिटो सोध तेरो बौ ले balance हल्दिदैन मेरो cell मा'
म -' रितु when are we getting engaged नि?'
रितु-'आश त ठुलै रहेछ ठिटो को, ल राखे ल फोन मैले?; भोलीको टाईम sms गरुला नि
म-' bye dear , love u'
रितु-(मूड चेन्ज)-'bye मेरो कालु; love you too । घर पुगेछी missed call देउ ल।
म-'किन?
रितु-'एत्तिकै; i know you reached घर safely भनेर नि; जवान केटा छौ; कसैले जोर-जबर्जस्ती; रेपसेप गर्द्यो भने; म अर्को काले कहाँ बाट खोज्नु नि?
म-'ह्या दिन्न के missed कल;बच्चा हो?'
रितु-'देउ भन्या खुरुक्कन। '
म-' ल दिये tring tring.. '
रितु-'(रिसौदै); नदेउ नि त; मलाई के मत्लब?'
म-'घर पुगे के उल्लु; गफ गर्दा गर्दै'
रितु-'hee hee ; ल अब i keep ।
म-'ल bye म नि keep अब'

title due



धमिलो सन्ध्या र कालो रातबिचको केही पल निकै रमाइलो हुन्छ; यो समय मा निकै रामौछु।
त्यहाँ तारा पनि देखिन्छ र पर डाँडाँमा अस्ताएको घामको लाली पनि हुन्छ।
अझ ठमेल छिर्ने गार्डन अफ ड्रीम्सको अगाडि झनै अर्को संसार सुरु हुन्छ;
त्यहाँ दिनभर दफ्तरमा थाकेर फर्केक अध्भैसेहरु फूट्पाथमा गफ चुट्दै हिंडेक देखिन्छ;
त्यहा युवा हुन्छन्; गफ अनेक-"रज्निती;लोड्शेद्दिङ;बोबमार्ले;चेल्सी; अन्जेलिना जोली।
चहलपहल बध्दै जादा; वारी पारी धेरै ठिटाहरुका आँखा गुमेकोघुमै;भ्याइनभ्याइ आँखाहरुलाई।
श्रिङ्गारले ढाकिएका सबै राम्रानी होइनन्; तर हेर्थे सबले- मुखै नै त हेर्न पर्दैन नि।

रात पर्यो बिस्तारै; म अझै टोलौदै थिए; चिसो भयो; जौ न त कफि खान;
छिरे म "जाभा"; अँ उही सानो संसार वाला जाभा, बसे एक्लै अनी क्यापचिनो मगाये;
वारी पारी टोलये; ठिटीहरुले फुकेको चै मननै नपर्ने मलाई; तर जो नि फुक्दा रहेचन जस्तो भान भयो।
बाफ्रे; समाज धेरै अगाडि पुगिसकेको राइछ; आनन्दको गीत बजिरहेको थियो; कुन थाहा छैन; तर कानमा अनौथो सन्चो।

कफि आइपुग्यो;ओहो! फीजनै फीज भएको देख्दै बाक्लो; एक्चुस्की लगायिहाले; छ्या मुख नै तितो भो;
अनी हाले चिनी; ओहो क्युबवाला रइछ। पहिला दुईटा हाले; स्वाद आएन; अनी फेरी दुई थपे; अह आएन;
अनी जोशमा चारवोटा हालिदे; घोले; घुमाको घुमै; त्यो ठिटीले सल्काको ठुटोनी सक्केछ;म चै घुमाको घुमै;
अब के गर्नु त? घोल्यो- घोल्यो; चम्चा एसो उठौदा, चिनीको टुक्रो ठ्यास्स देखापर्ने। अब सब घुल्यो;
अनी चुस्की लगाये; ओहो बढी भएछ; घाँटीमै लाग्यो; बरु ल-कयम्पस अगाडिकै कफि मिठो; सस्तो पनि।

पिउदा पिउदै; वेटर आयो, "सर अरु केही लिनु हुन्छ?"; "हैन एक्छिनमा"; साँच्चिभन्दा मसँग धेरै पैसो थिएन,
तर नि रेस्टुरेन्टमा "नो भयो" भन्न साह्रै लाज लग्ने, अली लजालु नै हो म नेचरले ; तेसैले एक्छिन पछी भनीदिये, कफि नि सकियो;
"भाइ बिल ल्याउ"; एता उता हेरे; एउटा केटी सँग आँखा जुध्यो; चिन्या-चिन्या जस्तो लाग्यो- मुसुक्कै मुस्कौन लाकोथिए- केटीले टाउको घुमैहाली;
"ओहो attitude । मलाई बाल!"

वेटरले बिल ल्यायो - तिरे अनी निस्के;
बाहिर चिसो; ओहो साह्रै चिसो; ब्यागबाट टोपी निकाले अनी लगाए; अनी हिंडे;

ह्या माईक्रोमा जान्न आज। चिस्चिसो हावामा गोजीमा हात छिरायी हिंड्नुको मजै अर्को छ। अझ भखर पिएको कफिको भित्री तातो ले मेरो पेट चै मिठो-पोल्दै थियो।
गाडी कती नि आज भोली काठमाडौंमा?, एक्कासी आँखा त्यो सडक पारीको street lamp मा पर्छ। फुर्‍र-फुर्‍र किराका बथान, "एउट क्यामरा हुनु पर्ने, खिचिक्क, दरो औथ्यो।; खेर केही छैन, यी बथाने किराहरु नि यही सल्बलैरख्छन; म नि एतै रङ्मग्गिरहुन्छु; कुनै दिन खिचुला।

हिंडे अनी, अनी गोजीबाट i- pod निकाले। ०९ को चिसोमा समर अफ ६९ सुन्दै, बल्ल कान सन्चो भयो; नत्र गाडीको हर्न, वाक्क लाग्ने।
अली अली गाउदै नि थिए, जे होस् रमाइलो भाईराको थियो। हिड्डा- हिड्डै जमल आईपुगेछ।

जमल पुग्दा त्याहा सडक को बाँया तिर मनिसको बथान देखे। सम्योग मात्र हुन सक्छ, street light कै तल। हाहा,, मान्छे र किरा, झुम्मिरहेका। जिज्ञासा उठ्यो? मान्छे न हुँ- के भएको रहेछ?
भिडमा चियाउने बित्तिकै दुई बेक्ती को भनाभन र तेस्को बिचमा एउटा ट्राफिक पुलिस लाई देखे। पुलिस लाई दुबै हातमा लद्दु। मुस्कुराये,, अनी वास्ता नगरि निस्के, i pod मा scorpions को you and i बजिरहेको रहेछ। उस्को याद निकै आयो. सडक पारी नि फेरी तेही पानी पुरीवाला। मुस्कान कम नै भएन; न त उस्को याद नै।


एत्तिकैमा दहिने खल्तीमा मोबाईल थर्केको (vibrate) भएको जस्तै लाग्यो; निकली हेर्दा उस्कै फोन- 'हेलो, was just missing you!!'
रितु-'were you?
म-'why would i lie?'
रितु- सुन न, तिमी कता/
म-'घर जडै छु रितु। किन र?
रितु-'एक्लै?'
म- 'बेलुक सधैं एक्लै त हुन्छु त। आज किन एक्कासी यो question?
रितु-' तिम्रो के भर? एता एउटा gf उता अर्को;'; ए साँच्चि के भन्न call गरेको भने; tomorrow we are Going together or separately?
म-' के हो र भोली?'
रितु-' you (झर्किदै) ; उफ्फ; when will you start remembering things by your own?'
म-' के हो; ह्या गाली गर्नु सट्टा त भने हुन्छ नि।
रितु -'(झर्किदै)- भोली सुमनको engagement हैन?'
म -'थाहा छ त; तिमलाई check पो गर्या त;'
रितु-'you dog frankly भन न you had forgotten भनेर।
म-'याद थ्यो के बाँदर; अनी ofcourse we are going together. ए एउटा कुरा म नि सोध्नै बिर्सिरा;
रितु-' छिटो सोध तेरो बौ ले balance हल्दिदैन मेरो cell मा'
म -' रितु when are we getting engaged नि?'
रितु-'आश त ठुलै रहेछ ठिटो को, ल राखे ल फोन मैले?; भोलीको टाईम sms गरुला नि
म-' bye dear , love u'
रितु-(मूड चेन्ज)-'bye मेरो कालु; love you too । घर पुगेछी missed call देउ ल।
म-'किन?
रितु-'एत्तिकै; i know you reached घर safely भनेर नि; जवान केटा छौ; कसैले जोर-जबर्जस्ती; रेपसेप गर्द्यो भने; म अर्को काले कहाँ बाट खोज्नु नि?
म-'ह्या दिन्न के missed कल;बच्चा हो?'
रितु-'देउ भन्या खुरुक्कन। '
म-' ल दिये tring tring.. '
रितु-'(रिसौदै); नदेउ नि त; मलाई के मत्लब?'
म-'घर पुगे के उल्लु; गफ गर्दा गर्दै'
रितु-'hee hee ; ल अब i keep ।
म-'ल bye म नि keep अब'

क्यानभास कल्पानाको

कल्पना गर; निलो आँकास; निल्ल्निलो-हरियोहरियो समुन्द्र अनी छितिजमा ती दुई को मिलन, सुन्दर अत्ती। उडीरहेको ति चाराहरु आकार अकार् को बथान बानयी।
किनारमा लहराहरु; औथे अनी जन्थे हावासङै; अनौठो आवाज सँगै- सुर्-सुर्; सर्र-सर्-र्; अनी त्यो हावासङै लहारी- लहरी हल्लिरहेका केशहरु- कस्को? तेही महिला जो किनारको केही पर बालुवाको घर बनाउदै थियिन्। घर राम्रो थियो; यो रङीन क्यानभासमा त्यो घरमा चै रङ थिएन; बालुवा को रङजस्तै,,,, सन्ध्यामा कालो देखिन्थ्यो होला; गोधुलीमा सुन्तली- नत्र घर फुस्रो बालुवा जस्तै थियो तर पूर्ण अनी राम्रो; निकै मेहेनत परेको हुनुपर्छ , २-४ घण्टा त पक्कै लाग्यो होल।

तर के किनरमा अरु कोइ छैन? छ छ। धेरै जाना छन्। केही बच्चाहरु खेलिरहेका; नाचिरहेका- उन्माद र बिन्दास मूडमा, केही केटाहरु बल खेलिरहेका; दुई जोडी अंकमालगरी छाता मुनी घाम छेकि बिशाल समुन्द्र तिर टोलायिराहेका। के देखिरहेका होलन्?
क्यानभासको चारकुना भित्र अरु कोइ थिएनन्।

एक्कशी क्यानभास जुइदो हुन्छ; बेजोड- हुरी( तुफान) चल्छ। पानीका लहर अली वर-बर आउन थाल्छ; बलुवा उड्न थाल्छ; एक्पलमै त्यहा सुन्सान हुन थाल्छ,
तर त्यो किनरमा बालुवाको घर बनायिरहेकी महिला तेही; अघी झुलीरहेका कपालहरु अहिले हावाको रफ्तार सँगै हल्लिरहेका; त्यो सानो बलुवाको घरलाई हावाको प्रहरबाट छोपिरहेकी; बिस्तारै हावा शान्त हुन्छ,,
केही बेरमै हावा मन्द गतीमा अघी जस्तै; सुर्-सुर्; सर्र-सर्-र्।

एही बेला क्यानभास को दाहिने कुनाबाट स्कुल ड्रेशमा एउटा सानो केटो डौडिदै आउछ। त्यो महिलालाई च्याप्प पार्छ।
"आमा मेरो घर बन्यो?"
"बन्यो छोरो बन्यो",

आमालाई छोरोले हर्ससाथ गालामा चुम्छ; एही क्यानभास रोकिन्छ। कहिले काही प्रकिती भन्दा मान्छेको आफ्नै छटा सुन्दर हुदो रहेछ,

त्यो आमा हामी सब को आमा हुन; र त्यो केटो हामी सब हौँ।

happpy mother's day

तिमीलाई चिट्ठी लेख्न सकिन,,,



मेरो चाहना र मेरो गराइ तब मात्र एउटै हुन सक्छ;
जब म तिमीलाई चाहन्छु, अनी तिमीलाई चिट्ठी लेख्छु;
त्यतीमा मात्र कहाँ हुन्छ र?चिट्ठी त यहाँ आज भोली को लेख्दैन र?
सब सिपालु छन्; सब सायर छन्; म नि हिम्मत जुटौला।
त्यो चिट्ठी तिमीलाई हातमा दिनु पर्यो; आँखा जुधायी;एक टक
अनी तिम्ले पढ्नु पर्यो; च्यती दिये मेरो चाहन मर्छ;
हासिदिये आश बध्छ;
तर यहाँ अनौठो छ; न तिमी तिमी रह्यौ;
त्यो सिउदो को लालीसँग कहाँ म लड्न सक्छु र?
लडुला ल; तर तिमीलाई के नै दिन सकुल त?
तेसैले मैले तिमी लाई चिट्ठी नलेख्ने निधो गरेको छु।
ढुक्क होउ; त्यो चिट्ठी आँउदैन- जुन तिमीले पर्खेकी छैनौ; आउँदैन
तिम्रो सिरको लालीसँग म जुध्न चाहन्न; सक्दिन होला शायद।

तेसैले म आज्कल चाहना राख्दिन; किनकि म त्यो पुरा गर्न सक्दिन।
March 18 at 5:43am

अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला?

एउटा खते केटो आयो; मेरो खुट्टा समायो;
म अलमल्ल परे; मन रोयो; अफ्ट्यरो भयो;
खल्तीमा हात घुसाये; खुद्रा थिएन;सय निकाले;
सुटुक्क दिये; केटो फेरी फेरी ढोग्यो; अब रिसाये;
"जा उता अब त; जा!"

साथीले मलाई देखेछ;मैले सय दिएको उस्लाई पचेनछ;
"तैले गर्दा एस्त बच्चा हरु बिग्रेकहुन; नहेरी हिंड्नुपर्छ;
कतीलाई दिन्छस्? हजारौंछन्" सुन्दिये मत्लब लागेन;
अनी हिड्यौ; त्यो केटोलाई देखे; ठेलाको अगाडि;
बोटामा खाँदै थियो; औंला चुस्दै थियो;
आनन्द भयो;
मन्द झरी पर्न थाल्यो;
म रुझ्दै हिंडे; चिसो हावा र तिखो पानी मलाई बिजाउदै थियो;

तेही बेला; एउटा ठिटो मलाई ठेस दिदै; डौदियो;
मेरो पकेट मारी डौदेछ; म अनभिग्य; अनी म दौडिये;
मेरो रफ्तारले तेस्लाई समाउन सक्यो;
फर्काएर मुख हेर्दा;
त्यो तेही ठिटो थियो; हो तेही ठिटो थियो;

दिक्क लाग्यो; तर फेरी माया नि लाग्यो;
पर्स लिये; तर तेस्लाई फेरी पैसा दिये;
फेरी ढोग्यो; अनी फेरी गाली गरे;

बिडम्बना देखी टोलये; तेस्लाई हेरी पर सम्म;
बिलायो केटो मानिसको बथानमा; झरी अझै पर्दै थियो;
झरीमा रुन सजिलो भयो; मलाई त्यो केटोको माया लाग्यो;
किनकी त्यो अब कहिले सुध्रिन सक्दैन;
तर जे होस् अज राती तेस्ले फेरी मिठो खाला;
अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला??

झरी अझ पर्दै थियो; म रुझ्दै थिए;म रुदै थिए;
November 12, 2009 at 6:04am

अनी फेरी हाँसे,,

म हाँस्छु आजभोलि; त्यो नानी ले आफ्नो आमा देखेर हाँसो छोड्या जस्तो;
क्या मिठो छ है जिन्दगी;थाकेको बेलाको मिठो चियाको चुस्की जस्तै;
एक्पलमै ज्यान औने; सन्जिविनी भन्दा के कम? जिन्दगीको बोज हेटे जस्तो;
म त आज्कल खुबै रमौछु; कार्तिकका कुकुर देखी हाँस्छु; बिन्दास,आफ्नै ताल मा।

हिजो बाटोमा एउटा सानो बच्चोले बाबुको औला समाको देखे;
एक्दिन न त्यो औंला हुन्छ या एक्दिन बच्चोले समौन छोड्छ।
म हाँसे,,,
फेरी उता सडक पारी एउटा ठिटीलाई हेर्न थाले;सर्लक्क,,,
फेरी हाँसे,,एक्दिन फुल्छ या सुक्छ,,, सर्लक्क रहिरहदैन;
फूल ओइलाउछ; सुर्यचन्द्र अस्तौछ; फेरी हाँसे,,,

मन्दिर गये; झनै हाँसो लाग्यो; आस्तिक भेटे; नास्तिक भेटे;
आस्तिक इस्वरलाई इच्छा अनी स्वर्थपूर्ण आसले पुर्दै थिए;
नास्तिक इस्वरको पारीक्ष्या लिदै;" एस्तो भये तँलाई मान्थे;
चान्स लिएको होला; न्यूरोडमा दस रुपैयाँको चिट्ठा किने झै;
परे बमपर; नपरे केही फरक नपर्ने; अनी फेरी हाँसे,,


तिमीहरुलाई कतिको हाँसउट्छ? पक्कै उट्छ होला;
नत्र तिमीहरु अन्धो रहेछौ कि भन्ने सन्खा लाग्न सक्छ;
जतातातै उस्तै त हो नि?

sagun
October 26, 2009 at 6:42am

कारीब १५ दिनको सवग्रिहको मेर अनुभव:



म लास हुँ। मात्र एउटा लास;
म सास लिनु जेल कोही थिए;
मेरो नाम थियो; काम थियो;
म हाँस्थे; म रुन्थे; म बोल्थे; म गाउथे।
तर म अब मात्र लास हुँ; चिसो गनाहुने लास;

हिजो सम्म म जुइदो थिए; सुत्थे अनी उट्थे पनि;
तर अब म उठ्न सक्दिन; म सुर्य हैन;फेरी उदाउन सक्दिन।
म मैन्बत्ती राइछु;तर थाहा छैन; कती उज्यालो दिये?

जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;
एक तक टोलाउथे; चिया तातो होस् या चिसो;
पिउथे; स्वाद के हो भुलिसक्या थिए;
अनी म किन बाँचु? हिजो आमाको फरियामा पासो लगयी झुन्डिये;

पिडा एक्पल मात्र भयो; अँट्ठायो; ख्यापै;
लामो एक्सरो सास लियी; म निर्जिब भये;
म निर्जिब भये; मलाई दुखेन;मेरो आशु झरेन;
म टोलाये ; आहा म मात्र टोलाये;
अब म छिटो खाग हुन चाहन्छु;
खरानी बनी हावामा सयर गर्न चाहान्छु;
सरर् जता मन लाग्यो त्यता; यता अनी उता कता कता!!

केही पल पछी दरोगा आए; मुचुल्क उठाये;
घरबेटी ले लास सनाखत गर्यो; सालेलाई तीन महिनको भाडा दियिन;
हाहाहा,,,,,,
हिजो सम्म आमा हुनुहुन्थ्यो; ज्यान उहाकै थियो;
आमा हिजो बित्ननु भयो; ज्यान मेरो भयो;
आफ्नो ज्यान लिदिये; स्वतन्त्रता....

मलाई अल्छि लगिसकेको थियो।
जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;

अब डाक्टर मलाई छिटो चिर;
म जल्न चाहन्छु; खरानी बनी उड्न सकु

तर मलाई डाक्टरले चिरेन; मेरो सनाखत भएन;
म चिच्चाये; आफ्नो नाम कराये;कोइ सुनेन;
बहिरोको कान मा गीत या गाली दबै उस्तै; चकमन्न।
मलाई कोच्यो चिसो रेफ्रिजिरेटरमा; तेही छु;
चिसो छु; टोलौदै छु; तर
अन्धकारमा चिम्ले नि; हेरे नि; नियालेनी उस्तै हो;

तेही छु; तेही हुन्छु;
एक्लो मान्छे मर्नु हुँदैन राइछ;
जलायिदिने नै हुँदैन राइछ; मैले त आस मरी सके;
म अब कहिले खरनी बन्छु?
अनी कहिले हावामा स्वतन्त्र सयर गर्छु?
मलाई थाहा छैन........

सगुन अक्टोबर २५ २००९
October 25, 2009 at 8:50pm

हिजो रात निन्द्रा लागेन;

हिजो राती निन्द्रा लागेन; छटपटाये;
ओल्टे फेरे; कोल्टे परे;
घन्टौ बित्यो; अनी उठे जुरुक्क;
ऐना हेरे; राता आँखा; सिथिल मुख;
चुरोट सल्कये; रात सुन्सान्;

अह मैले निदौन बिर्सेंछु;
सकिन;
टोलाये; मनमा के- के खेल्यो;
मैले खेल्न दिये मनलाई;
कहिले हासे; चुट्कीला याद अयो;
कहिले रोये; कसैलाई सम्झिये;
कुन बेला निदाएछु; पत्तै पायिन;
आज उठे; अनी सोचे
"हिजो राती निन्द्रा आएको भये
म सादा झै सुतेको भये;
मा हस्ने थियिन; म रुने थियिन;
तर मा हिजो हासे; हिजै रोये;
जुन मैले कयौ देखी गर्न सकेको थियिन;
तेसैले म आज रती पनि सुत्दिन;
अझै हाँस्छु ;अझै रुन्छु
September 30, 2009 at 9:16am

बिर्खे, बोको र छोरो

दसैंको आठौ दिनमा ढाल्न बिर्खेले एउटा जब्बर बोको ल्याउछ;
छोरो र स्वास्नी अत्यन्त खुशी; बिर्खेनि खुकुरीमा धार लौनथाल्यो;
दुई दिन पछी थियो अस्टमी; बोकोको सास दुई दिन चल्ने पक्कै थियो,

दुई दिन बितिगो; खुकुरी धरिलो भो; पानी उम्लिगयो;
छोरोको आँखा कान मै; पोली खाने रे कान;
स्वास्नी चै भन्सामा भाडा कुडा, तेल, मसाला ठीक पार्दै;
एही बिच त्यो बोको; आनन्दले घाँस चपौदै; कता टोलौदै;
बेला बेला म्या-म्या, के भनेको हो उस्ले जानोस्,

"आमा औने होइन?; अब बाले कट्ने रे;"
"पख पख म नआयी नकट्नु है,आये आए"
बोकोलाई तानेर बिर्खेले ल्यायो; सिंङ रुखको फेदमा डोरीले बध्यो;
बोको को पूजा गरी बिर्खे ले खुकुरी टाउको भन्दा माथि सम्म उठायो;
खुकुरीको धारको टल्ल टल्केको;गरीब छिमेकी को आँखामा पर्यो;
न्वारन देखी को बल लायी बिर्खेले त्यो बोको एक्चाल मै छप्कायो;
स्वस्नीले रगती थापिन; मुखमा पानी अलि अली रगत परेछ;
"छी छि; अब मुख धुनु पर्यो" " केइ हुन्न बुढी तलाई कसैनी जस्तै देख्य छ;
"हा हा हा हा";; "त्यो कसैनी म जस्ती रमी भ भये भाईहल्थ्यो नि"
बौ छोरो मिली सब सफा गरे; आमा चै भन्सा मा पारीकार पकाउदै थियिन् ।
छोरो ले कान रेट्यो;छुटै खान अलग्ग राख्यो ;

त्यो दिन अनी त्यस्पछीको केही रोज बिबीध पारीकार खान्थे उनिहरु,
छोरोलाई कान पानी बिर्खेली आँफै पोलिदियो;
निकै खुशी थियो छोरो अनी बिर्खे पानी "


"ओह बिर्खे बुढो फर्सी थप्ने हो?"
बुढो बिर्खे झलस्स झस्किन्छ; अतिथको यादमा डुबेको राइछ;
आज ब्रिधास्रममा एक्लै राइछ; स्वस्नी मरिछन्;
छोरोले निकाल्देछ; फेरी आज अस्टमीनै परेछ;
"पर्सी छोरो टिका ठप्न औंला त?"
अब यो प्रस्नले उस्लाई च्याप्यो,
"शुभ बिजय दशमी है बिर्खे दाई;" नेपत्थ्यबाट आवाज आयो;
"तपैलाई नि, (मलिनो स्वोर मा ) तपाईं लाई नि,
"छोरो पर्सी टिका थाप्न आयिदेहुन्थ्यो; पोहोर त आएन"
"आयिदेहुन्थ्यो;आयिदेहुन्थ्यो;"


सबैलाई बिजय दशमी को शुभकामना;
सगुन
September 27, 2009 at 7:18am

जाजर्कोट-हिजो राती

जाजर्कोटमा पखालाले मरेकाहरु मध्ये एउटा को कथा हिजो राती कल्पना मा अयो,

३ पात्र; लालिमा, आमा- ३० बर्ष,
माइलो - ११ बर्ष
कान्छो- ५ बर्ष
जेठो खै त भन्नु होला; अस्तीको शनिबार प्याक्प्याकि मर्यो।

साँझको ८ बजे अन्धकारमाय कोठामा लालिमा एक्कासी टुकी बल्छिन्; अनी त्यो टुकीको मधम्-पहेलो प्रकाशमा आफ्नो दुई छोरोलाई नियाल्छिन्, भाबुक हुन्छिन्; "खै भोली यिनिहरुलाई देख्छु कि देख्दिन?", द्वन्दमा परलोक पुगेका पोइको याद नि उस्लाई अज निकै अयिराछ, बेला-बेला मरेको पोइसँग माफि मग्दै पनि-" मैले तपाईंको जेठोलाई बाचाउन सकिन, खै यि दुईलाई नि धेरै समय दिन सक्दिन जस्तो लगिराछ, मेरो उमेरका साइलीदिदी नि हिजो बितिन रे; अज म निकै गलेको छु, मुख सुख्खा, सारीर चिसो चिसो छ"

एत्तिकै मा उस्लाई पखाला लाग्छ;

रातकोको सुन्सानमा घरको मुल्ढोका खुल्छ, टुकी बोकी लालिमा निस्किन्छिन्, अनी बिस्तारै-बिस्तारै अली भिरलो ओर्लेर मकै बारी छिर्छिन्-"मेरो देशको पस्चिममा सौचालय बनाउनसक्ने अर्थिक अवस्ता छैन; तेती ज्ञान पनि छैन,"; मकै बारीको अली बिच पुगेछी, अनी अली गनाउन थालेची लालिमाले पटुकी खोली दिशा बस्छिन; उन्लाई अब राम्रै पखालाले च्यापी सकेको रहेछ - पानी जस्तै दिशा बगेको छ; अझै बगेको छ अनी लालिमा सिथिल पर्दैछिन।

"भन्न रिङ्गटा लाग्न थाल्यो, एह मइलो,माइलो।,,,," उनी चिच्यौछिन्, तर सुन्सान, चकमन्न,,, कोइ बोल्दैन। लालिमा उठ्नसकिनन्; बरु अचेत तेही ढलिन्, शरीर ढलेनी मन् अझै बलियै थियो; कोइ त आउला,,,,,तर अह कोइ आएन, बिस्तारै टुकीमा रहेको अलीकती तेल नि सक्किन थाल्यो, केही बेरमा त्यहा अन्धकार नै भयो,,,,केही बेर पछी मकै बारीमा फेरी कोइ आए जस्तो लाग्यो तर उनी थला पेरिसअकेकी थियिन।

रात सुन्सान,,,कीराको सिर्-सिर्,,, बेला बेला कुकुर रुन्थ्यो; अन्यथा निकै चकमन्न।

एती बेला उता घर भित्र माइलो निन्द्रा मा बोल्दै रहेछ ; बर्बरौदै रहेछ -" आमा म पनि उ त्यो हेलिकप्टरमा औनेछु एक्दिन; अनी तिमीलाई लग्छु, हिमाल कस्तो राम्रो देखिन्छ आमा; हाम्रो हिमाल। " अनी फेरी मस्त निन्द्राको गहिरायी मा।

भोली भयो लामिमा बिभस्त अवस्तामा मकै बारीमा भेटियिन्; सास बाँकी थिएन; अर्ध नङगो शरीरमा दिसा पोतिएको;

लालिमालाई माइलो ले दाग्बत्ती दियो; कान्छो ले केही बुजेको थिएन- उ ब्यस्त थियो माथि उडिरहेको हेलिकप्टरलाई हात हल्लाउदै- (त्यो रीलीफ ल्याउने हेलिकप्टर,,,, पछी थाहा भयो तेस् हेलिकप्टरमा नेता आएका रहेछन्- काठमाडौंबाट जाजरकोटको अवस्था बुज्न,शायद देश को माया लगेर होला नि ! "

अब ११ बर्षको माइलोमा परिवारको जिम्मा आयिपुग्यो; उस्ले के खाला ? कसरी भाईलाई पल्ला अनी के खुवौला जस्तो लगेको थियो;

सात दिन पछी मेरो यो जिज्ञासा नि मेटियो- दुबै भाई मरेछन्-प्यक्प्याकी मरेछन्, कस्ले दाग्बत्ती दियो होला?

काठमाडौं मा चै सदन अवरुद्ध भयो रे; नागरिक सर्वत्तता को लागि,,,,,,वा मेरो देश; हाम्रा नेता?"

अपील

यो बिदेशमा अनी स्वदेशमा बसेका ती साब मेरा मित्रहरुलाई हो; हाम्रो जिम्मेवारी ठुलो छ; तेस्करन मनमा यो रखी राख्नुस् कि- देश र आफ्नो दाजु र दिदी लाई हामीले केही दिनै पर्छ,,,अहिले नसके के भो र? पछी चाँही एस्त दिन आउन दिनु हुन्न, अहिले सक्ने ले अहिले केही गरे हुन्छ।


August 8, 2009 at 7:27am

पीपलको बोट-सयौ बर्षका हजारौं कथाहरु।

पीपलको बोट मुनी आज्कल को मुनी तपस्या गर्छ र?को बटुवा बिसौछ र?
आज्कल त त्यहाँ सार्कीले जुत्त्ता सिलौछ;ठिटोले चुरोटको खिल्ली सल्कौछ।
के सोच्दोहो त्यो पीपलको बोट, उस्ले जस्तो परिवर्तन कस्ले देखेको छ र?
सयौ बर्षका हजारौं कथाहरु।, उस्को जरा हेर सर्पको मेला अनी भेला जस्तो।

यो बोटमा कती झुन्दिये;यस्को छहरीमा कयौ जन्मीये;अनगिन्ती कवीले कृति रचे;
सयौ मुनीले ध्यान गरे;खै बोक्सी ले मान्छे तर्साये भन्छन्? कती चराले गूड् बनाये,
केही शोषकले सोसण गरे;पोसकले पोसण नि गरे;कयौ प्रेमीले मिठा बात गरी मन साटे।
तर अज एही पीपल बोटको रुखमा एउटा बटुवाले मुतेको देख्दा अचम्म लाग्यो।

के तेस्लाई त्यस्तो पिसाब लगेछ?अनी फेरी एही बोट नै पएछ; नास्तिक होला साले;
म पनि त नस्तिक नै हुँ; तर म त्यहाँ मुत्न त के थुक्न नि सक्दिन;हिम्मत जुट्दैन।
त्यो पीपल बोट मलाई पवित्र लाग्छ;म सानोछदाँ आमा त्यहाँ शनिबार पूजा गर्नुहुन्थ्यो;
आज्कल आमा नि जानु हुन्न;खै किन हो? पीपलबोट अपवित्र हुँदै छ कि? कस्ले बनयो?
आस्था मर्दै छ? कस्ले मर्यो? मैले मारे- त्यो मुतुवा ले मर्यो; हामी साब ले मर्यौ,

यो पीपल बोटको मात्र कथा हैन; हाम्रो देश को कथा हो। पवित्रता घत्दै छ; देश भक्ती मर्दै छ; स्पस्ट कारण कसैलाई थाहा छैन र हामी खोज्न तयार छैनौ; बर्सौ देखी पूजा र माया गरेको यो देश लाई एक्कासी काम माया है किन गर्दैछौ?खै किन गर्दै छौ?

July 20, 2009 at 10:02am

मर्ने कुरा नगर न भुन्टी; सर्है डर लाग्छ

सोम हिजो कतारबाट फर्केछ; १ झोला र तीन बोरा भिरी;
फेरी जान्छ रे भुन्टी, "यहाँ के छ र भन्दै थियो"
पैसो नि राम्रै कमाको जस्तो छ- कलर टि.भी ल्याछ।
भुन्टी-"तपै नि जानुस्; यहाँ खेत गरेर बच्न सकिन्न,
अर्को साल तपाईं नि आउनुस्, धन्माल कमाएर,
तर खै मैले तपाईंले ल्यएको नयाँ फरिया लाउन पाउदिन होला"

'तेसो नभन् न भुन्टी, एक त म जाँदै जान्न;
अनी तलाई नयाँ फरिय ल्याउन बिदेसै जानु पर्छ त?
ल हिड् तल दोकन जाउ, रातो नयाँ फरिय किनुला;
तैले रातो लगाको मलाई खुब मन पर्छ; सर्है सुहौछ तलाई;'

"थाहा छ हजुरलाई, त्यो दोकानको साडी त सब पुराना हुन नि;
शहर गयी; गरीबी बेची मागेर ल्याउछन्; यहाँ चै नयाँ भनी बेच्छन्।
मलाई मर्नु अगी एक इच्छा छ; थाल्लिनु अगी अनी गर्नु पये हुन्थ्यो;
नयाँ फरिया लगायी,मन्दिर मा एक्पटक फेरी बिहे गर्ने, यो पाली चै रुन्न नि।"

"मर्ने कुरा नगर न भुन्टी; सर्है डर लाग्छ;
ल बरु भोली नै तल सदर्मुकाम ओर्लिन्छु;
तलाई फरिया र एउटा बुलाकी लिएर आउछु,
तलाई बुलाकी कती सुहाउला? म नि एउटा टोपी किन्छु;
अनी अर्को शुक्रबार झ्यैइ गर्ने; तँ चै पुरेत बा लाई भन्दै गर"

"भोली बिहानै साईत गरी स्रिधर निस्किन्छ; भुन्टी लाई निदार मा चुमेर निस्किन्छ, सदर्मुकाममा दुई जोर रातो फरिय जुरायी, बुलाकी किन्छ, अनी पैसा को अभावले टोपी चै किन्न नसकी फर्किन्छ; पैसा बाचाउन दुई छाक भात् नि जुराउन सक्ददैन।
उता भुन्टी जस्लाई टि बि रोग लगेको थियो, लाई रोग ले निकै च्याप्यो, टि।बी रोग को उपचार बर्सौ गरेनी भुन्टीलाई ठीक भएन।
शुक्रबार को बिहान सदर्मुकामबाट स्रिधर फर्किन्छ; घर छिर्दा भुन्टीको अवस्था नजुक थियो, गाउ को मुखिया को सल्लह मा उस्लाई घाट लग्न सब जना ताते
कुना मा रोयी बसेको स्रिधर एक्कासी जुरुक्क उठ्यो, उस्ले भुन्टी लाई काँध मा उठायो अनी माथि मन्दिर तिर डौडियो। शायद भुन्टी को सास गको थिएन; तर म यकिन भन्न सक्दिन,
बिभस्थ माहोल थियो, स्रिधर डौदिदै, रुदै, करौदै आफ्नो काँधमा भुन्तीलाई बोक्दै मन्दिर तिर डौडिदैथियो; भुन्टीको मुख मत र्यल चुहिएको; सेताम्मे थियी।
मन्दिर मा पुगी स्रिधर ले पूजारी लाई बोलाएनन्; भुन्टीको सास सुने, कम थियो, सुस्त थियो तर थियो।
उस्ले भुन्टीलाई तेही नङगयो अनी त्यो रातो फरियले बेरिदियो; शब्द उस्को मुख बाट निस्केको थिएन, बेला बेला "लौन इस्वर, लौन।।।ग्वा घ्वा।।रुन्थ्यो" सिरमा सिन्दुर पोतिदियो अनी नाक मा बुलाकी अड्कायिदियो। एक्पल मै भुन्तीलाई बोकी मन्दिर घुम्यो, पुरै सात पटक घुम्यो
अनी तेस्पछी, भुन्टीलाई मन्दिरको भुयी मा लडायी, इस्वरको अगाडि रोयो- करायो
भुन्टीलाई हेरी फेरी मुखमा सास सुन्ने प्रयत्न गर्यो, सास थिएन, भुन्टी मरिछिन,
कहिले सास छोडिन म भन्न सक्दिन, तर प्रथना गर्छु, भुन्टीले सास सात पटक मन्दिर घुमेछी छोडिन होला।

स्रिधर कती रोयो, शायद खोला बग्यो होला; उस्ले भुन्टीलाई जलायो अज दुई बर्ष नि बिती सक्यो;
स्रिधर पनि अज २ बर्ष पछी एउटा सानो झोल भिरेर कतार जदैछ; कहिले आउला? के के ल्याउल? केइ फरक पर्छ र?

July 17, 2009 at 6:19pm

१ जोर साडी दिएनन्।

ल ल हास्नुस् भन्यो फोटो खिच्ने मान्छेले,
म खुशी थियिन; कसरी हासु?तेसैले ओठ फट्टायिदिये।
खिच्यो तेस्ले। खिचिक्क, बुज्रुक कराउन थाले-" फेरी एउटा अर्को"
मलाई सरो भाईसक्यो, फेरी अर्को बेर कस्री हाँसेको नाटक गर्ने?

फेरी खिच्यो;खिच्ने बेलाको माहोल नि अनौठो। सब रमाएक,
चुट्कीला, बस्त्र मिलायी, केस मिलयी- एउटा फोटो खिच्न नाटकै नाटक
म बिचरो यो भीडमा दाँत देखायी उभिराख्या-यहा बाट भाग्ने प्रतिक्ष्यामा
खिचिक्क, फ्ल्यास् को उजलो ले आँखा तिरी-मिरी, धन्न कसैले मलाई हेरेन।
नत्र त्यो उज्यलो मा मेरा रसिल आँखा खै के के करमत देखउथे

खास म किन निरश- निरास थिए त?
सबै रमाउँदा म किन अल्मल्लेको थिए त?
किनकी दश बर्ष यो घरको बफादार बस्दा नि,
यिनिहरुले मेरी आमा लाई निम्ता दिएनन्, १ जोर साडी दिएनन्।
मेरो आमा पर झ्याल बाट नियाल्दै हुनुहुन्छ; कती रुनु भको होल, मैले भन्दा कस्ले जन्ला।
मेरो आमालाई किन नबोलाको थाहा छ? मेरो आमालाई चोरीको आरोप छ,
आमालाई अस्ती गहना चोरेको आरोप लाग्यो, तर मलाई थाहा छ कस्ले चोरेको भनी?
दुलाह आँफैले चोरेको हो; त्यो पैसा ले हिजो उस्ले ठमेलमा रात बिताको हो,

अहिले मेरो आमा भन्दा यो बेहुली को माया बढी लाग्दै छ;
उस्को रातो सिन्दुर, सुइदोमा लग्नु अगाडि नै अपवित्र भएको छ।
खै के होला त्यो बेहुली को? कुनै दिन आँफै थाहा होला।
July 14, 2009 at 9:21am

शब्दमा अर्थ नहुँदा अनी सास मात्र लास नबन्न लिदा- त्यहाँ सुन्यता हुन्छ

शब्द र सास जबसँगै डौडन्छन्,त्यहाँ लक्ष्मीप्रसादले नलेखेको कृति पल्-हरेक पल रचिन्छ रे;
तर शब्दमा अर्थ नहुँदा अनी सास मात्र लास नबन्न लिदा- त्यहाँ सुन्यता हुन्छ; चकमन्न।

अर्थ के हो त फेरी? केलाई अर्थपूर्ण भनुँ?कसैको अर्थ यहाँ हरपल कसैलाई अनर्थ बनेको सधैं देख्छु,
त्यो मन्दिर कै अर्थ फरक-फरक - नास्तिकको लागि पाखन्दको सानो झुप्रो,आस्तिकको लागि ब्रम्हान्ड।
आँखाले कसरी अर्थ खोजुँ? त्यही त देख्छु जे हेर्न चहान्छु- दिनमा उज्यालो देख्छु, राँतमा अन्धकार,
बेस्याको झल्मल्-कोठी उज्यालै छ त? सोधिहेर उसैलाई,त्यो उज्यालोमा कतीको उराठलाग्दो-तर्साउने अन्धकार छ?
कालो बादल सधैं भयन्कर नै हुन्छ त?त्यो किसानलाई सोध,खडेरीपर्दा कती आकाश हेरी कालो बादल खोज्छ।
आँखाले मात्र हेरे झुटो देखिन्छ;मन ले हेर्न सकिन्छ कि सकिदैन म जान्दिन; मैले त हेर्न जनेको छैन मनले।

आँखाले मात्र देख्ने भये अन्धोले के ले देख्छ त? अर्थ कसरी बुज्छ त? मुर्ती के हो उस्लाई थाहा छ त?
हुन त हामी सब अन्धो नै छौ,तिमी छैनौ?सडकमा ढलेको त्यो भरियाको कम्पन तातो सिरकमा घुस्रेर देख्न सक्छौ?
अनी रहेनछौ त अन्धो?आँखालाई भयाभय द्रिस्यबाट पन्छाउनु,अन्धो नै हुनु हो,कायर हुनु हो, सत्य बाट भाग्नु हो।
 sagun'e

यादव दाई अनी बिर्खे राइले अब त नयाँ भाषा पनि सिकेछन्

एउटा पत्र आमालाई -

मेरी प्यारी नेपाल आमा,
हजुर को खुट्टामा ढोग छ।

आमा, मलाई हजुर को माया कती लाग्छ भनेर सोध्नु भयो भने, सन्ख्या ले भनु, अपुग होला; आकर ले देखऊ ब्रम्हाण्द सानो पर्ल। तर आमा म आज हजुरलाई केही प्रस्न सोध्दै छु? आमा यादव दाईलाई के भको? अनी त्यो सोझो राइलाई कस्ले भाड्काको ? खै अज्कल त के- के भन्छन् के-के?

मेरो बाजे-पुर्खाको यो धरोहरको अब बटुवारा गर्ने रे। उनिहरु हेपिये रे आमा? खै कस्ले हेपेछ? मैले हेपेकी आमा? म दोशी भये आमा, म आज हजुरलाई भन्दै छु; आमा म सब छोडिदिन्छु- छन त मेरो के नै छ र? तर नि आमा सब छोडिदिन्छु - तर एक्चोटी त्यो बिर्खे राइ अनी यदव दाईलाई सपना जुरायीसियोस आमा- त्यो राइलाई गोर्खाको सुन्तलबारी मा अनि त्यस्ले खाएर हुर्केको सुन्तलामा; मनाङ मा स्याउ मात्र खानपौने बिचरो डोल्मा को पनि हक लाग्छ भनी सम्झायीदिस्योस आमा , यादव दाईलाई बुझाईदिनु आमा ,हप्प तराइ को खेत मा मेरा बाँ ले नि तेती नै पसिन बगाएछ्न्, जती तेस्का बाँ ले बगाएक होलान। आमा यदव दाईलाई सम्झैदिनु- तराईमा बाढि आउँदा, मेरो घर नि पहिरो ले पखालेर लग्याहुन्छ; पानी यहाँ पनि पर्छ, फरक एती कि त्यहा बाढि आउँदा यहाँ पहिरो जान्छ। अनी म पनि रुन्छु आमा, यादव दाई मात्र हैन।

तर केही फरक पर्दैन जस्तो लाग्छ अब त; यादव दाई अनी बिर्खे राइले अब त नयाँ भाषा पनि सिकेछन्; याद आए सम्म त हामी तीन जाना पिपलबोट मुनी नाच्दै एकै आवाज मा गाउथ्यौ त, " छरिएर बसे के भो? सन्तान त एउटै हो" , कसम खाएए भन्छु; हामी एउटै भाषामा; एउटै लवजमा गाउथ्यौ- उती नै खुशी हुन्थौ; उती नै गर्व गर्थौ; खै यादव दाई र बिर्खे राइ ले नयाँ भाषा कसरी सिकेछन् आमा?

तर म भन्दिन्छु आमा; म सब थोक छोड्न तयार छु; तर मेरो भाषा, मेरो टोपी, मेरो भक्ती अनी मेरो झन्डा म छोड्न सक्दिन। तेसैले आमा सम्झाउनु तिनीहरुलाई- पिता पुर्खाको चिनो मेटायी, आफ्नो स्वार्थको लागि ठडायिएको नयाँ महल् नै किन नहोस्; एक्पल मै चकनाचुर हुन्छ; - सराप लाग्छ आमा , ठुलो सराप लाग्छ । अनी उडी औछ आमा यहाँ त्यो अवसर्बादी लम्खुट्टे जस्ले हामी सब को रगत चुस्छ; नमज्जा ले चुस्छ।
खै आमा पिता पुर्ख को सीर कहिलै झुकेन रे? हाम्रो त ठड्नसक्या छैन अझ; कहिले ठड्ला? कि नठड्ला? ठडिगये कती बेर ठड्ला- त्यो हामी मै निर्भर गर्ला ।

तेसैले आमा मैले भनी सके ; म मिट्न तयार छु, तर सजिलै पुर्खौली जग मिटेको हेर्न चै सक्दिन; कयर छैन- शरीर त्यग्दिन; क्रुर छैन - आफ्नै लाई छुप्पी हान्दिन ; उनिहरु ले आफ्नो मानुन् कि नमानुन्; मलाई चुप्पी हानुन् कि नहानुन् ?

बरु आमा आज मा फेरी त्यही पिपल बोट को मुनी चिच्याइ गाउछु - यादव दाई ले सुनी हाल्छ कि? बिर्खे राइ आत्मग्ल्यानीमा रोयी हाल्छ कि? मलाई आज जती आशिर्वादको आवस्यक्ता कहिले परेको थिएन आमा, मेरो आज को आवाज मा- मेरो पुर्खाको एकताको ध्वनीको उजागर् गर्न सकू, आज पीपल बोट मा फेरी म राष्ट्रियता गुन्जाउन सकू । अनि गुन्जियोस आमा फेरी; त्यो राष्ट्रियटा - जुन यादव दाईले बिर्सेंको छ ; त्यो जुन बिर्खे राइ ले सम्झेको छैन ; त्यहि राष्ट्रियता जुन म हरेक पल महसुस गर्छु र तेही राष्ट्रियता जुन एक युग एती सक्तिसाली थियो कि जस्ले संसारलाई झुकाएको थियो। मलाई आशिर्वाद दिनुस् आमा -

हजुरको छोरो;सधैं हजुर कै लागि
June 19, 2009 at 5:35pm

महत्मा गान्धी, पागल मास्टर र धारिलो चुप्पी

कल्पना को मेरो यो कथा म ३ पात्र; महत्मा गान्धी, पागल मास्टर र धारिलो चुप्पी
कल्पनिक ठाउँ: झ्यालखाना
समय: फरक पर्दैन, ल भाईगो राती को ८ बजे,


बेलुका को खाना पछी झ्यालखाना अली सुन सान नै हुने गर्द छ; अज पनि उस्तै हो; पुर्णिमा ले रात लाई भयन्कर हुनदेको छैन; अनी- एता उता बेला बेला मुसा कराको आवाज आए पनि रात सदाझै सुन्सान नै छ।

झ्यालखानाको यो कोठा मा दुई पात्र अज पहिलो दिन सँगै बसेक हुन् । चिडियाखाना को कुन खोर म कुन पशु राखिन्छ त्यो त्यहाँ को हाकिम कै इच्छा हुन्छ। ल अज एक दिन लाई म नि त्यो कल्पनिक झ्यालखन को हकिम या जेलर हुँ र मैले ती दुई पत्र लाई त्यहा राखे। महत्मा गन्धी र पागल मास्टर, अनी त्यही कोठा मा मैले नै त्यो धारिलो चुप्पी पनि राखी दिये

अब जे हुन्छ, हेरौ,

पागल मस्टर- " तिमी महत्मा होउ? "
गान्धी - "होइन म गान्धी हुँ?"
पगल - " तेसो भये तिमी महत्मा होइनौ?"
गान्धी - " आकाश लाई आकाश भने पुग्छ, निलो आकाश भन्नु को अर्थ छैन।"
पागल -" ल बहिर हेर, आकाश निलो छ? म त कालो देख्छु। कि निलै हो?"
गन्धी-" हाहा, तेसो भये हो म महत्मा गान्धी नै हुँ ?"
पागल -"ल तिमी घमन्डी रहेछौ, तिमी महान रहेनछौ। "
गान्धी -" मलाई त लाग्दैन; बरु तिमी मेरो सीस्यहरु लाई सोध, उनी हरु ले जे भन्छन म तेही हुँ । "
पागल -"मा पनि तिम्रै सीस्य थिए भखर सम्म तर अब छैन किन कि तिमी घमन्डि रहेछौ। "
गन्धी- "ल रात भयो अब म सुत्छु। "
पागल -" तेसो भये तिमी महान पनि रहेनकहु , अली फरक पनि रहेन छौ। "
गान्धी - "किन?"
पागल - "रात मा त जो पनि सुत्छ; उता दिल्ली मा साब बिस्वस्थ छन्, गान्धी रात भर सोच्दा हुन हाम्रो बारे भनी, अनी तिमी निस्ठुरी सुत्दिन्छौ?"
गान्धी - " म पनि त मान्छे नै हुँ- नसुते थाक्छु, नखाये भोकौछु,"
पागाल -" तेसो भये थाहा देउ उ त्यो सडक को बच्चा लाई कि गान्धी नबन्नु; किन कि गान्धी नि एउटा मान्छे नै हो। "
गान्धी -" ल अब तिम्रो कुरा सुन्दिन म, जाउ उता को कुना, म सुत्छु अब। "

गान्धी आँखा चिम्लिन्छन्, एक बेर फेरी सुन्सान हुन्छ, एक्कासी पगल मस्टर ले त्यो चुप्पी गान्धी को गर्धन मा रख्छन्।
गान्धी-" के गरेको त्यस्तो, मलाई मर्न डर लाग्दैन, बरु किन एस्तो गर्दैछौ भन, मैले साँच्चि नै गल्ती गरेको रहेछु भने म, आँफै त्यो चुप्पीले आफ्नै गर्धन रेटीदिन्छु। "
पागल-" हाहा, तिम्रो नजिक तिम्रो सत्रु कहिले आएनछ गान्धी तेसो भये, तिमी डराएको छैन भनी देखौने कोशीश गर्दैछौ, तर म महसुस गर्दै छु; तिम्रो धद्कन नि तेज चल्न थाल्या छ; तिम्रो निधार बाट नि पसिन चुइन थल्या छ, नाटकी गान्धी तिमी डरा को छौ तर त्यो मैले देखुला भनी झनै लुकौने कोशीश गर्दैछौ, एही रहेछ तिम्रो सिप, जस्ले तिमी लाई महान बनायो"
गान्धी- " म डारको छैन, तिम्रो भ्रम हो। "
पगाल ले हाँस्दै त्यो गर्धन बाट चुप्पी हटाउछ अनी मरी मरी हाँस्छ "बिध्यर्थीहरु मैले तिमीहरु लाई गान्धी निडर थिए भनी पढाये, म गलत रहेछु । गान्धी पनि नाटके रहेछ; तर खबर्दार, सानो हैन, महान नाटककार"
गान्धी-"म साँच्चिकै डरएको थियिन मुर्ख; तिमी साँच्चिकै पागल रहेछौ"

एत्तिकै मा पगल मस्टर, उता कुना तिर गयो; एक्ककासी गान्धी तिर फर्की चुप्पी ठादो पारी गान्धी को शरीरमा घुसौन डौडियो; गान्धी पनि तुरुन्तै छले।

पागल मस्टार मरी मरी हासे; सास नफेरी हाँसे,भने " डर नलग्या भये किन छल्यउ त महत्मा?, बरु नछलेको भये गान्धी अमर हुन्थ्यो; तर आज मेरो चुप्पी को प्रहार छलेर तिमी गिर्यौ, गान्धी मर्यो, हाहा सुन्यौ गान्धी मर्यो। "

कुना मा गएर पगल मास्टर सुत्यो; त्यो चक्कु गान्धी तिर फलिदियो; चक्कु त नक्कली रहेछ । गान्धी ले पगल मास्टर लाई हेरे, उनी हाँसिरहेक थिए, मरी मरी हसिरहेक थिए।
May 31, 2009 at 3:09pm

५ मिनट मा ५ कथा

घडी ले १०:२५ देखौदै छ; चलायमान छ है घडी; १०: ३० मा एउटा कर्म थाती छ;
त्यसैले म ५ मिनट मा ५ कथा लेख्दै छु
१, शाहीद गेट मा बनेपा बाट आएको मान्छे ओर्लेछ; अज पुरै काठमाडौं घुम्न आको रे। अचानक बाटो सुन्सान, पर बाट जुलुस आउँदै छ रे।
२, रमा को परीक्ष्या सकियो रे, तर निरास देखिन्छिन्; चोरेको चिट उत्तर कपि मै छोडिन् रे ।
३, शिखर को बाबा बितेछन्; किर्या-कर्म गर्द गर्दै शिखर उठेर हिंडेछ; पशुपती उकालो मा; गाँजा ले एक पफ फुकेर आएछ।
४, साधुलाई काम चडेछ; झादीको पछादी गयी कामलाई सुताउदा , एउटा चेलाले देखेछ।
५, आनन्दको छोरो जन्मेछ; कुना मा गयी धर धर रोएछ; अफुलाई ऐड्स लगेको उस्ले श्रीमतीलाई बताउन सक्या थिएन।
May 29, 2009 at 10:31am

बत्ती जाला,खल्लो होला

दश मिनेट मा बत्ती जान्छ; तर अज नजवोस के,
बिचरो मास्टरको छोरी को बिहे छ; बत्ती जाला,खल्लो होला;
त्यो मास्टर जस्ले जिन्दगी मा धेरै लाई उज्यालो बाँड्यो;
उसै को जिन्दगी को महत्व पूर्ण पल म अन्ध्कर भये नमिठो हुन्छ;
मास्टर बिचरो दाईजो दिन हुन्न भनी सब लाई सिकयो;
आज आफ्नै ज्वाँई ले चै मोटरसाइकल लुडायो;
अनी कहाँ बाल्न सकोस त जेनेरेटर; पैसो स्वहाँ;
तेसैले आज मास्टरको लागि बत्ती नजावोस;

जिन्दगी को महत्व पूर्ण पल मा अन्ध्कर भये नमिठो हुन्छ

गयो बत्ती झयप्प अन्धकार जत ततै;

बिचरो मास्टर; नमिठो खल्लो भयो
May 21, 2009 at 3:45pm

हरेक बिहानि कपाल मिलयी निस्किन्छु

डाँडा पारी आज नि त कोइ जन्म्यो होला; म किन हाँसिराको छैन त?
त्यही डाँडा पारी आज कोइ खस्यो पनि त होला; मा किन रोइरको छैन त?
स्वर्थी न हुँ; नाटक गर्छु; आफ्नै घाऊ त आँखा ले नदेखी दुख्दैन भन्छन्।
अनी जब एक्लिन्छु ;ऐना हेरी आँफै लाई देखेको ठान्छु; अनी कपाल मिलयी निस्किन्छु।

बाटोमा हिद् दा कुकुर ले बगरेको पसल बहिर राँगोको हड्डी चुसेको देख्छु;
त्यो राँगोको हाँड देख्दा घिन त लाग्छ ; न त्यो कुकुर को स्वाद मेरो जिब्रो मा आउछ;
तर नि म त्यो हेरिरख्छु; किन कि सडक को उता पट्टी हेरे त्यो बुढी आमा ले बोलउछिन;हेर्दिन उता;
त्यही बुढी के; छोरा भनी दुई रुपैयाँ मग्छिन्; अनी पैसो लिएछी; याक चुरोट को खिल्ली सल्काउछिन्।

दफ्तर पुगी मेच मा बसेर खुट्टा हल्लायी; त्यो काम को लागि औने लाई एक बेर कुराउछु;
मलाई थाहा छ कुर्न कती गाह्रो हुन्छ; तलब लिन कुर्नु पर्द केही फरक नपरेको नाटक हकिमकहाँ गर्नै पर्छ;
दुइसो साउनी कहाँ भात् घिच्दा; कुखुरो को खुत्तो तन्दा थाल मै मात्र हेरिरख्छु; फेरी सिदा हेरे
त्यो मोरो सुके कान्छा मैले खाको हेरेर थुक निल्दिन्छ ; स्वाद लिएर खानै सक्दिन आज्काल।

बेलुका फर्किदा मन्दिर छिर्छु; एक सिक्का चाडाएर; फटाफट निस्किहाल्छु भुइ तिरै हेरी बश्छु।
ढिलो गरे त्यो बौला ले सलाम ठोक्दै कोट्टौछ ; कहिले काँही त पछी नै पर्छ भन्या ;
कोठा पुगेछी छिट् छिटो भित्र छिर्छु; घरबेती ले पैसो मग्ल भनी; ढोका धप्काइ हाल्छु;
अनी कोठा मा एक्लिन्छु; चुरोत सल्कयी ऐना हेर्छु; अनी फेरी पनि आँफैलाई देखेको ठान्छु,

एसरी दिन दिनै म नाटक गर्दै छु; तर थाकी सके; अब सक्दिन होला।
स्वर्थी न हुँ; नाटक गर्छु; आफ्नै घाऊ त आँखा ले नदेखी दुख्दैन भन्छन्।
अनी जब एक्लिन्छु ;ऐना हेरी आँफै लाई देखेको ठान्छु; अनी हरेक बिहानि कपाल मिलयी निस्किन्छु।
May 13, 2009 at 8:55pm

नयाँ राष्ट्र गान सुन्दा पनि सिरिङ्ग हुन बल्ल थालेको थियो।

देश मेरो यस्तो थियो; बर्णन् गर्न नसके नि निकै माया लाग्छ दाई मलाई
देश मेरो उस्तो थियो; मलाई केही नदिये पनि गर्ब गर्न दिन्थ्यो दाई।
साँच्चि कै।।। बाँच्न त गरैथियो ;तर मेरो बिस्वास् सारो हुँदै थियो;
नयाँ राष्ट्र गान सुन्दा पनि सिरिङ्ग हुन बल्ल थालेको थियो।

खै अब म कसरी नदेखु उ डाँडां पारी कालो बादल गर्जदै गरेको;
मन-धद्कन दौदिन थालेको छ; निकै डराउँछु म;
सिन्दुर फेरी सस्तो हुने त हैन? रगत फेरी भिता को टाटो बन्ने त हैन ?
खै दाई; कान्छा के फर्केल त दाई? मरे पछी क्स्ले जलाइदेल त ?

को सही को गलत म त जन्दिन..
कगज पढ्न जान्दिन, देक्छु सुन्छु अनी आँफै बौलौछु;
के हेदैनौ तिमीहरु वारीपरी, सत्रु हरु सल्बलएक
आँफै कम्जोर हुँदा, समय नै पारीप्रेक्ष्य पनि रुस्ठ भएको।

उमेर धल्केपची सपना देख्नु हुँदैन रहेछ दाई; मुटु नै मलिनो हुने;
शंका ले नि छाती पोल्ने; आशा थियो कान्छा फर्केल; नती बच्चा खेलाउने
भुन्टी त निरस होलिस् ; नपुन्शक ठन्लिस मलाई;
त्यो दोर्जेले तलाई मेरै अगाडि नङौदा नि म चल्न सकिन

भुन्टी म चिच्एको थिए;जिब्रोअगाडि चुपी थियो;आवाज निस्किन डरायो;
म त्यस्ले तेरो चोलो कट्दा; उठेको थिए, तर छप्किएको खुट्टो बोकेर उठ्न सकिन
तलाई नङ्ग्ययी चिस्याउनेले नि म भित्रको मर्दलाई बिउजाउन सकेन;
हो मैले यही भोग्नु छ; कयरले सजये पौनुनै छ ;भोग्नु नै छ;

तर अब चै एस्तो दिन नाआवोस;दिन दिनै प्रथना गर्छु
घयिते पती अगाडि जहान ननङगायियोस; जहन नङिएपची उस्लाई जिवितै नछोडियोस।
दाई हम्फलिदिन मन लग्छ त्यो डाँडाँबाट; तर भुन्टीलाई मुख देखौने डर् लाग्छ;
डाँडाबाट फर्किद चै समाज म माथि हसेको देख्दा; आँफै लाई थुक्न मन लाग्छ;

त्यो दोर्जे छ नि दाई; शहर मा गाडी चाडछ रे ;कर्म दाई कर्म;
म जस्तो कस्लाई नपरोस; मर्न डर लाग्छ; बाँच्ने हिम्मत जुट्दैन;
सिन्दुर फेरी सस्तो हुने त हैन? रगत फेरी भिता को टाटो बन्ने त हैन ?
खै दाई; कान्छा के फर्केल त दाई? मरे पछी क्स्ले जलाइदेल त?
May 4, 2009 at 6:50am
अनी किन नरुदो हो त त्यो सिशु आमा को गर्व चिरेर निस्किदा?
आफ्नी आमाको दाहा सुन्दै निस्किन्छ, आफ्नी प्यारीको दु:खइ बुज्दै
अनी किन नरुदो होस् त त्यो सिशु, आमा को गर्व चिरेर निस्किदा,

अनी किन नरुदो होस् त त्यो बच्चा, उस्लाई निन्द्रा नलाग्दा?
आफ्नी प्यारी बिन निन्द्रा आउँदैन, अफु नसुत्दा प्यारी को निन्द्रा बिच्केला ,
अनी किन नरुदो होस् त त्यो बच्चा, उस्लाई निन्द्रा नलाग्दा?

अनी किन नरुदो हो त त्यो खाते केटा, सडक म चिसो ले शरीर बिज्दा?
सडक पारी चिसो मा सानी बिराली आफ्नो आमाको शरीरमा लत्पटिएर घुरेको देख्दा?
अनी किन नरुदो हो त त्यो खाते केटा, सडक म चिसो ले शरीर बिज्दा?

अनी किन नरुदो हो त त्यो ठिटो, जब खरिदेको रन्डीको कोठा मा सानो बच्चाले पढेको देख्दा?
आफ्नी आमा ले नि पढाउन अनी चिची खुवाउन दिन दिनै शरीर बेचेको सम्झदा
अनी किन नरुदो हो त त्यो ठिटो जब रन्डीको कोठा मा सानो बच्चाले पढेको देख्दा,

अनी किन नरुदो हो त्यो जवान, गोलीले सास अनी शरीर चुड्दा,
आफ्नी आमाले गोल खेल्दा लगेको घाउमा लेप लगै फु-फु गरेको सम्झिदा?
अनी किन नरुदो हो त्यो जवान, गोलीले सास अनी शरीर चुड्दा,

अनी किन नरुदो हो त त्यो बुढो, नतीको कपाल सुम्सुमाउदा,
आमाको नरम हातले सुम्सुमाउदा, अफु लट्थेर निदाएको सम्झिदा?
अनी किन नरुदो हो त त्यो बुढो, नतीको कपाल सुम्सुमाउदा,

संसार क हरेक आमाहरु साह्रै महान चन, त्यसको तुलन कसै सँग गर्नु ठुलो पाप गर्नु हो...
तेसकरन बुद्धी ले भये सम्म संसार का हरेक आमा लाई सम्मान गरौ
र कसै को मन दु:खउने काम नगरौ

सगुन
April 25, 2009 at 1:12pm ·
कहिले हाँस्न खोज्दा ओठ हल्लिदैन ,
अनि कहिले चाँही रुन खोज्दा आँशु तप्किदैन।
त्यसैले म खुशी हुँदा हाँस्न सक्दिन ;
अनि ब्यथामा चुर्लुम्मा डुब्दा आँशु झार्न सक्दिन।

अनि तपाईं नै भन्नुस् न त,
हसो अनी रोधन बिना को लाश बनि म -
कती दिन सास् फेर्दै बचिरहेको नाटक गरु?
भुन्टीलाई छोड्दा अनी भेत्दाको अनुभब कसरी सँगाली राँखु ?

अब न मुस्कुराउनै सक्छु ,न रुनै नै ।
त मसान को चिसो लाश हेरेर म के गरु?
त्यो टुहुरोलाई कसैले अंकमाल गर्दा के मात्र टथस्त उभिऊँ ?
खै के गरु के? हसो र बिस्मात नहुँदा अल्मलिएको छु; भौतारिएको छु ।

मलाई सहयोग गर, तर के नै गर्न सक्छौ र ?
सक्छौ भने हासाऊ मलाई, सक्छौ भने रुवाई हेर ।
बरु ओठ च्यतीदेउ, तर त्यो कहाँ हाँसो हो र?
बरु घायिते बनाइदेउ , त्यो कहाँ रोधन हो र?

एक फेर मलाई नाम ले बोलयी हेर, शायद हाँस्छु कि ??
एक पटक मन्दिर भित्रायी हेर, धर धर रोयिहल्छु कि ??
यति गर्द नि हाँसो र रोधन ले पक्षाएन भने, बरु -
एक पटक ऐना देखाइदेऊ, कसरी नहाँसुला त??
एक पटक झुन्डायिदेउ ,कसरी नरोउँला त?
April 11, 2009 at 6:35pm

परीवेश


दाई आए, खै त्यहा मन नै बसेन।
खै किन हो किन त्यहा मलाई छटपटि भयो,
त्यो उकुश मुखुशमा मैले मिठो सास फेर्न सकिन
त्यसैले दाई आए , खै त्यहा तन नै बसेन दाई।

हिजो त्यहा पुग्दा लाग्यो, अब यही संसार बनाऊला,
भुन्टीलाई यही नचौला , अनि पनि उफ्री उफ्री नाचौला।
खै दाई तर अब सन्देह भुन्टी त्यहा नाच्दिन होला। 
त्यहा उस्को बुवाको चिहान रहेछ , खै नाच्दिन  होला  त्यहा,
त्यसैले दाई आए , खै त्यहा मन नै बसेन; तन नै बसेन।

अब कहाँ जानु दाई? खै उता मैदन मा जाउ कि??
फेरी मैदन मा मन्दिर दाई ,
भुन्टीले नाच्दा मन्दिर टेकी-छोयी भने, बबाल मच्चिन्छ।
ओहो खै कहाँ जौ  दाई
 मलाई नच्नु आज,
मेरो भुन्टीसँग फन्-फनी। 
बोल्नेले बोली राखुन  दाई;सबको मुख कहाँ छोप्न सकु ?
उस्तै परे; मन्दिर छिराइदिन्छु;
उस्तै परे; कुलो छुवैदिन्छु;
मन पर्दैन मलाई यहाँको चर्या।  

नाच्दा छोयिये बहाना हुन्छ;
जानेर छोए नि; घटना देखिन्छ। 
    
" तै भन् भुन्टी कहाँ नच्ने?"
यही नाचे , ती ठिटाहरुले जिस्काउलान,
जिस्काए जिस्काउलन, नाच्देऔ।
कम्मर हल्लाई-हल्लाई नाच्देऔ।।

यत्तिकैमा आवाज सुन्निन्छ 

"साले पागल यत्तिकै एक्लै नाचछस ,डोरीले बादिदिन्छु"

तर नि  नाचीराख्छ- उस्को भुन्टीसँग उफ्री उफ्री नाचिराख्छ। 
..................................................
भुन्टीको हुन? को थियिन? उस्ले बाहेक कसैले जान्दैन। 
अरुले जाने पनि; कहाँ बोल्छन ?
फेरी,
कता कता भुन्टी पनि सम्झिदी हुन उस्लाई
भुलौन कहाँ सजिलो
Top of Form

sagun'e
April 8, 2009 at 8:45pm