परीवेश


दाई आए, खै त्यहा मन नै बसेन।
खै किन हो किन त्यहा मलाई छटपटि भयो,
त्यो उकुश मुखुशमा मैले मिठो सास फेर्न सकिन
त्यसैले दाई आए , खै त्यहा तन नै बसेन दाई।

हिजो त्यहा पुग्दा लाग्यो, अब यही संसार बनाऊला,
भुन्टीलाई यही नचौला , अनि पनि उफ्री उफ्री नाचौला।
खै दाई तर अब सन्देह भुन्टी त्यहा नाच्दिन होला। 
त्यहा उस्को बुवाको चिहान रहेछ , खै नाच्दिन  होला  त्यहा,
त्यसैले दाई आए , खै त्यहा मन नै बसेन; तन नै बसेन।

अब कहाँ जानु दाई? खै उता मैदन मा जाउ कि??
फेरी मैदन मा मन्दिर दाई ,
भुन्टीले नाच्दा मन्दिर टेकी-छोयी भने, बबाल मच्चिन्छ।
ओहो खै कहाँ जौ  दाई
 मलाई नच्नु आज,
मेरो भुन्टीसँग फन्-फनी। 
बोल्नेले बोली राखुन  दाई;सबको मुख कहाँ छोप्न सकु ?
उस्तै परे; मन्दिर छिराइदिन्छु;
उस्तै परे; कुलो छुवैदिन्छु;
मन पर्दैन मलाई यहाँको चर्या।  

नाच्दा छोयिये बहाना हुन्छ;
जानेर छोए नि; घटना देखिन्छ। 
    
" तै भन् भुन्टी कहाँ नच्ने?"
यही नाचे , ती ठिटाहरुले जिस्काउलान,
जिस्काए जिस्काउलन, नाच्देऔ।
कम्मर हल्लाई-हल्लाई नाच्देऔ।।

यत्तिकैमा आवाज सुन्निन्छ 

"साले पागल यत्तिकै एक्लै नाचछस ,डोरीले बादिदिन्छु"

तर नि  नाचीराख्छ- उस्को भुन्टीसँग उफ्री उफ्री नाचिराख्छ। 
..................................................
भुन्टीको हुन? को थियिन? उस्ले बाहेक कसैले जान्दैन। 
अरुले जाने पनि; कहाँ बोल्छन ?
फेरी,
कता कता भुन्टी पनि सम्झिदी हुन उस्लाई
भुलौन कहाँ सजिलो
Top of Form

sagun'e
April 8, 2009 at 8:45pm

No comments:

Post a Comment