अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला?

एउटा खते केटो आयो; मेरो खुट्टा समायो;
म अलमल्ल परे; मन रोयो; अफ्ट्यरो भयो;
खल्तीमा हात घुसाये; खुद्रा थिएन;सय निकाले;
सुटुक्क दिये; केटो फेरी फेरी ढोग्यो; अब रिसाये;
"जा उता अब त; जा!"

साथीले मलाई देखेछ;मैले सय दिएको उस्लाई पचेनछ;
"तैले गर्दा एस्त बच्चा हरु बिग्रेकहुन; नहेरी हिंड्नुपर्छ;
कतीलाई दिन्छस्? हजारौंछन्" सुन्दिये मत्लब लागेन;
अनी हिड्यौ; त्यो केटोलाई देखे; ठेलाको अगाडि;
बोटामा खाँदै थियो; औंला चुस्दै थियो;
आनन्द भयो;
मन्द झरी पर्न थाल्यो;
म रुझ्दै हिंडे; चिसो हावा र तिखो पानी मलाई बिजाउदै थियो;

तेही बेला; एउटा ठिटो मलाई ठेस दिदै; डौदियो;
मेरो पकेट मारी डौदेछ; म अनभिग्य; अनी म दौडिये;
मेरो रफ्तारले तेस्लाई समाउन सक्यो;
फर्काएर मुख हेर्दा;
त्यो तेही ठिटो थियो; हो तेही ठिटो थियो;

दिक्क लाग्यो; तर फेरी माया नि लाग्यो;
पर्स लिये; तर तेस्लाई फेरी पैसा दिये;
फेरी ढोग्यो; अनी फेरी गाली गरे;

बिडम्बना देखी टोलये; तेस्लाई हेरी पर सम्म;
बिलायो केटो मानिसको बथानमा; झरी अझै पर्दै थियो;
झरीमा रुन सजिलो भयो; मलाई त्यो केटोको माया लाग्यो;
किनकी त्यो अब कहिले सुध्रिन सक्दैन;
तर जे होस् अज राती तेस्ले फेरी मिठो खाला;
अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला??

झरी अझ पर्दै थियो; म रुझ्दै थिए;म रुदै थिए;
November 12, 2009 at 6:04am

No comments:

Post a Comment