शब्दमा अर्थ नहुँदा अनी सास मात्र लास नबन्न लिदा- त्यहाँ सुन्यता हुन्छ

शब्द र सास जबसँगै डौडन्छन्,त्यहाँ लक्ष्मीप्रसादले नलेखेको कृति पल्-हरेक पल रचिन्छ रे;
तर शब्दमा अर्थ नहुँदा अनी सास मात्र लास नबन्न लिदा- त्यहाँ सुन्यता हुन्छ; चकमन्न।

अर्थ के हो त फेरी? केलाई अर्थपूर्ण भनुँ?कसैको अर्थ यहाँ हरपल कसैलाई अनर्थ बनेको सधैं देख्छु,
त्यो मन्दिर कै अर्थ फरक-फरक - नास्तिकको लागि पाखन्दको सानो झुप्रो,आस्तिकको लागि ब्रम्हान्ड।
आँखाले कसरी अर्थ खोजुँ? त्यही त देख्छु जे हेर्न चहान्छु- दिनमा उज्यालो देख्छु, राँतमा अन्धकार,
बेस्याको झल्मल्-कोठी उज्यालै छ त? सोधिहेर उसैलाई,त्यो उज्यालोमा कतीको उराठलाग्दो-तर्साउने अन्धकार छ?
कालो बादल सधैं भयन्कर नै हुन्छ त?त्यो किसानलाई सोध,खडेरीपर्दा कती आकाश हेरी कालो बादल खोज्छ।
आँखाले मात्र हेरे झुटो देखिन्छ;मन ले हेर्न सकिन्छ कि सकिदैन म जान्दिन; मैले त हेर्न जनेको छैन मनले।

आँखाले मात्र देख्ने भये अन्धोले के ले देख्छ त? अर्थ कसरी बुज्छ त? मुर्ती के हो उस्लाई थाहा छ त?
हुन त हामी सब अन्धो नै छौ,तिमी छैनौ?सडकमा ढलेको त्यो भरियाको कम्पन तातो सिरकमा घुस्रेर देख्न सक्छौ?
अनी रहेनछौ त अन्धो?आँखालाई भयाभय द्रिस्यबाट पन्छाउनु,अन्धो नै हुनु हो,कायर हुनु हो, सत्य बाट भाग्नु हो।
 sagun'e

No comments:

Post a Comment