अनी किन नरुदो हो त त्यो सिशु आमा को गर्व चिरेर निस्किदा?
आफ्नी आमाको दाहा सुन्दै निस्किन्छ, आफ्नी प्यारीको दु:खइ बुज्दै
अनी किन नरुदो होस् त त्यो सिशु, आमा को गर्व चिरेर निस्किदा,

अनी किन नरुदो होस् त त्यो बच्चा, उस्लाई निन्द्रा नलाग्दा?
आफ्नी प्यारी बिन निन्द्रा आउँदैन, अफु नसुत्दा प्यारी को निन्द्रा बिच्केला ,
अनी किन नरुदो होस् त त्यो बच्चा, उस्लाई निन्द्रा नलाग्दा?

अनी किन नरुदो हो त त्यो खाते केटा, सडक म चिसो ले शरीर बिज्दा?
सडक पारी चिसो मा सानी बिराली आफ्नो आमाको शरीरमा लत्पटिएर घुरेको देख्दा?
अनी किन नरुदो हो त त्यो खाते केटा, सडक म चिसो ले शरीर बिज्दा?

अनी किन नरुदो हो त त्यो ठिटो, जब खरिदेको रन्डीको कोठा मा सानो बच्चाले पढेको देख्दा?
आफ्नी आमा ले नि पढाउन अनी चिची खुवाउन दिन दिनै शरीर बेचेको सम्झदा
अनी किन नरुदो हो त त्यो ठिटो जब रन्डीको कोठा मा सानो बच्चाले पढेको देख्दा,

अनी किन नरुदो हो त्यो जवान, गोलीले सास अनी शरीर चुड्दा,
आफ्नी आमाले गोल खेल्दा लगेको घाउमा लेप लगै फु-फु गरेको सम्झिदा?
अनी किन नरुदो हो त्यो जवान, गोलीले सास अनी शरीर चुड्दा,

अनी किन नरुदो हो त त्यो बुढो, नतीको कपाल सुम्सुमाउदा,
आमाको नरम हातले सुम्सुमाउदा, अफु लट्थेर निदाएको सम्झिदा?
अनी किन नरुदो हो त त्यो बुढो, नतीको कपाल सुम्सुमाउदा,

संसार क हरेक आमाहरु साह्रै महान चन, त्यसको तुलन कसै सँग गर्नु ठुलो पाप गर्नु हो...
तेसकरन बुद्धी ले भये सम्म संसार का हरेक आमा लाई सम्मान गरौ
र कसै को मन दु:खउने काम नगरौ

सगुन
April 25, 2009 at 1:12pm ·

No comments:

Post a Comment