यादव दाई अनी बिर्खे राइले अब त नयाँ भाषा पनि सिकेछन्

एउटा पत्र आमालाई -

मेरी प्यारी नेपाल आमा,
हजुर को खुट्टामा ढोग छ।

आमा, मलाई हजुर को माया कती लाग्छ भनेर सोध्नु भयो भने, सन्ख्या ले भनु, अपुग होला; आकर ले देखऊ ब्रम्हाण्द सानो पर्ल। तर आमा म आज हजुरलाई केही प्रस्न सोध्दै छु? आमा यादव दाईलाई के भको? अनी त्यो सोझो राइलाई कस्ले भाड्काको ? खै अज्कल त के- के भन्छन् के-के?

मेरो बाजे-पुर्खाको यो धरोहरको अब बटुवारा गर्ने रे। उनिहरु हेपिये रे आमा? खै कस्ले हेपेछ? मैले हेपेकी आमा? म दोशी भये आमा, म आज हजुरलाई भन्दै छु; आमा म सब छोडिदिन्छु- छन त मेरो के नै छ र? तर नि आमा सब छोडिदिन्छु - तर एक्चोटी त्यो बिर्खे राइ अनी यदव दाईलाई सपना जुरायीसियोस आमा- त्यो राइलाई गोर्खाको सुन्तलबारी मा अनि त्यस्ले खाएर हुर्केको सुन्तलामा; मनाङ मा स्याउ मात्र खानपौने बिचरो डोल्मा को पनि हक लाग्छ भनी सम्झायीदिस्योस आमा , यादव दाईलाई बुझाईदिनु आमा ,हप्प तराइ को खेत मा मेरा बाँ ले नि तेती नै पसिन बगाएछ्न्, जती तेस्का बाँ ले बगाएक होलान। आमा यदव दाईलाई सम्झैदिनु- तराईमा बाढि आउँदा, मेरो घर नि पहिरो ले पखालेर लग्याहुन्छ; पानी यहाँ पनि पर्छ, फरक एती कि त्यहा बाढि आउँदा यहाँ पहिरो जान्छ। अनी म पनि रुन्छु आमा, यादव दाई मात्र हैन।

तर केही फरक पर्दैन जस्तो लाग्छ अब त; यादव दाई अनी बिर्खे राइले अब त नयाँ भाषा पनि सिकेछन्; याद आए सम्म त हामी तीन जाना पिपलबोट मुनी नाच्दै एकै आवाज मा गाउथ्यौ त, " छरिएर बसे के भो? सन्तान त एउटै हो" , कसम खाएए भन्छु; हामी एउटै भाषामा; एउटै लवजमा गाउथ्यौ- उती नै खुशी हुन्थौ; उती नै गर्व गर्थौ; खै यादव दाई र बिर्खे राइ ले नयाँ भाषा कसरी सिकेछन् आमा?

तर म भन्दिन्छु आमा; म सब थोक छोड्न तयार छु; तर मेरो भाषा, मेरो टोपी, मेरो भक्ती अनी मेरो झन्डा म छोड्न सक्दिन। तेसैले आमा सम्झाउनु तिनीहरुलाई- पिता पुर्खाको चिनो मेटायी, आफ्नो स्वार्थको लागि ठडायिएको नयाँ महल् नै किन नहोस्; एक्पल मै चकनाचुर हुन्छ; - सराप लाग्छ आमा , ठुलो सराप लाग्छ । अनी उडी औछ आमा यहाँ त्यो अवसर्बादी लम्खुट्टे जस्ले हामी सब को रगत चुस्छ; नमज्जा ले चुस्छ।
खै आमा पिता पुर्ख को सीर कहिलै झुकेन रे? हाम्रो त ठड्नसक्या छैन अझ; कहिले ठड्ला? कि नठड्ला? ठडिगये कती बेर ठड्ला- त्यो हामी मै निर्भर गर्ला ।

तेसैले आमा मैले भनी सके ; म मिट्न तयार छु, तर सजिलै पुर्खौली जग मिटेको हेर्न चै सक्दिन; कयर छैन- शरीर त्यग्दिन; क्रुर छैन - आफ्नै लाई छुप्पी हान्दिन ; उनिहरु ले आफ्नो मानुन् कि नमानुन्; मलाई चुप्पी हानुन् कि नहानुन् ?

बरु आमा आज मा फेरी त्यही पिपल बोट को मुनी चिच्याइ गाउछु - यादव दाई ले सुनी हाल्छ कि? बिर्खे राइ आत्मग्ल्यानीमा रोयी हाल्छ कि? मलाई आज जती आशिर्वादको आवस्यक्ता कहिले परेको थिएन आमा, मेरो आज को आवाज मा- मेरो पुर्खाको एकताको ध्वनीको उजागर् गर्न सकू, आज पीपल बोट मा फेरी म राष्ट्रियता गुन्जाउन सकू । अनि गुन्जियोस आमा फेरी; त्यो राष्ट्रियटा - जुन यादव दाईले बिर्सेंको छ ; त्यो जुन बिर्खे राइ ले सम्झेको छैन ; त्यहि राष्ट्रियता जुन म हरेक पल महसुस गर्छु र तेही राष्ट्रियता जुन एक युग एती सक्तिसाली थियो कि जस्ले संसारलाई झुकाएको थियो। मलाई आशिर्वाद दिनुस् आमा -

हजुरको छोरो;सधैं हजुर कै लागि
June 19, 2009 at 5:35pm

No comments:

Post a Comment