गन्तब्य

म लम्किये ।। गन्तब्य तिर
तर गन्तब्य अन्धकार ।
कालो कालो अन्धकार,
तर लम्किये, अरु गर्नु नै के थियो र ?
घाम कती दिन तापु, कपाल मात्र कती कोरी राखु ?
आखिर जती घाम तापे नि खुत्टो चिसै थियो,
जती कपाल कोरे नि, मिल्दै मिल्दैन थियो।

तेसैले म त लम्किये ।। गन्तब्य तिर
तर गन्तब्य अन्धकार
कालो कालो अन्धकार।

लम्किदै लम्किदै अनी
जादा जादै गर्दा मलाई अल्छि लाग्यो,
अनी फर्किये म , अरु गर्नु नै के थियो र ?
घामनै तप्छु, खुट्टा तती हाल्छ कि ?
बरु कपाल नै कोर्छु , कतै अज मिली हाल्छ कि ?

म फेरी लम्किये ।। उही ठाउँ तिर ,
फर्किये म अन्धकर बाट
मलाई येही रमाइलो छ
काल-कालो अन्धकार गन्तब्य भन्दा त न्यनै छ नि ।।
ल पर्ख म आउँदै छु।। बरु तिमी पनि फर्क,
आज खुट्टा ताती हाल्छ कि?
कपाल मिली हाल्छ कि??
April 7, 2009 at 9:00pm

No comments:

Post a Comment