कहिले हाँस्न खोज्दा ओठ हल्लिदैन ,
अनि कहिले चाँही रुन खोज्दा आँशु तप्किदैन।
त्यसैले म खुशी हुँदा हाँस्न सक्दिन ;
अनि ब्यथामा चुर्लुम्मा डुब्दा आँशु झार्न सक्दिन।

अनि तपाईं नै भन्नुस् न त,
हसो अनी रोधन बिना को लाश बनि म -
कती दिन सास् फेर्दै बचिरहेको नाटक गरु?
भुन्टीलाई छोड्दा अनी भेत्दाको अनुभब कसरी सँगाली राँखु ?

अब न मुस्कुराउनै सक्छु ,न रुनै नै ।
त मसान को चिसो लाश हेरेर म के गरु?
त्यो टुहुरोलाई कसैले अंकमाल गर्दा के मात्र टथस्त उभिऊँ ?
खै के गरु के? हसो र बिस्मात नहुँदा अल्मलिएको छु; भौतारिएको छु ।

मलाई सहयोग गर, तर के नै गर्न सक्छौ र ?
सक्छौ भने हासाऊ मलाई, सक्छौ भने रुवाई हेर ।
बरु ओठ च्यतीदेउ, तर त्यो कहाँ हाँसो हो र?
बरु घायिते बनाइदेउ , त्यो कहाँ रोधन हो र?

एक फेर मलाई नाम ले बोलयी हेर, शायद हाँस्छु कि ??
एक पटक मन्दिर भित्रायी हेर, धर धर रोयिहल्छु कि ??
यति गर्द नि हाँसो र रोधन ले पक्षाएन भने, बरु -
एक पटक ऐना देखाइदेऊ, कसरी नहाँसुला त??
एक पटक झुन्डायिदेउ ,कसरी नरोउँला त?
April 11, 2009 at 6:35pm

No comments:

Post a Comment