पीपलको बोट-सयौ बर्षका हजारौं कथाहरु।

पीपलको बोट मुनी आज्कल को मुनी तपस्या गर्छ र?को बटुवा बिसौछ र?
आज्कल त त्यहाँ सार्कीले जुत्त्ता सिलौछ;ठिटोले चुरोटको खिल्ली सल्कौछ।
के सोच्दोहो त्यो पीपलको बोट, उस्ले जस्तो परिवर्तन कस्ले देखेको छ र?
सयौ बर्षका हजारौं कथाहरु।, उस्को जरा हेर सर्पको मेला अनी भेला जस्तो।

यो बोटमा कती झुन्दिये;यस्को छहरीमा कयौ जन्मीये;अनगिन्ती कवीले कृति रचे;
सयौ मुनीले ध्यान गरे;खै बोक्सी ले मान्छे तर्साये भन्छन्? कती चराले गूड् बनाये,
केही शोषकले सोसण गरे;पोसकले पोसण नि गरे;कयौ प्रेमीले मिठा बात गरी मन साटे।
तर अज एही पीपल बोटको रुखमा एउटा बटुवाले मुतेको देख्दा अचम्म लाग्यो।

के तेस्लाई त्यस्तो पिसाब लगेछ?अनी फेरी एही बोट नै पएछ; नास्तिक होला साले;
म पनि त नस्तिक नै हुँ; तर म त्यहाँ मुत्न त के थुक्न नि सक्दिन;हिम्मत जुट्दैन।
त्यो पीपल बोट मलाई पवित्र लाग्छ;म सानोछदाँ आमा त्यहाँ शनिबार पूजा गर्नुहुन्थ्यो;
आज्कल आमा नि जानु हुन्न;खै किन हो? पीपलबोट अपवित्र हुँदै छ कि? कस्ले बनयो?
आस्था मर्दै छ? कस्ले मर्यो? मैले मारे- त्यो मुतुवा ले मर्यो; हामी साब ले मर्यौ,

यो पीपल बोटको मात्र कथा हैन; हाम्रो देश को कथा हो। पवित्रता घत्दै छ; देश भक्ती मर्दै छ; स्पस्ट कारण कसैलाई थाहा छैन र हामी खोज्न तयार छैनौ; बर्सौ देखी पूजा र माया गरेको यो देश लाई एक्कासी काम माया है किन गर्दैछौ?खै किन गर्दै छौ?

July 20, 2009 at 10:02am

No comments:

Post a Comment