मर्ने कुरा नगर न भुन्टी; सर्है डर लाग्छ

सोम हिजो कतारबाट फर्केछ; १ झोला र तीन बोरा भिरी;
फेरी जान्छ रे भुन्टी, "यहाँ के छ र भन्दै थियो"
पैसो नि राम्रै कमाको जस्तो छ- कलर टि.भी ल्याछ।
भुन्टी-"तपै नि जानुस्; यहाँ खेत गरेर बच्न सकिन्न,
अर्को साल तपाईं नि आउनुस्, धन्माल कमाएर,
तर खै मैले तपाईंले ल्यएको नयाँ फरिया लाउन पाउदिन होला"

'तेसो नभन् न भुन्टी, एक त म जाँदै जान्न;
अनी तलाई नयाँ फरिय ल्याउन बिदेसै जानु पर्छ त?
ल हिड् तल दोकन जाउ, रातो नयाँ फरिय किनुला;
तैले रातो लगाको मलाई खुब मन पर्छ; सर्है सुहौछ तलाई;'

"थाहा छ हजुरलाई, त्यो दोकानको साडी त सब पुराना हुन नि;
शहर गयी; गरीबी बेची मागेर ल्याउछन्; यहाँ चै नयाँ भनी बेच्छन्।
मलाई मर्नु अगी एक इच्छा छ; थाल्लिनु अगी अनी गर्नु पये हुन्थ्यो;
नयाँ फरिया लगायी,मन्दिर मा एक्पटक फेरी बिहे गर्ने, यो पाली चै रुन्न नि।"

"मर्ने कुरा नगर न भुन्टी; सर्है डर लाग्छ;
ल बरु भोली नै तल सदर्मुकाम ओर्लिन्छु;
तलाई फरिया र एउटा बुलाकी लिएर आउछु,
तलाई बुलाकी कती सुहाउला? म नि एउटा टोपी किन्छु;
अनी अर्को शुक्रबार झ्यैइ गर्ने; तँ चै पुरेत बा लाई भन्दै गर"

"भोली बिहानै साईत गरी स्रिधर निस्किन्छ; भुन्टी लाई निदार मा चुमेर निस्किन्छ, सदर्मुकाममा दुई जोर रातो फरिय जुरायी, बुलाकी किन्छ, अनी पैसा को अभावले टोपी चै किन्न नसकी फर्किन्छ; पैसा बाचाउन दुई छाक भात् नि जुराउन सक्ददैन।
उता भुन्टी जस्लाई टि बि रोग लगेको थियो, लाई रोग ले निकै च्याप्यो, टि।बी रोग को उपचार बर्सौ गरेनी भुन्टीलाई ठीक भएन।
शुक्रबार को बिहान सदर्मुकामबाट स्रिधर फर्किन्छ; घर छिर्दा भुन्टीको अवस्था नजुक थियो, गाउ को मुखिया को सल्लह मा उस्लाई घाट लग्न सब जना ताते
कुना मा रोयी बसेको स्रिधर एक्कासी जुरुक्क उठ्यो, उस्ले भुन्टी लाई काँध मा उठायो अनी माथि मन्दिर तिर डौडियो। शायद भुन्टी को सास गको थिएन; तर म यकिन भन्न सक्दिन,
बिभस्थ माहोल थियो, स्रिधर डौदिदै, रुदै, करौदै आफ्नो काँधमा भुन्तीलाई बोक्दै मन्दिर तिर डौडिदैथियो; भुन्टीको मुख मत र्यल चुहिएको; सेताम्मे थियी।
मन्दिर मा पुगी स्रिधर ले पूजारी लाई बोलाएनन्; भुन्टीको सास सुने, कम थियो, सुस्त थियो तर थियो।
उस्ले भुन्टीलाई तेही नङगयो अनी त्यो रातो फरियले बेरिदियो; शब्द उस्को मुख बाट निस्केको थिएन, बेला बेला "लौन इस्वर, लौन।।।ग्वा घ्वा।।रुन्थ्यो" सिरमा सिन्दुर पोतिदियो अनी नाक मा बुलाकी अड्कायिदियो। एक्पल मै भुन्तीलाई बोकी मन्दिर घुम्यो, पुरै सात पटक घुम्यो
अनी तेस्पछी, भुन्टीलाई मन्दिरको भुयी मा लडायी, इस्वरको अगाडि रोयो- करायो
भुन्टीलाई हेरी फेरी मुखमा सास सुन्ने प्रयत्न गर्यो, सास थिएन, भुन्टी मरिछिन,
कहिले सास छोडिन म भन्न सक्दिन, तर प्रथना गर्छु, भुन्टीले सास सात पटक मन्दिर घुमेछी छोडिन होला।

स्रिधर कती रोयो, शायद खोला बग्यो होला; उस्ले भुन्टीलाई जलायो अज दुई बर्ष नि बिती सक्यो;
स्रिधर पनि अज २ बर्ष पछी एउटा सानो झोल भिरेर कतार जदैछ; कहिले आउला? के के ल्याउल? केइ फरक पर्छ र?

July 17, 2009 at 6:19pm

No comments:

Post a Comment