हिजो रात निन्द्रा लागेन;

हिजो राती निन्द्रा लागेन; छटपटाये;
ओल्टे फेरे; कोल्टे परे;
घन्टौ बित्यो; अनी उठे जुरुक्क;
ऐना हेरे; राता आँखा; सिथिल मुख;
चुरोट सल्कये; रात सुन्सान्;

अह मैले निदौन बिर्सेंछु;
सकिन;
टोलाये; मनमा के- के खेल्यो;
मैले खेल्न दिये मनलाई;
कहिले हासे; चुट्कीला याद अयो;
कहिले रोये; कसैलाई सम्झिये;
कुन बेला निदाएछु; पत्तै पायिन;
आज उठे; अनी सोचे
"हिजो राती निन्द्रा आएको भये
म सादा झै सुतेको भये;
मा हस्ने थियिन; म रुने थियिन;
तर मा हिजो हासे; हिजै रोये;
जुन मैले कयौ देखी गर्न सकेको थियिन;
तेसैले म आज रती पनि सुत्दिन;
अझै हाँस्छु ;अझै रुन्छु
September 30, 2009 at 9:16am

No comments:

Post a Comment