१ जोर साडी दिएनन्।

ल ल हास्नुस् भन्यो फोटो खिच्ने मान्छेले,
म खुशी थियिन; कसरी हासु?तेसैले ओठ फट्टायिदिये।
खिच्यो तेस्ले। खिचिक्क, बुज्रुक कराउन थाले-" फेरी एउटा अर्को"
मलाई सरो भाईसक्यो, फेरी अर्को बेर कस्री हाँसेको नाटक गर्ने?

फेरी खिच्यो;खिच्ने बेलाको माहोल नि अनौठो। सब रमाएक,
चुट्कीला, बस्त्र मिलायी, केस मिलयी- एउटा फोटो खिच्न नाटकै नाटक
म बिचरो यो भीडमा दाँत देखायी उभिराख्या-यहा बाट भाग्ने प्रतिक्ष्यामा
खिचिक्क, फ्ल्यास् को उजलो ले आँखा तिरी-मिरी, धन्न कसैले मलाई हेरेन।
नत्र त्यो उज्यलो मा मेरा रसिल आँखा खै के के करमत देखउथे

खास म किन निरश- निरास थिए त?
सबै रमाउँदा म किन अल्मल्लेको थिए त?
किनकी दश बर्ष यो घरको बफादार बस्दा नि,
यिनिहरुले मेरी आमा लाई निम्ता दिएनन्, १ जोर साडी दिएनन्।
मेरो आमा पर झ्याल बाट नियाल्दै हुनुहुन्छ; कती रुनु भको होल, मैले भन्दा कस्ले जन्ला।
मेरो आमालाई किन नबोलाको थाहा छ? मेरो आमालाई चोरीको आरोप छ,
आमालाई अस्ती गहना चोरेको आरोप लाग्यो, तर मलाई थाहा छ कस्ले चोरेको भनी?
दुलाह आँफैले चोरेको हो; त्यो पैसा ले हिजो उस्ले ठमेलमा रात बिताको हो,

अहिले मेरो आमा भन्दा यो बेहुली को माया बढी लाग्दै छ;
उस्को रातो सिन्दुर, सुइदोमा लग्नु अगाडि नै अपवित्र भएको छ।
खै के होला त्यो बेहुली को? कुनै दिन आँफै थाहा होला।
July 14, 2009 at 9:21am

No comments:

Post a Comment