कारीब १५ दिनको सवग्रिहको मेर अनुभव:



म लास हुँ। मात्र एउटा लास;
म सास लिनु जेल कोही थिए;
मेरो नाम थियो; काम थियो;
म हाँस्थे; म रुन्थे; म बोल्थे; म गाउथे।
तर म अब मात्र लास हुँ; चिसो गनाहुने लास;

हिजो सम्म म जुइदो थिए; सुत्थे अनी उट्थे पनि;
तर अब म उठ्न सक्दिन; म सुर्य हैन;फेरी उदाउन सक्दिन।
म मैन्बत्ती राइछु;तर थाहा छैन; कती उज्यालो दिये?

जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;
एक तक टोलाउथे; चिया तातो होस् या चिसो;
पिउथे; स्वाद के हो भुलिसक्या थिए;
अनी म किन बाँचु? हिजो आमाको फरियामा पासो लगयी झुन्डिये;

पिडा एक्पल मात्र भयो; अँट्ठायो; ख्यापै;
लामो एक्सरो सास लियी; म निर्जिब भये;
म निर्जिब भये; मलाई दुखेन;मेरो आशु झरेन;
म टोलाये ; आहा म मात्र टोलाये;
अब म छिटो खाग हुन चाहन्छु;
खरानी बनी हावामा सयर गर्न चाहान्छु;
सरर् जता मन लाग्यो त्यता; यता अनी उता कता कता!!

केही पल पछी दरोगा आए; मुचुल्क उठाये;
घरबेटी ले लास सनाखत गर्यो; सालेलाई तीन महिनको भाडा दियिन;
हाहाहा,,,,,,
हिजो सम्म आमा हुनुहुन्थ्यो; ज्यान उहाकै थियो;
आमा हिजो बित्ननु भयो; ज्यान मेरो भयो;
आफ्नो ज्यान लिदिये; स्वतन्त्रता....

मलाई अल्छि लगिसकेको थियो।
जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;

अब डाक्टर मलाई छिटो चिर;
म जल्न चाहन्छु; खरानी बनी उड्न सकु

तर मलाई डाक्टरले चिरेन; मेरो सनाखत भएन;
म चिच्चाये; आफ्नो नाम कराये;कोइ सुनेन;
बहिरोको कान मा गीत या गाली दबै उस्तै; चकमन्न।
मलाई कोच्यो चिसो रेफ्रिजिरेटरमा; तेही छु;
चिसो छु; टोलौदै छु; तर
अन्धकारमा चिम्ले नि; हेरे नि; नियालेनी उस्तै हो;

तेही छु; तेही हुन्छु;
एक्लो मान्छे मर्नु हुँदैन राइछ;
जलायिदिने नै हुँदैन राइछ; मैले त आस मरी सके;
म अब कहिले खरनी बन्छु?
अनी कहिले हावामा स्वतन्त्र सयर गर्छु?
मलाई थाहा छैन........

सगुन अक्टोबर २५ २००९
October 25, 2009 at 8:50pm

No comments:

Post a Comment