दर खाने दिन





झमक्क पर्न लागेको साँझ
नेताजीको घरमा निकै चहलपहल।
नेताजी ठुलै नेपाली पार्टीको ( नाम किन चाहियो; लोकत्रान्तिक पार्टी; पुगी गो। )
नेताजीको श्रीमती एउटा गैरसरकारी संस्थान(NGO) को हाकिम; महिला ससक्तीकरण सम्बन्धित।
पाल नै कस्तो राम्रो; कुर्सी पनि थुप्रै; सबै उस्तै।

भब्य माहोल थियो; बिहाको भोज भन्दा कम थिएन।

रातो सारी;झप्पक सुनका गहना अनी हरियो पोतेको मोटो तिलरी;
झल्कौदै निस्किन् उमाजी; उही नेताजीको श्रीमती।

"नबिन, एह नबिन"
'हजुर दुलैसाब'
"D.J ले मिलायो हैन सब?"
'को D.J दुलैसब?' (अलमल्लिन्छ)
"गाना बजाउने के! लाटो !"
'एह एह, ठिक होला'
"बोला ; (घडी हेर्दै) भइगो, तै गएर भन्दे, तीजको गीत हिन्दी नयाँ नयाँ गीत मिसाएर बजाउने भन्;
 फेरी हिजो जस्तै होला; उस्तै गीत बज्या बजै"
'हस् हजुर'

उनी भित्र छिर्छिन।

ऐन हेर्दै, मुसुक्क हाँस्दै, अफुलाई बारम्बार माथि देखी तल सम्म नियाल्दै। (केही बेर चलिरह्यो)
........

बिस्तारै पहुनाहरु आउने क्रम सुरु भयो।
पुरुष महिला दुबै थिए; उतिक्कै उपस्थिती थियो;
समय बित्दै जादा महिला सन्ख्या बढेको भान भयो।

background माचिक्नी चमेली”,volume बड्ने अनी घट्ने क्रम केही समय चली राख्यो;
 अनी केही बेरमा बल्ल आवाज एकतमासको भयो।

बिस्तारै बिस्तारै, महिला पुरुष समुह छुट्टीन थाल्यो; केही अपबाद सधैं जस्तै;
केटीसमुहमा रत्तिएर cheap जोक हन्ने केही; अनी पुरुष ग्रुपमा महिला अधिकारको कुरा गर्ने feminist हरु।

अनी यो दुई बढ्दै गरेको ध्रुबिकरनको बीचका ति बच्चाहरु- डौदिडै; खेल्दै- लुकामारी होला; छुइडेम होला।
( चै सदा जस्तै यि भुरा-भुरी हेर्दै रमौदै)
 कती स्वतन्त्र; कती स्वछन्द; कती आनन्द;
पनि एस्तै थिये होला। 
अहिले पनि हुन चाहन्छु; तर अफ्सोस्
शरीर सानो ; मन तेती निर्दोस अनी अबोध; अनी फुर्ती पनि कहाँ छ र?

बियर विस्की पुउने पुरुष group; अनी रातो वाइन चुस्कीमार्दै गन्थन् गरिरहेका रातम्मे महिलाहरु।
तीज गीतहरु पनि बज्न थाले; volume पनि उकालो लाग्दै;
पुरानो-"तीज को लहर आयो बरीलाई" बज्ने बित्तिकै; नाच्ने माहोल बनिगयो;
उमाजी पनि पुगिन नाच्न; होहल्ला भयो;
हिन्दी गीतको डिमान्ड गर्नेहरु पनि खुशी; D.J बेला-बेला घुसैदिन्थ्यो हिन्दी गीत;
सब हल्लिएका अनी नाचेका;
मात चढ्न थालेपछी अब पुरुषहरु पनि नाचतिर आकर्सित हुँदै;
नाच्न थाले पुरुषहरु पनि तिजका गीतहरुमा; हो तिजको गीतमा;
नेताजी पनि तानिये; नाचिदिये उनी पनि मातको सुरमा;
नेताजी उमाजी नाच्दा होहल्ला बढ्यो; सब रापिएका; पसिनाले भिजेका।
पर bar बाट चिसो बियर पिवुदै केटी हेर्नेहरुको नि कमी थिएन।

एतिकै  नाच्गान हुँदै गयो;रात बितेको पत्तो  भएन।
कारीब रतीको १०:३०(साढे दस) बफे डिनर सुरु भयो; तर को खाने एती छिटो?
 सित्तन रक्सीले पेट ढुस्स भईसकेको धेरैको

घरको कौसीबाट नाच्गान हेरिरहेकी कमला(साँच्चिकै नाम लक्ष्मी बिके, उमाजीले नाम फेर्दिनु भएको घरमा, किनकी उन्को दिदीको नाम नि लक्ष्मी, मालिकको दिदी नोकरको नाम एउटै भये दिदीले mind गर्नुहोल भनेर।")

कमला हेर्दै बसिन्; काठमाडौं आएको धेरै भएको छैन; उस्को श्रीमान (नबिनसँग) छिरेको।
नबिन पनि त्यही घरमा सन्-ठुलो काम गर्थ्यो।
तल पार्टीमा सित्तन रक्सी पस्किने मा एउटा पनि थियो।
बेला-बेला आउथ्यो माथि कौशीमा कमलालाई एसो सित्तन coke ल्यैदिन्थ्यो।
कमलालाई coke निकै मन पर्थ्यो।

साढे एघारमा सब जाने क्रम सुरु भो।  बिदाबारी गर्दा-गर्दै झन्डै १२ बज्यो।
नबिनले  कमलालाई ईशारा दियो; तल आउन।
कमल पर-सरेकी थियिन्;
 तेसैले पार्टीमा तल नआउन उस्लाई उमाजीको आदेश थियो।
सब गएपछी, अब उस्ले कमलालाई एक प्लेट खाना ल्यैदियो।
कमलाले मानिनन्;
बाह्र बजिसकेको थियो; अर्को दिन भईसकेको;
पहिलो तिज; लागिसकेको थियो उस्लाई।
श्रीमानले कर गर्दा नि उस्ले खान मानिनन्।
दर खान नपायी उस्ले पहिलो तिज मनाउन लागिन्।  
पर-सरेकोले उस्ले तिज बर्त नलियेनी हुने श्रीमानको तर्क उस्ले मानिनन्।
मुस्कुरौदै भनिन्, "पढेकी छैन; धेरै जान्दिन, तर मान्दिन एस्ता कुरा।
ठीक , भोली मन्दिरमा बत्ती नबालुला; तर ब्रत बस्छु बुढा;"
हात समौदै थपिन्, "यो ब्रत बसेर तिम्रो आयु बढ्ने कुरा नि विश्वाश लाग्दैन; तर तिम्रो उमेरको बारेमा चानस(chance) लिन सक्दिन।

दुबै काम सकाएर आफ्नो छिडी छिर्छन।

sagun'e

        

चकमन्न

काठमाडौं अचानक सुन्सान भएछ;
दसैंआएको नि हैन;
रात भएको नि हैन;
तर,
काठमाडौं अचानक सुन्सान भएछ;
मेरो लागि;
मेरै लागि मात्र त होइन होला;
तर अहिले मेरो लागि सुन्ने; चकमन्न। 

को सँग बोलु? उ उता बोल्दै होला;
को सँग पियु? त्यो उता ढलिसक्यो होला;
को सँग गाउ? पबमा गाएर स्वोर सुकिसक्यो होला;
को सँग खेलु? मोरा थाकी सक्यो होला;

धत्;
आज अचानक काठमाडौं मेरो लागि सुन्ने;
चकमन्न।  

के गरु?
चुरोट फुक्छु; 
फुउुउुउ,,,,,,,,,,, फुउुउ, deep अली;

ल सुत्छु;
साला चुरोट फुक्ने साथी नि भएन।

पफ लिदै;
अचानक ति दिनहरु आँखा अघी;
.......................................................... 

ह्या बोल्दिन; जा उता चट्न जा;
म त झ्याप; जा उता पिउदै गर्;
गाउदा गाउदै स्वोर ख्यापै; तेस्लाई गाउन भन्;
निथ्रुक्क पसिनाले भिज्दा; अर्को हाफलाई भर्पुर जोश सबैमा।  


म त्यही; अली बुढो;
काठमाडौं त्यही; अली तरुनो;
साला ...तर; 
आज अचानक काठमाडौं मेरो लागि सुन्सान;
चकमन्न।


फुउुउुउ, फुउुउ, चुरोट नि सकिएछ। 


sagun'e

रोम्यान्टिक कथा,, तर सदै जस्तो छोटो पनि।

१० बर्ष पछी को मेरो जिन्दगी;

आज लेख्छु अनी फेरी हेरौला;
साँच्चिकै कस्तो होला;
सोचेजस्तो होला नहोला?

ल सोच्य जस्तै भयो रे, कस्तो होला त?
उनी साथ नै होलिन है?
सोचेजस्तो भएन रे;मेरो मुहार त्यो बेला कस्तो होला?
न्याउरो, मलिनो...
म चहान्छु होस् त्यो मुहार चम्किलो;दु:खै भएनी;

हाँस्न चै कहिले नबिर्सियोस् यो मुहारले;
म नहाँस्दा राम्रो देखिन्न रे;
उस्ले नै भन्या हो। 


हो,
मेरो आज, भोली र अचम्म, याद भये सम्मको हिजो पनि;
हो हिजो पनि ,, अचम्म है,
हिजो पनि याद भएसम्म;उस्कै सेरो-फेरो, उस्कै जो मेरो सब थोक। 


हेर्दा-हेर्दै चलायमान यो मेरो छोटो जिन्दगी, 
बल्ल बोली र गोजी मा अली वजन आउँदै छ; 
खुशी त छु हेर;

कोही देव्-दुत(angel) आएर -" के  चहान्छस् सोध्यो रे.
रे!! न हो। 
म सजिलै भन्थे जिन्दगी एही पल, अली वर- अनी पर चल्छ;
सम्भब नै भये उस्लाई  अङालो लाउद; 

खेर जे होस् भनी नि आजकै सेरो फेरो;
अड्किवोस्;
बच्चा मा "statue " भन्या याद अयो;
अड्किवोस्;जसरी हामी बच्चा मा उभिन्थ्यौ-एक टक।  
बच्चा न हो;

भन्दै मा अड्किने भये;
पशुपती ब्रिद्धश्रमका चौरे बुढा-बुढीहरु  
दिन दिनै statue भन्दै हरेक पल अड्कौथे होला;
कुन  सास पछी जिन्दगी अड्किने हो?
statue हा हा;


कता बगे म;
मेरो १० बर्ष पछीको जिन्दगी सोच्दै थे;
किन लम्बौने हो?
नाम, दाम , शान त्यही हैन र सबको?
फरक फरक रुपमा; तर चाहना त्यही नै; 

तर उ हुनु पर्छ;
नत्र त्यो नाम टिकाउन सक्दिन होला;
त्यो दामले म केही किन्न सक्दिन होला;
अनी त्यो शान; उ बिना मेरो के मान र शान।

होला के र? हो नि। निस्चित छ।  

अब के भनु सपना कस्ता नै कत्रा-कत्रा;तर सक्दिन उ बिना;

१० बर्ष पछी उ नभये के त?
लेख्दा हात काँप्यो ;
पढ्दा मुख सुक्यो ;
अनी सोच्दा मुटु हल्लियो ;

लाग्छ मलाई, 
उ नभये म जोगी बन्छु होला; 

पत्तौदैन् मैले यो भन्दा कसैले;
खै कसरी बुजाउ, कस्-कस्लाई सम्झावु?

कसरी बुजाउ अरुलाई; तर यसरी बुजौछु अफुलाई;
उस्लाई एती माया दियिसके; कि अब म भित्र माया छैन;
या भएपनी उस्लाई यो आँखाले नदेखी;यो हात ले नछोयी;
म त्यो माया फेरी उब्जौन सक्दिन,
अङ्रेजीमा भन्दा   recharge गर्न सक्दिन माया 


ओहो, राती  उ सँग गफ गर्नु पर्ने;
 recharge कार्ड किन्न पर्ने; 
एउटा अङ्रेजी शब्दले मेरो नेपाली मायाको लहर रोकिदियो;
हायी-हायी अङ्रेजी,
कहाँ पो हो पढिया थियो नि;
यो सन्दर्भमा मिल्छ कि मिल्दैन,अब लेखिसके, हाहा  

कार्ड किनेर आएर लेख्छु है;
तर किन लेखु; कती लेखु? के के लेखु उस्को बारे ??

 sagun'e.....

दसैं

घरबाट टाढा मेरो साथीहरुलाई समर्पित;
एउटा सानो कथा,
यता अनी उताको कथा
दसैं आउन लाग्यो;
नयाँ लुगा पनि किनियो;
जुत्ता किन्न सकिएन, टाल टुल् पुरानो ले नै चलाऊने,कस्ले हेर्छ?
नरिवेल, मसाल पनि किनियो, पाउ-पाउमा मात्र; खाने कस्ले?
नयाँ टि.भी किन्ने कि? भयो चलेकै छ नि।
दसैं आयो; 
घडा थापियो ;जमरा पनि रोपियो;
रमझम छैन;
आमा मलिनो देखिन्थिन् – “खै पहिला जस्तो छैन”
बाबा आए खशी डोरौदै, लाम् काने, घोर्लेय् कालो 
आमा फत्फतायिन्,-“खाने कस्ले? अर्को साल् सम्म राख्ने?”
पिङ बनाये बाबा ले,आमा लाई पट्त्कैइ चीत्त बुझेन  “ किन यती रहर्?”
बाबा मुसुक्क मुस्कुराए!
फूलपाती भित्रियो,
चालिस् सेल बनाउने आमाले चार् सेल बनायिन ।
अस्टमी  खशी, काटे बाबाले,
आमा ले कबाब् बनाइनन्........ झोल मासु खाए,
बाबा को कबाब् खाने रहर,
आमा फत्फताउदै, “कस्ले  खाने  एती  मासु; सक्दिन कबाब बनाउन।  ”
बाबा बाटो हेर्दै,
.....नेपथ्य मा छोरो देखियो,
बाबा लीन गए!
दुई  बर्ष पछी आयो  मेरो हीरा।
 आमा अनविग्य फत्फताउदै..........................
-------------------------------------------------------------------------------------
दसैं आउन लाग्यो- काम र अङ्रेजी माम्
दसैं आयो- काम र अङ्रेजी माम्;
दिन् भर घर को झझल्को;
दिन् भर घर् जाने रहर;
दुई पाउ भेडाको मासु; कबाब् बनाउदै,
बनेपछी  बाबा को सम्झना; कस्तो मन पर्थ्यो बाबा लाई;
खायो भात् सँग;
अह दसैंको स्वाद भएन;
घर याद अयो;  आँखा सबै भरिएको;
दुइटा चिसो बियर पनि घुट्कायो;
फोन गरे, झन् न्यास्रो लाग्ने;
सोच्दा सोच्दै निदाएछ। 
----------------------------------------------------------------------------------------
एकै बेर फेरी  उतै तिर,
बाबा ले च्याप्प अङालो हान्छन् ;
छोरो को ज्यान लागेछ;पाखुरो कस्तो बलियो;
मन् मा आनन्द को अनौठो अनुभव
“आमालाई  त  भन्नु  भको  छैन  नि?”
 “फत्फतौदै छिन्। "
दुबै  जाना गल्लल्ल हाँस्दै 
“शु..... सुन्नुहोला फेरि” 
घर  पुगेछी,
फत्फतौदै  आमा  “कस्ले  खाने  हो! एत्रो  मासु!  -  को  झुल्ने  हो  त्यो  पिङ  मा?”  
आवाज  अयो................
 “म  नि  आमा;  म   खेल्छु त्यो  पिङ  मा;  
दिन  भर  पालैपालो  खेल्ने नि  ;
म  खन्छु नि  आमा;  पोलेर-भुटेर, कबाब बनाउने नि आमा। "
पछाडि  फर्कदा;
अंगालो  ; ओहो  ; त्यो अंगालो;
अनी  भक्कनो-  हाँसो  र  आँसु  को  सँगम 
बाबाले  पहिला   जस्तै  ;  दुबैलाई  आफ्नो  बिशाल  अंगालो  ले  छोपिदिये।
 संसार  एही  रोकिएहुन्थ्यो; 
-------------------------------------------------------------------------------------
तर;
एता  मध्य  दिन;  उता  मध्य  रात; 
बाबा  पिँढी मा  मस्त; उता  छोरो  आफ्नो  खाटमा; 
आमा  फत्फतौदै,  “ हैन के दिउसो  सुत्या होला?”
भनिन, समय तेही रोकिये हुन्थ्यो है;
यो कथा देश बहिरका लाखौं नेपालीहरुलाई;
मेरो शुभकामना;
सबैलाई यो बडादसैं मिठो सपना जुरोस्;
यहाँ मिठो सपना जुर्न थालेको पनि त कहाँ धेरै भएको छ र?
केही बर्ष अघीसम्म सपनाले झस्कौथ्यो हामीलाई ......हैन र?

सबैलाई  बडादसैंको  शुभकामना! 
Sagun’e
दसैं  २०६९  


चिया पसल

झम झम झम झम (झिलिक्क झिल्लिक्क, अनी एक दुई सास पछी गड्यान्ग,,गूडुङ,,)
कहिले मलिनो; कहिले मुटु थर्किने।
एकै छिन्-छिन् मै बद्लिने आवाजहरु;
दर्किने पानीको टिनको जस्ता ठटाको आवाज,
भक्कनो छोडेर कोइ रोयिरहेको जस्तो;
अनी एकै बेरमा त्यही टिनको जस्तामा तप तप तप्किने पानीको टिप-टिपे गीत;
जुन दिउसोको भ्यै-नभ्यैमा याद हुँदैन अनी राती सुत्ने बेला सुत्न दिदैन।

तप, एक् सास,
तप, एक सास,
तप, एक् सास ___(सुन्सान) अर्को सास,
तप, अनी त्यही निन्द्रा disturb गर्ने गीत।

एक्दिन एसरी नै पानी पर्दा म छाता ओडेर, काठमाडौंको बाटो त हो- हिद्दै थिए;

weather काठमाडौंको सर्है मिठो,

एक छिन् मै जाडो भो,
sandal लगाको भएर होला, खुट्टा निकै चिसो; सिरक नै घुस्र्यु जस्तो; अब बाटोमा कहाको सिरक,

छिरे चिया पासल,

"सौनी चिया पाउन, कालो है"

पानी दर्किन थाल्यो; "ठिक गरेछु, हिद्या भये लफ्रक्कै भिज्ने रहेछु"

दुकाने चिया पसलमा बसेर म बहिर सडक हेर्दै थिए।

जस्ताको curve बाट निस्किने पानीको लामो- सोझो पानीको भेल;
जमौन सक्यो भने ruler नै बन्ने। कती ruler किनियो; कती line कोरियो।

खेर हेर्न थाले बाहिर, पानी को भेल grid जस्तै। grid view हेरे।

चिया आयो, सुरुप्प ,,heaven , चिसो मा चिया, त्यो पनि चिनी ठ्याकै मिलेको, heaven

एकै पलमा मूड रोमान्टिक भयो; कबिता- गजल फुर्यो।
भु,,भु (मोबाईलको vibration ), कस्को sms
"बुढीको मिठो sms , weather romantic भयो रे, missing मी रे।"
reply गर्न लाग्द अर्को sms आयो, NTC को balance सम्बन्धी प्रेम पत्र।

"सौनी recharge card छ?" "छैन"

चिया सकएरै निस्किने निर्णय गरे।

रमाइलो मेरो चिया पसल अगाडिको "जीवन्त रोम्यान्टिक क्यान्भास" एका-एक भयानक भयो।

एउटा पानीको भलमा डुंगा बनैरहेको बच्चालाई बाईकले किचिदियो।
बाईक भाग्यो;

जुरुक्क उठेर म बाहिर पुग्दा; हिलो रातो भईसकेको ,

बच्चाको नाडी मैले भेटिन; तेइ पनि आस्पताल डौदौन सल्लाह दिये।

सम्योग नै होल अली पर त्यो बच्चाको डुंगा हिलोको भुमरी (whirlpool) मा अड्केछ।

त्यो दिन पानी अबेर सम्मै पर्‍यो; मन दुखी थियो तेसैले पानीको टिप-टिपे गीत सुनिन; राती पानी रोकिए पनि
तप,,तप आवाज नभएनी पनि ओल्टे-कोल्टे फेर्दै बित्यो;

तेही डुंगा wirlpool मा फसेको याद आइराख्यो।


sagun'e धेरै पछी।  

म कुमारी!

"कुमारी"- हाम्रो जिवित देवी हैन;

कुमारी(virgin)पनि हैन;

....ठाट(attitude)सँग उस्ले एक गाँठिस् ठिटोको जवाफ फर्कायिन्........" Hello म कुमारी!"

रात- घडीको हिसाबले मध्य हैन; तर माहोलको हिसाबले मध्यरातको घोर उत्कर्श कटिसकेको;

कतै सुन्सान्;

कतै त्यही सुन्सान्को बिचमा अल्लो- र पल्लो घरको भुडे बुढाहरुको competition घुरैको;

गहिरो निन्द्रामा मिठो सपनामा मन्दमुस्कान सँगै खाटमा ढलेकाहरुको पनि कमी छैन;

निन्द्रा नलाग्न नमिठो तितो-तातो black coffee पिउनेहरु;आक्कल झुक्कल

कोही चै निन्द्रै नलागेर ओल्टे-कोल्टे फेर्दै ब्यस्त।

एउटै कोठामा प्यास बुजेका अनी नबुजेका सँगै सुत्दै छन्; डिम बत्ती बलिनै राखेको ;

झट्ट हेर्दा रात सुस्त र फिक्का …. सादा जस्तै;

तर अह!

कतै रात बल्ल श्रीगणेश हुँदै ;

रङीन (रङ नबुज्नेको लागि);

रसिलो (रसले त्रिप्त नभएकाको लागि);

रात हो; तपाईं लागि पो सुकला होला; कतै त आँखा बल्ल ठुला हुँदैछन्

घर-ब्यान्कको ढुकुटी घण्टौ अगाडि बन्द भएपनी ; कतै cash counter बल्ल खुल्दै छन्।

हनुमान ढोकामा ‘देवी’ कुमारी पनि गहिरो सपनामा साधारण केटी बनी टुडिखेलमा चङ्गा उडौदै होलिन् ;

अर्को कुमारी; यो कथाको कुमारी निस्किन्छिन् रङिन रातलाई रत्यौन;

तलको माहोल रापिलो थियो..... बाहिर मङ्सिरको चिसो रात होला भनेर पत्यौन गार्हो थियो!

सब पेटु जुङेहरु कोट फुकालेर; अनी मनाङेहरु biceps देखौन टिसिक्क T -सर्टमा।

सब रापिला ; रात्-रातो देखिन्थे, भुङ्रोको कोइला जस्तो।

सबको अगाडि सोमरसको बोटल अनी गिलासहरु-"रित्तिएका; भरिएका; अनी कती चै आधा खाली हो कि आधा भरी ?

एक्कासी माथिको घुमौरो भर्र्याङ्बाट कोही उत्रिन्छ;

रातो बस्त्र; रातो आग्लो जुत्ता अनी त्यो भन्दा अली बढी नै गाडा-राता ओठ।

सबका नाचीरहेका आँखा, सब एक्टक ; उस्को हरेक चालसँगै तेतै तिर हिड्न् थाल्छन् ;

बेला-बेला ; त्यो घन्की रहेको गीत सँगै उस्को चाल पनि नाच्छ( सुस्त चाल; practice ले नै होला; हरेक move calculated थियो!)

उस्लाई छुने सबको कोशीश; तर bouncer हरु कसैलाई नजिक आउन दिदैनथिए।

एउटाले चै हजारको गड्डी देखायो; कुमारी उस्काहा नाच्दै पुगिन्; सुस्त नशालु तालमा।

उस्को ग्लासबाट एक्चुस्की लिएपछी उस्कै छेउमा बसिन् अनी त्यो हाजरको गड्डी च्याप्पै ; business हो; निस्की त्यहा बाट; त्यो भुडेले समौन खोज्यो bouncer ले त्यो हुन दिएन।

यो क्रम चली नै रह्यो; लुटौनेहरु रत्तेर लुटौदै थिए; लुट्नेले केइ मेहनत गर्नु परेको देखिन्न थियो।

रात रापिलो...अझै रन्किदै; कतै त दन्किदै पनि;

एउटा गाँठिस् ठिटो (कोरियन hairstyle भयेको मनाङे ......blue label को सिसी उस्को टेबलमा)

हेर्दै थियो उस्लाई, आँखाले कुरा गर्या हो कि पहिला कै setting हो; उस्को छेउमा आएर बसी, "Hello म कुमारी!"

"can I have a cigarette? "

'sure , म चै.... ('आफ्नो परिचय दिन खोज्छ)

"मेरो लागि drink बनाउदैनौ ?"

'sure '

(उस्को नाम सुन्ने interest थिएन कुमारीलाई)

त्यो पहिला कै setting हुनु पर्छ, कुमारीलाई छुदा त परी जावोस उस्लाई चुम्दा पनि त्यो bouncer हरुलाई मत्लब थिएन।

कुमारी "का बस्ने हो?"

केटो " जाने हो अब?"

कुमारी "जौ!"

(यो एस्तो conversation थियो जहाँ अलिकती पनि लाज र अफ्ट्यारो दुबैलाई थिएन। एउटाको किन्ने बानी; एउटाको बिक्ने बानी!)

दुई जान निस्किन्छन्। बाहिर BMW मा चडेर लाग्छन- कता?- थाहा छैन; किन?- भन्न जरुरी छैन।

भोली बिहानको आठ बजे कुमारी अस्पतालमा।

डाक्टर -"तपाइ को नाम?"

'सुधा पारीयार, म आमा डाक्टरसाब उस्को के भयो छोरीलाई?'

डाक्टर-"एह राती उस्लाई जोरो आएछ, अनी जोरो बढेर बेहोसी भएको थियो, रमेशजीले ल्याउनु भएको थियो,

"तपाईं कता बहिर हुनु हुन्थ्यो?"

'एह मेरो night duty थियो;भाई रमेशलाई जिम्मा लगाको थिए छोरीको'

डाक्टर-"एह, रमेशजी तपाईंको भाई?"

'अनी छोरी लाई कस्तो छ अहिले?'

डाक्टर-"अहिले ठीक छ; report लिन रमेशजी जानु भाको छ। हेर्दा खेरी ठीक नै छ अहिले।

रमेशले रिपोर्ट ल्याएर डाक्टरलाई दिन्छ।

पहिलो पाना हेरेपछी “pneumonia जस्तो छ।“

दोस्रो पाना हेरेपछी डाक्टरले अर्को डाक्टरलाई कागज देखौदै ईशारा गर्छन्,

"did you send serology for that girl? "

‘ Yes, त्यो patient party- मामा चै रमेश हो कि के नाम हो insisted ,so i filled it up. I don’t know why he insisted?’

रिपोर्ट एस्तो थियो:

___________________________________________________________________________-

Name : Angel Pariyar Age: 1 year 3 months

HBsAg: Non reactive

HIV I, HIV II: REACTIVE

____________________________________________________________________________

त्यस पछी त्यहाँ के भयो; आस्चर्य; आँशु; आत्मग्लानी; रिस जे भएपनी अब मत्लब छैन।

A year old little girl Angel Pariyar is HIV positive!

Sagun’e

world aids day Dec 1 2011