महत्मा गान्धी, पागल मास्टर र धारिलो चुप्पी

कल्पना को मेरो यो कथा म ३ पात्र; महत्मा गान्धी, पागल मास्टर र धारिलो चुप्पी
कल्पनिक ठाउँ: झ्यालखाना
समय: फरक पर्दैन, ल भाईगो राती को ८ बजे,


बेलुका को खाना पछी झ्यालखाना अली सुन सान नै हुने गर्द छ; अज पनि उस्तै हो; पुर्णिमा ले रात लाई भयन्कर हुनदेको छैन; अनी- एता उता बेला बेला मुसा कराको आवाज आए पनि रात सदाझै सुन्सान नै छ।

झ्यालखानाको यो कोठा मा दुई पात्र अज पहिलो दिन सँगै बसेक हुन् । चिडियाखाना को कुन खोर म कुन पशु राखिन्छ त्यो त्यहाँ को हाकिम कै इच्छा हुन्छ। ल अज एक दिन लाई म नि त्यो कल्पनिक झ्यालखन को हकिम या जेलर हुँ र मैले ती दुई पत्र लाई त्यहा राखे। महत्मा गन्धी र पागल मास्टर, अनी त्यही कोठा मा मैले नै त्यो धारिलो चुप्पी पनि राखी दिये

अब जे हुन्छ, हेरौ,

पागल मस्टर- " तिमी महत्मा होउ? "
गान्धी - "होइन म गान्धी हुँ?"
पगल - " तेसो भये तिमी महत्मा होइनौ?"
गान्धी - " आकाश लाई आकाश भने पुग्छ, निलो आकाश भन्नु को अर्थ छैन।"
पागल -" ल बहिर हेर, आकाश निलो छ? म त कालो देख्छु। कि निलै हो?"
गन्धी-" हाहा, तेसो भये हो म महत्मा गान्धी नै हुँ ?"
पागल -"ल तिमी घमन्डी रहेछौ, तिमी महान रहेनछौ। "
गान्धी -" मलाई त लाग्दैन; बरु तिमी मेरो सीस्यहरु लाई सोध, उनी हरु ले जे भन्छन म तेही हुँ । "
पागल -"मा पनि तिम्रै सीस्य थिए भखर सम्म तर अब छैन किन कि तिमी घमन्डि रहेछौ। "
गन्धी- "ल रात भयो अब म सुत्छु। "
पागल -" तेसो भये तिमी महान पनि रहेनकहु , अली फरक पनि रहेन छौ। "
गान्धी - "किन?"
पागल - "रात मा त जो पनि सुत्छ; उता दिल्ली मा साब बिस्वस्थ छन्, गान्धी रात भर सोच्दा हुन हाम्रो बारे भनी, अनी तिमी निस्ठुरी सुत्दिन्छौ?"
गान्धी - " म पनि त मान्छे नै हुँ- नसुते थाक्छु, नखाये भोकौछु,"
पागाल -" तेसो भये थाहा देउ उ त्यो सडक को बच्चा लाई कि गान्धी नबन्नु; किन कि गान्धी नि एउटा मान्छे नै हो। "
गान्धी -" ल अब तिम्रो कुरा सुन्दिन म, जाउ उता को कुना, म सुत्छु अब। "

गान्धी आँखा चिम्लिन्छन्, एक बेर फेरी सुन्सान हुन्छ, एक्कासी पगल मस्टर ले त्यो चुप्पी गान्धी को गर्धन मा रख्छन्।
गान्धी-" के गरेको त्यस्तो, मलाई मर्न डर लाग्दैन, बरु किन एस्तो गर्दैछौ भन, मैले साँच्चि नै गल्ती गरेको रहेछु भने म, आँफै त्यो चुप्पीले आफ्नै गर्धन रेटीदिन्छु। "
पागल-" हाहा, तिम्रो नजिक तिम्रो सत्रु कहिले आएनछ गान्धी तेसो भये, तिमी डराएको छैन भनी देखौने कोशीश गर्दैछौ, तर म महसुस गर्दै छु; तिम्रो धद्कन नि तेज चल्न थाल्या छ; तिम्रो निधार बाट नि पसिन चुइन थल्या छ, नाटकी गान्धी तिमी डरा को छौ तर त्यो मैले देखुला भनी झनै लुकौने कोशीश गर्दैछौ, एही रहेछ तिम्रो सिप, जस्ले तिमी लाई महान बनायो"
गान्धी- " म डारको छैन, तिम्रो भ्रम हो। "
पगाल ले हाँस्दै त्यो गर्धन बाट चुप्पी हटाउछ अनी मरी मरी हाँस्छ "बिध्यर्थीहरु मैले तिमीहरु लाई गान्धी निडर थिए भनी पढाये, म गलत रहेछु । गान्धी पनि नाटके रहेछ; तर खबर्दार, सानो हैन, महान नाटककार"
गान्धी-"म साँच्चिकै डरएको थियिन मुर्ख; तिमी साँच्चिकै पागल रहेछौ"

एत्तिकै मा पगल मस्टर, उता कुना तिर गयो; एक्ककासी गान्धी तिर फर्की चुप्पी ठादो पारी गान्धी को शरीरमा घुसौन डौडियो; गान्धी पनि तुरुन्तै छले।

पागल मस्टार मरी मरी हासे; सास नफेरी हाँसे,भने " डर नलग्या भये किन छल्यउ त महत्मा?, बरु नछलेको भये गान्धी अमर हुन्थ्यो; तर आज मेरो चुप्पी को प्रहार छलेर तिमी गिर्यौ, गान्धी मर्यो, हाहा सुन्यौ गान्धी मर्यो। "

कुना मा गएर पगल मास्टर सुत्यो; त्यो चक्कु गान्धी तिर फलिदियो; चक्कु त नक्कली रहेछ । गान्धी ले पगल मास्टर लाई हेरे, उनी हाँसिरहेक थिए, मरी मरी हसिरहेक थिए।
May 31, 2009 at 3:09pm

No comments:

Post a Comment