हरेक बिहानि कपाल मिलयी निस्किन्छु

डाँडा पारी आज नि त कोइ जन्म्यो होला; म किन हाँसिराको छैन त?
त्यही डाँडा पारी आज कोइ खस्यो पनि त होला; मा किन रोइरको छैन त?
स्वर्थी न हुँ; नाटक गर्छु; आफ्नै घाऊ त आँखा ले नदेखी दुख्दैन भन्छन्।
अनी जब एक्लिन्छु ;ऐना हेरी आँफै लाई देखेको ठान्छु; अनी कपाल मिलयी निस्किन्छु।

बाटोमा हिद् दा कुकुर ले बगरेको पसल बहिर राँगोको हड्डी चुसेको देख्छु;
त्यो राँगोको हाँड देख्दा घिन त लाग्छ ; न त्यो कुकुर को स्वाद मेरो जिब्रो मा आउछ;
तर नि म त्यो हेरिरख्छु; किन कि सडक को उता पट्टी हेरे त्यो बुढी आमा ले बोलउछिन;हेर्दिन उता;
त्यही बुढी के; छोरा भनी दुई रुपैयाँ मग्छिन्; अनी पैसो लिएछी; याक चुरोट को खिल्ली सल्काउछिन्।

दफ्तर पुगी मेच मा बसेर खुट्टा हल्लायी; त्यो काम को लागि औने लाई एक बेर कुराउछु;
मलाई थाहा छ कुर्न कती गाह्रो हुन्छ; तलब लिन कुर्नु पर्द केही फरक नपरेको नाटक हकिमकहाँ गर्नै पर्छ;
दुइसो साउनी कहाँ भात् घिच्दा; कुखुरो को खुत्तो तन्दा थाल मै मात्र हेरिरख्छु; फेरी सिदा हेरे
त्यो मोरो सुके कान्छा मैले खाको हेरेर थुक निल्दिन्छ ; स्वाद लिएर खानै सक्दिन आज्काल।

बेलुका फर्किदा मन्दिर छिर्छु; एक सिक्का चाडाएर; फटाफट निस्किहाल्छु भुइ तिरै हेरी बश्छु।
ढिलो गरे त्यो बौला ले सलाम ठोक्दै कोट्टौछ ; कहिले काँही त पछी नै पर्छ भन्या ;
कोठा पुगेछी छिट् छिटो भित्र छिर्छु; घरबेती ले पैसो मग्ल भनी; ढोका धप्काइ हाल्छु;
अनी कोठा मा एक्लिन्छु; चुरोत सल्कयी ऐना हेर्छु; अनी फेरी पनि आँफैलाई देखेको ठान्छु,

एसरी दिन दिनै म नाटक गर्दै छु; तर थाकी सके; अब सक्दिन होला।
स्वर्थी न हुँ; नाटक गर्छु; आफ्नै घाऊ त आँखा ले नदेखी दुख्दैन भन्छन्।
अनी जब एक्लिन्छु ;ऐना हेरी आँफै लाई देखेको ठान्छु; अनी हरेक बिहानि कपाल मिलयी निस्किन्छु।
May 13, 2009 at 8:55pm

No comments:

Post a Comment