नयाँ राष्ट्र गान सुन्दा पनि सिरिङ्ग हुन बल्ल थालेको थियो।

देश मेरो यस्तो थियो; बर्णन् गर्न नसके नि निकै माया लाग्छ दाई मलाई
देश मेरो उस्तो थियो; मलाई केही नदिये पनि गर्ब गर्न दिन्थ्यो दाई।
साँच्चि कै।।। बाँच्न त गरैथियो ;तर मेरो बिस्वास् सारो हुँदै थियो;
नयाँ राष्ट्र गान सुन्दा पनि सिरिङ्ग हुन बल्ल थालेको थियो।

खै अब म कसरी नदेखु उ डाँडां पारी कालो बादल गर्जदै गरेको;
मन-धद्कन दौदिन थालेको छ; निकै डराउँछु म;
सिन्दुर फेरी सस्तो हुने त हैन? रगत फेरी भिता को टाटो बन्ने त हैन ?
खै दाई; कान्छा के फर्केल त दाई? मरे पछी क्स्ले जलाइदेल त ?

को सही को गलत म त जन्दिन..
कगज पढ्न जान्दिन, देक्छु सुन्छु अनी आँफै बौलौछु;
के हेदैनौ तिमीहरु वारीपरी, सत्रु हरु सल्बलएक
आँफै कम्जोर हुँदा, समय नै पारीप्रेक्ष्य पनि रुस्ठ भएको।

उमेर धल्केपची सपना देख्नु हुँदैन रहेछ दाई; मुटु नै मलिनो हुने;
शंका ले नि छाती पोल्ने; आशा थियो कान्छा फर्केल; नती बच्चा खेलाउने
भुन्टी त निरस होलिस् ; नपुन्शक ठन्लिस मलाई;
त्यो दोर्जेले तलाई मेरै अगाडि नङौदा नि म चल्न सकिन

भुन्टी म चिच्एको थिए;जिब्रोअगाडि चुपी थियो;आवाज निस्किन डरायो;
म त्यस्ले तेरो चोलो कट्दा; उठेको थिए, तर छप्किएको खुट्टो बोकेर उठ्न सकिन
तलाई नङ्ग्ययी चिस्याउनेले नि म भित्रको मर्दलाई बिउजाउन सकेन;
हो मैले यही भोग्नु छ; कयरले सजये पौनुनै छ ;भोग्नु नै छ;

तर अब चै एस्तो दिन नाआवोस;दिन दिनै प्रथना गर्छु
घयिते पती अगाडि जहान ननङगायियोस; जहन नङिएपची उस्लाई जिवितै नछोडियोस।
दाई हम्फलिदिन मन लग्छ त्यो डाँडाँबाट; तर भुन्टीलाई मुख देखौने डर् लाग्छ;
डाँडाबाट फर्किद चै समाज म माथि हसेको देख्दा; आँफै लाई थुक्न मन लाग्छ;

त्यो दोर्जे छ नि दाई; शहर मा गाडी चाडछ रे ;कर्म दाई कर्म;
म जस्तो कस्लाई नपरोस; मर्न डर लाग्छ; बाँच्ने हिम्मत जुट्दैन;
सिन्दुर फेरी सस्तो हुने त हैन? रगत फेरी भिता को टाटो बन्ने त हैन ?
खै दाई; कान्छा के फर्केल त दाई? मरे पछी क्स्ले जलाइदेल त?
May 4, 2009 at 6:50am

No comments:

Post a Comment