"कुमारी"- हाम्रो जिवित देवी हैन;
कुमारी(virgin)पनि हैन;
....ठाट(attitude)सँग उस्ले एक गाँठिस् ठिटोको जवाफ फर्कायिन्........" Hello म कुमारी!"
रात- घडीको हिसाबले मध्य हैन; तर माहोलको हिसाबले मध्यरातको घोर उत्कर्श कटिसकेको;
कतै सुन्सान्;
कतै त्यही सुन्सान्को बिचमा अल्लो- र पल्लो घरको भुडे बुढाहरुको competition घुरैको;
गहिरो निन्द्रामा मिठो सपनामा मन्दमुस्कान सँगै खाटमा ढलेकाहरुको पनि कमी छैन;
निन्द्रा नलाग्न नमिठो तितो-तातो black coffee पिउनेहरु;आक्कल झुक्कल
कोही चै निन्द्रै नलागेर ओल्टे-कोल्टे फेर्दै ब्यस्त।
एउटै कोठामा प्यास बुजेका अनी नबुजेका सँगै सुत्दै छन्; डिम बत्ती बलिनै राखेको ;
झट्ट हेर्दा रात सुस्त र फिक्का …. सादा जस्तै;
तर अह!
कतै रात बल्ल श्रीगणेश हुँदै ;
रङीन (रङ नबुज्नेको लागि);
रसिलो (रसले त्रिप्त नभएकाको लागि);
रात हो; तपाईं लागि पो सुकला होला; कतै त आँखा बल्ल ठुला हुँदैछन्
घर-ब्यान्कको ढुकुटी घण्टौ अगाडि बन्द भएपनी ; कतै cash counter बल्ल खुल्दै छन्।
हनुमान ढोकामा ‘देवी’ कुमारी पनि गहिरो सपनामा साधारण केटी बनी टुडिखेलमा चङ्गा उडौदै होलिन् ;
अर्को कुमारी; यो कथाको कुमारी निस्किन्छिन् रङिन रातलाई रत्यौन;
तलको माहोल रापिलो थियो..... बाहिर मङ्सिरको चिसो रात होला भनेर पत्यौन गार्हो थियो!
सब पेटु जुङेहरु कोट फुकालेर; अनी मनाङेहरु biceps देखौन टिसिक्क T -सर्टमा।
सब रापिला ; रात्-रातो देखिन्थे, भुङ्रोको कोइला जस्तो।
सबको अगाडि सोमरसको बोटल अनी गिलासहरु-"रित्तिएका; भरिएका; अनी कती चै आधा खाली हो कि आधा भरी ?
एक्कासी माथिको घुमौरो भर्र्याङ्बाट कोही उत्रिन्छ;
रातो बस्त्र; रातो आग्लो जुत्ता अनी त्यो भन्दा अली बढी नै गाडा-राता ओठ।
सबका नाचीरहेका आँखा, सब एक्टक ; उस्को हरेक चालसँगै तेतै तिर हिड्न् थाल्छन् ;
बेला-बेला ; त्यो घन्की रहेको गीत सँगै उस्को चाल पनि नाच्छ( सुस्त चाल; practice ले नै होला; हरेक move calculated थियो!)
उस्लाई छुने सबको कोशीश; तर bouncer हरु कसैलाई नजिक आउन दिदैनथिए।
एउटाले चै हजारको गड्डी देखायो; कुमारी उस्काहा नाच्दै पुगिन्; सुस्त नशालु तालमा।
उस्को ग्लासबाट एक्चुस्की लिएपछी उस्कै छेउमा बसिन् अनी त्यो हाजरको गड्डी च्याप्पै ; business हो; निस्की त्यहा बाट; त्यो भुडेले समौन खोज्यो bouncer ले त्यो हुन दिएन।
यो क्रम चली नै रह्यो; लुटौनेहरु रत्तेर लुटौदै थिए; लुट्नेले केइ मेहनत गर्नु परेको देखिन्न थियो।
रात रापिलो...अझै रन्किदै; कतै त दन्किदै पनि;
एउटा गाँठिस् ठिटो (कोरियन hairstyle भयेको मनाङे ......blue label को सिसी उस्को टेबलमा)
हेर्दै थियो उस्लाई, आँखाले कुरा गर्या हो कि पहिला कै setting हो; उस्को छेउमा आएर बसी, "Hello म कुमारी!"
"can I have a cigarette? "
'sure , म चै.... ('आफ्नो परिचय दिन खोज्छ)
"मेरो लागि drink बनाउदैनौ ?"
'sure '
(उस्को नाम सुन्ने interest थिएन कुमारीलाई)
त्यो पहिला कै setting हुनु पर्छ, कुमारीलाई छुदा त परी जावोस उस्लाई चुम्दा पनि त्यो bouncer हरुलाई मत्लब थिएन।
कुमारी "का बस्ने हो?"
केटो " जाने हो अब?"
कुमारी "जौ!"
(यो एस्तो conversation थियो जहाँ अलिकती पनि लाज र अफ्ट्यारो दुबैलाई थिएन। एउटाको किन्ने बानी; एउटाको बिक्ने बानी!)
दुई जान निस्किन्छन्। बाहिर BMW मा चडेर लाग्छन- कता?- थाहा छैन; किन?- भन्न जरुरी छैन।
भोली बिहानको आठ बजे कुमारी अस्पतालमा।
डाक्टर -"तपाइ को नाम?"
'सुधा पारीयार, म आमा डाक्टरसाब उस्को के भयो छोरीलाई?'
डाक्टर-"एह राती उस्लाई जोरो आएछ, अनी जोरो बढेर बेहोसी भएको थियो, रमेशजीले ल्याउनु भएको थियो,
"तपाईं कता बहिर हुनु हुन्थ्यो?"
'एह मेरो night duty थियो;भाई रमेशलाई जिम्मा लगाको थिए छोरीको'
डाक्टर-"एह, रमेशजी तपाईंको भाई?"
'अनी छोरी लाई कस्तो छ अहिले?'
डाक्टर-"अहिले ठीक छ; report लिन रमेशजी जानु भाको छ। हेर्दा खेरी ठीक नै छ अहिले।
रमेशले रिपोर्ट ल्याएर डाक्टरलाई दिन्छ।
पहिलो पाना हेरेपछी “pneumonia जस्तो छ।“
दोस्रो पाना हेरेपछी डाक्टरले अर्को डाक्टरलाई कागज देखौदै ईशारा गर्छन्,
"did you send serology for that girl? "
‘ Yes, त्यो patient party- मामा चै रमेश हो कि के नाम हो insisted ,so i filled it up. I don’t know why he insisted?’
रिपोर्ट एस्तो थियो:
___________________________________________________________________________-
Name : Angel Pariyar Age: 1 year 3 months
HBsAg: Non reactive
HIV I, HIV II: REACTIVE
____________________________________________________________________________
त्यस पछी त्यहाँ के भयो; आस्चर्य; आँशु; आत्मग्लानी; रिस जे भएपनी अब मत्लब छैन।
A year old little girl Angel Pariyar is HIV positive!
Sagun’e
world aids day Dec 1 2011