एउटा सानो कथा,
यता अनी उताको कथा
दसैं आउन लाग्यो;
नयाँ लुगा पनि किनियो;
जुत्ता किन्न सकिएन, टाल टुल् पुरानो ले नै चलाऊने,कस्ले हेर्छ?
नरिवेल, मसाल पनि किनियो, पाउ-पाउमा मात्र; खाने कस्ले?
नयाँ टि.भी किन्ने कि? भयो चलेकै छ नि।
दसैं आयो;
घडा थापियो ;जमरा पनि रोपियो;
रमझम छैन;
आमा मलिनो देखिन्थिन् – “खै पहिला जस्तो छैन”
बाबा आए खशी डोरौदै, लाम् काने, घोर्लेय् कालो
आमा फत्फतायिन्,-“खाने कस्ले? अर्को साल् सम्म राख्ने?”
पिङ बनाये बाबा ले,आमा लाई पट्त्कैइ चीत्त बुझेन “ किन यती रहर्?”
बाबा मुसुक्क मुस्कुराए!
फूलपाती भित्रियो,
चालिस् सेल बनाउने आमाले चार् सेल बनायिन ।
अस्टमी खशी, काटे बाबाले,
आमा ले कबाब् बनाइनन्........ झोल मासु खाए,
बाबा को कबाब् खाने रहर,
आमा फत्फताउदै, “कस्ले खाने एती मासु; सक्दिन कबाब बनाउन। ”
बाबा बाटो हेर्दै,
.....नेपथ्य मा छोरो देखियो,
बाबा लीन गए!
दुई बर्ष पछी आयो मेरो हीरा।
आमा अनविग्य फत्फताउदै..........................
-------------------------------------------------------------------------------------
दसैं आउन लाग्यो- काम र अङ्रेजी माम्
दसैं आयो- काम र अङ्रेजी माम्;
दिन् भर घर को झझल्को;
दिन् भर घर् जाने रहर;
दुई पाउ भेडाको मासु; कबाब् बनाउदै,
बनेपछी बाबा को सम्झना; कस्तो मन पर्थ्यो बाबा लाई;
खायो भात् सँग;
अह दसैंको स्वाद भएन;
घर याद अयो; आँखा सबै भरिएको;
दुइटा चिसो बियर पनि घुट्कायो;
फोन गरे, झन् न्यास्रो लाग्ने;
सोच्दा सोच्दै निदाएछ।
----------------------------------------------------------------------------------------
एकै बेर फेरी उतै तिर,
बाबा ले च्याप्प अङालो हान्छन् ;
छोरो को ज्यान लागेछ;पाखुरो कस्तो बलियो;
मन् मा आनन्द को अनौठो अनुभव
“आमालाई त भन्नु भको छैन नि?”
“फत्फतौदै छिन्। "
दुबै जाना गल्लल्ल हाँस्दै
“शु..... सुन्नुहोला फेरि”
घर पुगेछी,
फत्फतौदै आमा “कस्ले खाने हो! एत्रो मासु! - को झुल्ने हो त्यो पिङ मा?”
आवाज अयो................
“म नि आमा; म खेल्छु त्यो पिङ मा;
दिन भर पालैपालो खेल्ने नि ;
म खन्छु नि आमा; पोलेर-भुटेर, कबाब बनाउने नि आमा। "
पछाडि फर्कदा;
अंगालो ; ओहो ; त्यो अंगालो;
अनी भक्कनो- हाँसो र आँसु को सँगम
बाबाले पहिला जस्तै ; दुबैलाई आफ्नो बिशाल अंगालो ले छोपिदिये।
संसार एही रोकिएहुन्थ्यो;
-------------------------------------------------------------------------------------
तर;
एता मध्य दिन; उता मध्य रात;
बाबा पिँढी मा मस्त; उता छोरो आफ्नो खाटमा;
आमा फत्फतौदै, “ हैन के दिउसो सुत्या होला?”
भनिन, समय तेही रोकिये हुन्थ्यो है;
यो कथा देश बहिरका लाखौं नेपालीहरुलाई;
मेरो शुभकामना;
सबैलाई यो बडादसैं मिठो सपना जुरोस्;
यहाँ मिठो सपना जुर्न थालेको पनि त कहाँ धेरै भएको छ र?
केही बर्ष अघीसम्म सपनाले झस्कौथ्यो हामीलाई ......हैन र?
सबैलाई बडादसैंको शुभकामना!
Sagun’e
दसैं २०६९