५ मिनट मा ५ कथा

घडी ले १०:२५ देखौदै छ; चलायमान छ है घडी; १०: ३० मा एउटा कर्म थाती छ;
त्यसैले म ५ मिनट मा ५ कथा लेख्दै छु
१, शाहीद गेट मा बनेपा बाट आएको मान्छे ओर्लेछ; अज पुरै काठमाडौं घुम्न आको रे। अचानक बाटो सुन्सान, पर बाट जुलुस आउँदै छ रे।
२, रमा को परीक्ष्या सकियो रे, तर निरास देखिन्छिन्; चोरेको चिट उत्तर कपि मै छोडिन् रे ।
३, शिखर को बाबा बितेछन्; किर्या-कर्म गर्द गर्दै शिखर उठेर हिंडेछ; पशुपती उकालो मा; गाँजा ले एक पफ फुकेर आएछ।
४, साधुलाई काम चडेछ; झादीको पछादी गयी कामलाई सुताउदा , एउटा चेलाले देखेछ।
५, आनन्दको छोरो जन्मेछ; कुना मा गयी धर धर रोएछ; अफुलाई ऐड्स लगेको उस्ले श्रीमतीलाई बताउन सक्या थिएन।
May 29, 2009 at 10:31am

No comments:

Post a Comment