जाजर्कोट-हिजो राती

जाजर्कोटमा पखालाले मरेकाहरु मध्ये एउटा को कथा हिजो राती कल्पना मा अयो,

३ पात्र; लालिमा, आमा- ३० बर्ष,
माइलो - ११ बर्ष
कान्छो- ५ बर्ष
जेठो खै त भन्नु होला; अस्तीको शनिबार प्याक्प्याकि मर्यो।

साँझको ८ बजे अन्धकारमाय कोठामा लालिमा एक्कासी टुकी बल्छिन्; अनी त्यो टुकीको मधम्-पहेलो प्रकाशमा आफ्नो दुई छोरोलाई नियाल्छिन्, भाबुक हुन्छिन्; "खै भोली यिनिहरुलाई देख्छु कि देख्दिन?", द्वन्दमा परलोक पुगेका पोइको याद नि उस्लाई अज निकै अयिराछ, बेला-बेला मरेको पोइसँग माफि मग्दै पनि-" मैले तपाईंको जेठोलाई बाचाउन सकिन, खै यि दुईलाई नि धेरै समय दिन सक्दिन जस्तो लगिराछ, मेरो उमेरका साइलीदिदी नि हिजो बितिन रे; अज म निकै गलेको छु, मुख सुख्खा, सारीर चिसो चिसो छ"

एत्तिकै मा उस्लाई पखाला लाग्छ;

रातकोको सुन्सानमा घरको मुल्ढोका खुल्छ, टुकी बोकी लालिमा निस्किन्छिन्, अनी बिस्तारै-बिस्तारै अली भिरलो ओर्लेर मकै बारी छिर्छिन्-"मेरो देशको पस्चिममा सौचालय बनाउनसक्ने अर्थिक अवस्ता छैन; तेती ज्ञान पनि छैन,"; मकै बारीको अली बिच पुगेछी, अनी अली गनाउन थालेची लालिमाले पटुकी खोली दिशा बस्छिन; उन्लाई अब राम्रै पखालाले च्यापी सकेको रहेछ - पानी जस्तै दिशा बगेको छ; अझै बगेको छ अनी लालिमा सिथिल पर्दैछिन।

"भन्न रिङ्गटा लाग्न थाल्यो, एह मइलो,माइलो।,,,," उनी चिच्यौछिन्, तर सुन्सान, चकमन्न,,, कोइ बोल्दैन। लालिमा उठ्नसकिनन्; बरु अचेत तेही ढलिन्, शरीर ढलेनी मन् अझै बलियै थियो; कोइ त आउला,,,,,तर अह कोइ आएन, बिस्तारै टुकीमा रहेको अलीकती तेल नि सक्किन थाल्यो, केही बेरमा त्यहा अन्धकार नै भयो,,,,केही बेर पछी मकै बारीमा फेरी कोइ आए जस्तो लाग्यो तर उनी थला पेरिसअकेकी थियिन।

रात सुन्सान,,,कीराको सिर्-सिर्,,, बेला बेला कुकुर रुन्थ्यो; अन्यथा निकै चकमन्न।

एती बेला उता घर भित्र माइलो निन्द्रा मा बोल्दै रहेछ ; बर्बरौदै रहेछ -" आमा म पनि उ त्यो हेलिकप्टरमा औनेछु एक्दिन; अनी तिमीलाई लग्छु, हिमाल कस्तो राम्रो देखिन्छ आमा; हाम्रो हिमाल। " अनी फेरी मस्त निन्द्राको गहिरायी मा।

भोली भयो लामिमा बिभस्त अवस्तामा मकै बारीमा भेटियिन्; सास बाँकी थिएन; अर्ध नङगो शरीरमा दिसा पोतिएको;

लालिमालाई माइलो ले दाग्बत्ती दियो; कान्छो ले केही बुजेको थिएन- उ ब्यस्त थियो माथि उडिरहेको हेलिकप्टरलाई हात हल्लाउदै- (त्यो रीलीफ ल्याउने हेलिकप्टर,,,, पछी थाहा भयो तेस् हेलिकप्टरमा नेता आएका रहेछन्- काठमाडौंबाट जाजरकोटको अवस्था बुज्न,शायद देश को माया लगेर होला नि ! "

अब ११ बर्षको माइलोमा परिवारको जिम्मा आयिपुग्यो; उस्ले के खाला ? कसरी भाईलाई पल्ला अनी के खुवौला जस्तो लगेको थियो;

सात दिन पछी मेरो यो जिज्ञासा नि मेटियो- दुबै भाई मरेछन्-प्यक्प्याकी मरेछन्, कस्ले दाग्बत्ती दियो होला?

काठमाडौं मा चै सदन अवरुद्ध भयो रे; नागरिक सर्वत्तता को लागि,,,,,,वा मेरो देश; हाम्रा नेता?"

अपील

यो बिदेशमा अनी स्वदेशमा बसेका ती साब मेरा मित्रहरुलाई हो; हाम्रो जिम्मेवारी ठुलो छ; तेस्करन मनमा यो रखी राख्नुस् कि- देश र आफ्नो दाजु र दिदी लाई हामीले केही दिनै पर्छ,,,अहिले नसके के भो र? पछी चाँही एस्त दिन आउन दिनु हुन्न, अहिले सक्ने ले अहिले केही गरे हुन्छ।


August 8, 2009 at 7:27am

No comments:

Post a Comment