बिर्खे, बोको र छोरो

दसैंको आठौ दिनमा ढाल्न बिर्खेले एउटा जब्बर बोको ल्याउछ;
छोरो र स्वास्नी अत्यन्त खुशी; बिर्खेनि खुकुरीमा धार लौनथाल्यो;
दुई दिन पछी थियो अस्टमी; बोकोको सास दुई दिन चल्ने पक्कै थियो,

दुई दिन बितिगो; खुकुरी धरिलो भो; पानी उम्लिगयो;
छोरोको आँखा कान मै; पोली खाने रे कान;
स्वास्नी चै भन्सामा भाडा कुडा, तेल, मसाला ठीक पार्दै;
एही बिच त्यो बोको; आनन्दले घाँस चपौदै; कता टोलौदै;
बेला बेला म्या-म्या, के भनेको हो उस्ले जानोस्,

"आमा औने होइन?; अब बाले कट्ने रे;"
"पख पख म नआयी नकट्नु है,आये आए"
बोकोलाई तानेर बिर्खेले ल्यायो; सिंङ रुखको फेदमा डोरीले बध्यो;
बोको को पूजा गरी बिर्खे ले खुकुरी टाउको भन्दा माथि सम्म उठायो;
खुकुरीको धारको टल्ल टल्केको;गरीब छिमेकी को आँखामा पर्यो;
न्वारन देखी को बल लायी बिर्खेले त्यो बोको एक्चाल मै छप्कायो;
स्वस्नीले रगती थापिन; मुखमा पानी अलि अली रगत परेछ;
"छी छि; अब मुख धुनु पर्यो" " केइ हुन्न बुढी तलाई कसैनी जस्तै देख्य छ;
"हा हा हा हा";; "त्यो कसैनी म जस्ती रमी भ भये भाईहल्थ्यो नि"
बौ छोरो मिली सब सफा गरे; आमा चै भन्सा मा पारीकार पकाउदै थियिन् ।
छोरो ले कान रेट्यो;छुटै खान अलग्ग राख्यो ;

त्यो दिन अनी त्यस्पछीको केही रोज बिबीध पारीकार खान्थे उनिहरु,
छोरोलाई कान पानी बिर्खेली आँफै पोलिदियो;
निकै खुशी थियो छोरो अनी बिर्खे पानी "


"ओह बिर्खे बुढो फर्सी थप्ने हो?"
बुढो बिर्खे झलस्स झस्किन्छ; अतिथको यादमा डुबेको राइछ;
आज ब्रिधास्रममा एक्लै राइछ; स्वस्नी मरिछन्;
छोरोले निकाल्देछ; फेरी आज अस्टमीनै परेछ;
"पर्सी छोरो टिका ठप्न औंला त?"
अब यो प्रस्नले उस्लाई च्याप्यो,
"शुभ बिजय दशमी है बिर्खे दाई;" नेपत्थ्यबाट आवाज आयो;
"तपैलाई नि, (मलिनो स्वोर मा ) तपाईं लाई नि,
"छोरो पर्सी टिका थाप्न आयिदेहुन्थ्यो; पोहोर त आएन"
"आयिदेहुन्थ्यो;आयिदेहुन्थ्यो;"


सबैलाई बिजय दशमी को शुभकामना;
सगुन
September 27, 2009 at 7:18am

No comments:

Post a Comment