तिहार


लोडशेडिङ बिर्सेंर सब बत्ती बाल्दै; अझ सक्नेले त झल्लर- का झल्लर घर-घर झुन्डौदै;
नसक्ने ले सकी- नसकी सस्तो मिसवटी तेलको दियो बाल्दै.... मानौकि आउशीको यो एक रात आकाशमा लुकेको चन्द्रमालाई "Oh Mr Moon we can Glow and Glitter even without you' भन्द्या जस्तो।

हुन त नेपाली मै भन्न सकिन्थ्यो तर नेपाली लोड्शेद्दिङको Official भाषा भएको पारीवेशमा त्यो नेपालीमा भने अली unsubstantial, illusory हुने जस्तो लाग्यो मलाई; तेसैले यो भाषा प्रयोग गरेको हो. एधपी नेपाली भाषाको अपमान गर्ने दुसप्रयास भएको हैन।

जे होस् तिहार कित्रिम रङीन बत्ती; प्यलाका दियोहरु र पिल्-पिले मैन्बत्तीको चाड हो। सबको कोशीश उज्यालो दिनु होइन; चम्किलो रवाफ देखाउनु जस्तो लाग्छ मलाई। जस्तैकी मयल-नै मयल भएर ननुहाएको गरीबलाई आभुसणले पुर्द्या जस्तो।
पहिल पहिल हुन्थ्यो एस्तो रे; सामन्ती राजाहरु प्रजाको गरीब महिलालाई यसरी नै सजौथे अनी प्यास बुजेपछी तेही त हो; त्यही फोहोर त्यही महिलो।

तर यार एस्तो सोचको बिच साँझ कौशी चड्छु; साला अत्ती रमाइलो लाग्छ। क्या गज्जब? कती राम्रो सबै सझिएको; सबै सुहाएको। अनी त्यो कातिके चिसो बतास; अध्यरो आकाश अनी नेपथ्यको देउशी भईलोको गीतहरु।रमाइलो र आनन्दको पारीभाषा भन्दा माथि- धेरै माथि

घरको ढोका बहिरको साना ठिटा-ठिटीलाई जब देख्छु, केटाहरु "भइली राम" केटीहरु "देउसुरे", हाहा उल्टो तर रम्झममा सब चल्छ। मक्सद रमाउनु नै त हो; सब चल्छ।

सबै रमाइलो छ। तर सब रमाइलोसँग पुरना सम्झनाहरु पनि झुन्डेर औछन्। मेरो घर; तेरो घर;भनौ भने हरेक नेपालीको घर अहिले अपुरो छ । कोही दुबइ, कोही खाडी, कोही अमेरिका त कोही नेपाल कै कता कता;
आजभोली को तिहार हिजो-अस्तीको याद भन्दा नमिठो छ।

हरेक आमा यहाँ," सेल पकाउ?", "कस्ले खान्छ?", आँशु झर्छ; सामाजिक बिडम्बना चाड-पर्व मनाउनै पर्‍यो।
हरेक बा यहाँ, "मादल ठटाउ? ", "नाच्ने गाउने छोरो छैन";
हरेक दिदी यहाँ, "सात रङ किनु?", "टिका टास्ने निदार छैन"
हरेक भाई यहाँ, "पैसो खाममा हालु?", "दिने दिदी कता कता?"

एक दिन जब सब ठीक हुन्छ। हरेक दिन एसरी नै बत्ती बल्छ; त्यो दिन जब , बर्सौ देखीको थाती रहेको लक्ष्मी माताको आशिर्वादले हम्लाई छुन्छ एक्मुस्ट; त्यो दिन तिहार भब्य हुन्छ।

त्यो दिन हामी सबैसँगै तिहार मनाउला, देउशी भाईलो गाउला,तब सम्म उही त हो;

हरेक आउने तिहार हिजो अस्तीको भन्दा नमिठो-फुस्रो-फिक्का नै हुनेछ।

happy tihar केटा-केटी हो

कहिले काही कथा फुर्छ। लेक्ने कोशीश गर्या हो।

sagun'e

No comments:

Post a Comment