कलम किन्ने पैसा थिएन

म चाहन्थे लेखक बन्न;
कलम किन्ने पैसा थिएन;
एसो सोच्दा पहिले-पहिले प्वाखले लेख्थे;
कोशीस गरु भनी डेढ्अक्कल लगाये।
प्वाख झिक्न चरा मारे;
प्वाख पये बल्ल सोचे मशी थिएन;
चराको रगत जम्मा गरी चोप्दै शब्द खोजे; रगत सुकिगयो।
दुई शब्दको गजल बनेन।

एक दिन कलम चोरे;
कागज कोर्दा गजल बनेन;
गजल सिक्न इस्कूल छिरे;
त्यहा त मन् नै बसेन।

त्यस्पछी मैले चरालाई सुने;
सुन्दै गजल कोरे त्यही;
उस्ले सुनयो , दु:खको गजल गायो
उस्को सानोलाई कसैले मारिदियो रे।
आलाप- बिलाप गर्दै थियो

मेरो खल्तीमा उस्को सानोको प्वाख थियो,
मैले कलम अली अघी चोरेको भए;
मैले उस्लाई नमारेको भये?

sagun'e

No comments:

Post a Comment