चकमन्न

काठमाडौं अचानक सुन्सान भएछ;
दसैंआएको नि हैन;
रात भएको नि हैन;
तर,
काठमाडौं अचानक सुन्सान भएछ;
मेरो लागि;
मेरै लागि मात्र त होइन होला;
तर अहिले मेरो लागि सुन्ने; चकमन्न। 

को सँग बोलु? उ उता बोल्दै होला;
को सँग पियु? त्यो उता ढलिसक्यो होला;
को सँग गाउ? पबमा गाएर स्वोर सुकिसक्यो होला;
को सँग खेलु? मोरा थाकी सक्यो होला;

धत्;
आज अचानक काठमाडौं मेरो लागि सुन्ने;
चकमन्न।  

के गरु?
चुरोट फुक्छु; 
फुउुउुउ,,,,,,,,,,, फुउुउ, deep अली;

ल सुत्छु;
साला चुरोट फुक्ने साथी नि भएन।

पफ लिदै;
अचानक ति दिनहरु आँखा अघी;
.......................................................... 

ह्या बोल्दिन; जा उता चट्न जा;
म त झ्याप; जा उता पिउदै गर्;
गाउदा गाउदै स्वोर ख्यापै; तेस्लाई गाउन भन्;
निथ्रुक्क पसिनाले भिज्दा; अर्को हाफलाई भर्पुर जोश सबैमा।  


म त्यही; अली बुढो;
काठमाडौं त्यही; अली तरुनो;
साला ...तर; 
आज अचानक काठमाडौं मेरो लागि सुन्सान;
चकमन्न।


फुउुउुउ, फुउुउ, चुरोट नि सकिएछ। 


sagun'e

No comments:

Post a Comment