चकमन्न

काठमाडौं अचानक सुन्सान भएछ;
दसैंआएको नि हैन;
रात भएको नि हैन;
तर,
काठमाडौं अचानक सुन्सान भएछ;
मेरो लागि;
मेरै लागि मात्र त होइन होला;
तर अहिले मेरो लागि सुन्ने; चकमन्न। 

को सँग बोलु? उ उता बोल्दै होला;
को सँग पियु? त्यो उता ढलिसक्यो होला;
को सँग गाउ? पबमा गाएर स्वोर सुकिसक्यो होला;
को सँग खेलु? मोरा थाकी सक्यो होला;

धत्;
आज अचानक काठमाडौं मेरो लागि सुन्ने;
चकमन्न।  

के गरु?
चुरोट फुक्छु; 
फुउुउुउ,,,,,,,,,,, फुउुउ, deep अली;

ल सुत्छु;
साला चुरोट फुक्ने साथी नि भएन।

पफ लिदै;
अचानक ति दिनहरु आँखा अघी;
.......................................................... 

ह्या बोल्दिन; जा उता चट्न जा;
म त झ्याप; जा उता पिउदै गर्;
गाउदा गाउदै स्वोर ख्यापै; तेस्लाई गाउन भन्;
निथ्रुक्क पसिनाले भिज्दा; अर्को हाफलाई भर्पुर जोश सबैमा।  


म त्यही; अली बुढो;
काठमाडौं त्यही; अली तरुनो;
साला ...तर; 
आज अचानक काठमाडौं मेरो लागि सुन्सान;
चकमन्न।


फुउुउुउ, फुउुउ, चुरोट नि सकिएछ। 


sagun'e

रोम्यान्टिक कथा,, तर सदै जस्तो छोटो पनि।

१० बर्ष पछी को मेरो जिन्दगी;

आज लेख्छु अनी फेरी हेरौला;
साँच्चिकै कस्तो होला;
सोचेजस्तो होला नहोला?

ल सोच्य जस्तै भयो रे, कस्तो होला त?
उनी साथ नै होलिन है?
सोचेजस्तो भएन रे;मेरो मुहार त्यो बेला कस्तो होला?
न्याउरो, मलिनो...
म चहान्छु होस् त्यो मुहार चम्किलो;दु:खै भएनी;

हाँस्न चै कहिले नबिर्सियोस् यो मुहारले;
म नहाँस्दा राम्रो देखिन्न रे;
उस्ले नै भन्या हो। 


हो,
मेरो आज, भोली र अचम्म, याद भये सम्मको हिजो पनि;
हो हिजो पनि ,, अचम्म है,
हिजो पनि याद भएसम्म;उस्कै सेरो-फेरो, उस्कै जो मेरो सब थोक। 


हेर्दा-हेर्दै चलायमान यो मेरो छोटो जिन्दगी, 
बल्ल बोली र गोजी मा अली वजन आउँदै छ; 
खुशी त छु हेर;

कोही देव्-दुत(angel) आएर -" के  चहान्छस् सोध्यो रे.
रे!! न हो। 
म सजिलै भन्थे जिन्दगी एही पल, अली वर- अनी पर चल्छ;
सम्भब नै भये उस्लाई  अङालो लाउद; 

खेर जे होस् भनी नि आजकै सेरो फेरो;
अड्किवोस्;
बच्चा मा "statue " भन्या याद अयो;
अड्किवोस्;जसरी हामी बच्चा मा उभिन्थ्यौ-एक टक।  
बच्चा न हो;

भन्दै मा अड्किने भये;
पशुपती ब्रिद्धश्रमका चौरे बुढा-बुढीहरु  
दिन दिनै statue भन्दै हरेक पल अड्कौथे होला;
कुन  सास पछी जिन्दगी अड्किने हो?
statue हा हा;


कता बगे म;
मेरो १० बर्ष पछीको जिन्दगी सोच्दै थे;
किन लम्बौने हो?
नाम, दाम , शान त्यही हैन र सबको?
फरक फरक रुपमा; तर चाहना त्यही नै; 

तर उ हुनु पर्छ;
नत्र त्यो नाम टिकाउन सक्दिन होला;
त्यो दामले म केही किन्न सक्दिन होला;
अनी त्यो शान; उ बिना मेरो के मान र शान।

होला के र? हो नि। निस्चित छ।  

अब के भनु सपना कस्ता नै कत्रा-कत्रा;तर सक्दिन उ बिना;

१० बर्ष पछी उ नभये के त?
लेख्दा हात काँप्यो ;
पढ्दा मुख सुक्यो ;
अनी सोच्दा मुटु हल्लियो ;

लाग्छ मलाई, 
उ नभये म जोगी बन्छु होला; 

पत्तौदैन् मैले यो भन्दा कसैले;
खै कसरी बुजाउ, कस्-कस्लाई सम्झावु?

कसरी बुजाउ अरुलाई; तर यसरी बुजौछु अफुलाई;
उस्लाई एती माया दियिसके; कि अब म भित्र माया छैन;
या भएपनी उस्लाई यो आँखाले नदेखी;यो हात ले नछोयी;
म त्यो माया फेरी उब्जौन सक्दिन,
अङ्रेजीमा भन्दा   recharge गर्न सक्दिन माया 


ओहो, राती  उ सँग गफ गर्नु पर्ने;
 recharge कार्ड किन्न पर्ने; 
एउटा अङ्रेजी शब्दले मेरो नेपाली मायाको लहर रोकिदियो;
हायी-हायी अङ्रेजी,
कहाँ पो हो पढिया थियो नि;
यो सन्दर्भमा मिल्छ कि मिल्दैन,अब लेखिसके, हाहा  

कार्ड किनेर आएर लेख्छु है;
तर किन लेखु; कती लेखु? के के लेखु उस्को बारे ??

 sagun'e.....

दसैं

घरबाट टाढा मेरो साथीहरुलाई समर्पित;
एउटा सानो कथा,
यता अनी उताको कथा
दसैं आउन लाग्यो;
नयाँ लुगा पनि किनियो;
जुत्ता किन्न सकिएन, टाल टुल् पुरानो ले नै चलाऊने,कस्ले हेर्छ?
नरिवेल, मसाल पनि किनियो, पाउ-पाउमा मात्र; खाने कस्ले?
नयाँ टि.भी किन्ने कि? भयो चलेकै छ नि।
दसैं आयो; 
घडा थापियो ;जमरा पनि रोपियो;
रमझम छैन;
आमा मलिनो देखिन्थिन् – “खै पहिला जस्तो छैन”
बाबा आए खशी डोरौदै, लाम् काने, घोर्लेय् कालो 
आमा फत्फतायिन्,-“खाने कस्ले? अर्को साल् सम्म राख्ने?”
पिङ बनाये बाबा ले,आमा लाई पट्त्कैइ चीत्त बुझेन  “ किन यती रहर्?”
बाबा मुसुक्क मुस्कुराए!
फूलपाती भित्रियो,
चालिस् सेल बनाउने आमाले चार् सेल बनायिन ।
अस्टमी  खशी, काटे बाबाले,
आमा ले कबाब् बनाइनन्........ झोल मासु खाए,
बाबा को कबाब् खाने रहर,
आमा फत्फताउदै, “कस्ले  खाने  एती  मासु; सक्दिन कबाब बनाउन।  ”
बाबा बाटो हेर्दै,
.....नेपथ्य मा छोरो देखियो,
बाबा लीन गए!
दुई  बर्ष पछी आयो  मेरो हीरा।
 आमा अनविग्य फत्फताउदै..........................
-------------------------------------------------------------------------------------
दसैं आउन लाग्यो- काम र अङ्रेजी माम्
दसैं आयो- काम र अङ्रेजी माम्;
दिन् भर घर को झझल्को;
दिन् भर घर् जाने रहर;
दुई पाउ भेडाको मासु; कबाब् बनाउदै,
बनेपछी  बाबा को सम्झना; कस्तो मन पर्थ्यो बाबा लाई;
खायो भात् सँग;
अह दसैंको स्वाद भएन;
घर याद अयो;  आँखा सबै भरिएको;
दुइटा चिसो बियर पनि घुट्कायो;
फोन गरे, झन् न्यास्रो लाग्ने;
सोच्दा सोच्दै निदाएछ। 
----------------------------------------------------------------------------------------
एकै बेर फेरी  उतै तिर,
बाबा ले च्याप्प अङालो हान्छन् ;
छोरो को ज्यान लागेछ;पाखुरो कस्तो बलियो;
मन् मा आनन्द को अनौठो अनुभव
“आमालाई  त  भन्नु  भको  छैन  नि?”
 “फत्फतौदै छिन्। "
दुबै  जाना गल्लल्ल हाँस्दै 
“शु..... सुन्नुहोला फेरि” 
घर  पुगेछी,
फत्फतौदै  आमा  “कस्ले  खाने  हो! एत्रो  मासु!  -  को  झुल्ने  हो  त्यो  पिङ  मा?”  
आवाज  अयो................
 “म  नि  आमा;  म   खेल्छु त्यो  पिङ  मा;  
दिन  भर  पालैपालो  खेल्ने नि  ;
म  खन्छु नि  आमा;  पोलेर-भुटेर, कबाब बनाउने नि आमा। "
पछाडि  फर्कदा;
अंगालो  ; ओहो  ; त्यो अंगालो;
अनी  भक्कनो-  हाँसो  र  आँसु  को  सँगम 
बाबाले  पहिला   जस्तै  ;  दुबैलाई  आफ्नो  बिशाल  अंगालो  ले  छोपिदिये।
 संसार  एही  रोकिएहुन्थ्यो; 
-------------------------------------------------------------------------------------
तर;
एता  मध्य  दिन;  उता  मध्य  रात; 
बाबा  पिँढी मा  मस्त; उता  छोरो  आफ्नो  खाटमा; 
आमा  फत्फतौदै,  “ हैन के दिउसो  सुत्या होला?”
भनिन, समय तेही रोकिये हुन्थ्यो है;
यो कथा देश बहिरका लाखौं नेपालीहरुलाई;
मेरो शुभकामना;
सबैलाई यो बडादसैं मिठो सपना जुरोस्;
यहाँ मिठो सपना जुर्न थालेको पनि त कहाँ धेरै भएको छ र?
केही बर्ष अघीसम्म सपनाले झस्कौथ्यो हामीलाई ......हैन र?

सबैलाई  बडादसैंको  शुभकामना! 
Sagun’e
दसैं  २०६९  


चिया पसल

झम झम झम झम (झिलिक्क झिल्लिक्क, अनी एक दुई सास पछी गड्यान्ग,,गूडुङ,,)
कहिले मलिनो; कहिले मुटु थर्किने।
एकै छिन्-छिन् मै बद्लिने आवाजहरु;
दर्किने पानीको टिनको जस्ता ठटाको आवाज,
भक्कनो छोडेर कोइ रोयिरहेको जस्तो;
अनी एकै बेरमा त्यही टिनको जस्तामा तप तप तप्किने पानीको टिप-टिपे गीत;
जुन दिउसोको भ्यै-नभ्यैमा याद हुँदैन अनी राती सुत्ने बेला सुत्न दिदैन।

तप, एक् सास,
तप, एक सास,
तप, एक् सास ___(सुन्सान) अर्को सास,
तप, अनी त्यही निन्द्रा disturb गर्ने गीत।

एक्दिन एसरी नै पानी पर्दा म छाता ओडेर, काठमाडौंको बाटो त हो- हिद्दै थिए;

weather काठमाडौंको सर्है मिठो,

एक छिन् मै जाडो भो,
sandal लगाको भएर होला, खुट्टा निकै चिसो; सिरक नै घुस्र्यु जस्तो; अब बाटोमा कहाको सिरक,

छिरे चिया पासल,

"सौनी चिया पाउन, कालो है"

पानी दर्किन थाल्यो; "ठिक गरेछु, हिद्या भये लफ्रक्कै भिज्ने रहेछु"

दुकाने चिया पसलमा बसेर म बहिर सडक हेर्दै थिए।

जस्ताको curve बाट निस्किने पानीको लामो- सोझो पानीको भेल;
जमौन सक्यो भने ruler नै बन्ने। कती ruler किनियो; कती line कोरियो।

खेर हेर्न थाले बाहिर, पानी को भेल grid जस्तै। grid view हेरे।

चिया आयो, सुरुप्प ,,heaven , चिसो मा चिया, त्यो पनि चिनी ठ्याकै मिलेको, heaven

एकै पलमा मूड रोमान्टिक भयो; कबिता- गजल फुर्यो।
भु,,भु (मोबाईलको vibration ), कस्को sms
"बुढीको मिठो sms , weather romantic भयो रे, missing मी रे।"
reply गर्न लाग्द अर्को sms आयो, NTC को balance सम्बन्धी प्रेम पत्र।

"सौनी recharge card छ?" "छैन"

चिया सकएरै निस्किने निर्णय गरे।

रमाइलो मेरो चिया पसल अगाडिको "जीवन्त रोम्यान्टिक क्यान्भास" एका-एक भयानक भयो।

एउटा पानीको भलमा डुंगा बनैरहेको बच्चालाई बाईकले किचिदियो।
बाईक भाग्यो;

जुरुक्क उठेर म बाहिर पुग्दा; हिलो रातो भईसकेको ,

बच्चाको नाडी मैले भेटिन; तेइ पनि आस्पताल डौदौन सल्लाह दिये।

सम्योग नै होल अली पर त्यो बच्चाको डुंगा हिलोको भुमरी (whirlpool) मा अड्केछ।

त्यो दिन पानी अबेर सम्मै पर्‍यो; मन दुखी थियो तेसैले पानीको टिप-टिपे गीत सुनिन; राती पानी रोकिए पनि
तप,,तप आवाज नभएनी पनि ओल्टे-कोल्टे फेर्दै बित्यो;

तेही डुंगा wirlpool मा फसेको याद आइराख्यो।


sagun'e धेरै पछी।  

म कुमारी!

"कुमारी"- हाम्रो जिवित देवी हैन;

कुमारी(virgin)पनि हैन;

....ठाट(attitude)सँग उस्ले एक गाँठिस् ठिटोको जवाफ फर्कायिन्........" Hello म कुमारी!"

रात- घडीको हिसाबले मध्य हैन; तर माहोलको हिसाबले मध्यरातको घोर उत्कर्श कटिसकेको;

कतै सुन्सान्;

कतै त्यही सुन्सान्को बिचमा अल्लो- र पल्लो घरको भुडे बुढाहरुको competition घुरैको;

गहिरो निन्द्रामा मिठो सपनामा मन्दमुस्कान सँगै खाटमा ढलेकाहरुको पनि कमी छैन;

निन्द्रा नलाग्न नमिठो तितो-तातो black coffee पिउनेहरु;आक्कल झुक्कल

कोही चै निन्द्रै नलागेर ओल्टे-कोल्टे फेर्दै ब्यस्त।

एउटै कोठामा प्यास बुजेका अनी नबुजेका सँगै सुत्दै छन्; डिम बत्ती बलिनै राखेको ;

झट्ट हेर्दा रात सुस्त र फिक्का …. सादा जस्तै;

तर अह!

कतै रात बल्ल श्रीगणेश हुँदै ;

रङीन (रङ नबुज्नेको लागि);

रसिलो (रसले त्रिप्त नभएकाको लागि);

रात हो; तपाईं लागि पो सुकला होला; कतै त आँखा बल्ल ठुला हुँदैछन्

घर-ब्यान्कको ढुकुटी घण्टौ अगाडि बन्द भएपनी ; कतै cash counter बल्ल खुल्दै छन्।

हनुमान ढोकामा ‘देवी’ कुमारी पनि गहिरो सपनामा साधारण केटी बनी टुडिखेलमा चङ्गा उडौदै होलिन् ;

अर्को कुमारी; यो कथाको कुमारी निस्किन्छिन् रङिन रातलाई रत्यौन;

तलको माहोल रापिलो थियो..... बाहिर मङ्सिरको चिसो रात होला भनेर पत्यौन गार्हो थियो!

सब पेटु जुङेहरु कोट फुकालेर; अनी मनाङेहरु biceps देखौन टिसिक्क T -सर्टमा।

सब रापिला ; रात्-रातो देखिन्थे, भुङ्रोको कोइला जस्तो।

सबको अगाडि सोमरसको बोटल अनी गिलासहरु-"रित्तिएका; भरिएका; अनी कती चै आधा खाली हो कि आधा भरी ?

एक्कासी माथिको घुमौरो भर्र्याङ्बाट कोही उत्रिन्छ;

रातो बस्त्र; रातो आग्लो जुत्ता अनी त्यो भन्दा अली बढी नै गाडा-राता ओठ।

सबका नाचीरहेका आँखा, सब एक्टक ; उस्को हरेक चालसँगै तेतै तिर हिड्न् थाल्छन् ;

बेला-बेला ; त्यो घन्की रहेको गीत सँगै उस्को चाल पनि नाच्छ( सुस्त चाल; practice ले नै होला; हरेक move calculated थियो!)

उस्लाई छुने सबको कोशीश; तर bouncer हरु कसैलाई नजिक आउन दिदैनथिए।

एउटाले चै हजारको गड्डी देखायो; कुमारी उस्काहा नाच्दै पुगिन्; सुस्त नशालु तालमा।

उस्को ग्लासबाट एक्चुस्की लिएपछी उस्कै छेउमा बसिन् अनी त्यो हाजरको गड्डी च्याप्पै ; business हो; निस्की त्यहा बाट; त्यो भुडेले समौन खोज्यो bouncer ले त्यो हुन दिएन।

यो क्रम चली नै रह्यो; लुटौनेहरु रत्तेर लुटौदै थिए; लुट्नेले केइ मेहनत गर्नु परेको देखिन्न थियो।

रात रापिलो...अझै रन्किदै; कतै त दन्किदै पनि;

एउटा गाँठिस् ठिटो (कोरियन hairstyle भयेको मनाङे ......blue label को सिसी उस्को टेबलमा)

हेर्दै थियो उस्लाई, आँखाले कुरा गर्या हो कि पहिला कै setting हो; उस्को छेउमा आएर बसी, "Hello म कुमारी!"

"can I have a cigarette? "

'sure , म चै.... ('आफ्नो परिचय दिन खोज्छ)

"मेरो लागि drink बनाउदैनौ ?"

'sure '

(उस्को नाम सुन्ने interest थिएन कुमारीलाई)

त्यो पहिला कै setting हुनु पर्छ, कुमारीलाई छुदा त परी जावोस उस्लाई चुम्दा पनि त्यो bouncer हरुलाई मत्लब थिएन।

कुमारी "का बस्ने हो?"

केटो " जाने हो अब?"

कुमारी "जौ!"

(यो एस्तो conversation थियो जहाँ अलिकती पनि लाज र अफ्ट्यारो दुबैलाई थिएन। एउटाको किन्ने बानी; एउटाको बिक्ने बानी!)

दुई जान निस्किन्छन्। बाहिर BMW मा चडेर लाग्छन- कता?- थाहा छैन; किन?- भन्न जरुरी छैन।

भोली बिहानको आठ बजे कुमारी अस्पतालमा।

डाक्टर -"तपाइ को नाम?"

'सुधा पारीयार, म आमा डाक्टरसाब उस्को के भयो छोरीलाई?'

डाक्टर-"एह राती उस्लाई जोरो आएछ, अनी जोरो बढेर बेहोसी भएको थियो, रमेशजीले ल्याउनु भएको थियो,

"तपाईं कता बहिर हुनु हुन्थ्यो?"

'एह मेरो night duty थियो;भाई रमेशलाई जिम्मा लगाको थिए छोरीको'

डाक्टर-"एह, रमेशजी तपाईंको भाई?"

'अनी छोरी लाई कस्तो छ अहिले?'

डाक्टर-"अहिले ठीक छ; report लिन रमेशजी जानु भाको छ। हेर्दा खेरी ठीक नै छ अहिले।

रमेशले रिपोर्ट ल्याएर डाक्टरलाई दिन्छ।

पहिलो पाना हेरेपछी “pneumonia जस्तो छ।“

दोस्रो पाना हेरेपछी डाक्टरले अर्को डाक्टरलाई कागज देखौदै ईशारा गर्छन्,

"did you send serology for that girl? "

‘ Yes, त्यो patient party- मामा चै रमेश हो कि के नाम हो insisted ,so i filled it up. I don’t know why he insisted?’

रिपोर्ट एस्तो थियो:

___________________________________________________________________________-

Name : Angel Pariyar Age: 1 year 3 months

HBsAg: Non reactive

HIV I, HIV II: REACTIVE

____________________________________________________________________________

त्यस पछी त्यहाँ के भयो; आस्चर्य; आँशु; आत्मग्लानी; रिस जे भएपनी अब मत्लब छैन।

A year old little girl Angel Pariyar is HIV positive!

Sagun’e

world aids day Dec 1 2011

दमै ,बाजा र बिहे !

छोटो कथा, फेरी पनि

एक दिन एउटा दमै बिहामा बाजा बजाउदै;

बेसुरे बाजा; बेमौशमी भन्न नमिल्ने; मौसम बिहाकै; मङ्सिर!

खाली बजाउनको लागि बजैरहेको ; प्या, पु,,प्या, पु,,,,,,,,,,,( टाउकै दुख्ला जस्तो।)

तर सब आफ्नै तालमा थिए; कोही जग्गेमा, कोही बफे तिर हेर्दै,"कस्तो ढिलो गर्या"

दुला- दुलही मक्ख, सुपारीको पासा खेल्दै ( के के चलन हो जग्गेमा?)

होमको आगो नि मच्-ची मच्ची दन्किदै;

धुवाको मुस्लो ले आँखा पिरो भएरै होला; कोही कसैको आँखा रोएको जस्तै देखिन्थ्यो; रुने बेला त भएको थिएन।

ओहो त्यो दमै प्या,पु,प्या प्या पु पु। त्यो दुखी थियो; मैले बुजी सकेको थिए।

जग्गेको काम नि अब लग्भग सक्किन लागेको। गल्ल-गल्ल हाँस्ने अनी दुला दुलै अनी cheap जोक हन्नेहरु को अर्कै बथान।

कोइ चै फेरी एसो उसो गर्‍यो, सँगैको घरको सिसामा हेरेर कपाल मिलौदै,१०-१० मिनेटमा भन्या। (जवानी, हाहाहा।)

अचानक, buffet (बफे) सुरु भयो।

सबको मुख चम्किलो,

पुलाउ,नान, कौली, पानीर, mixed curry , खशी, कुखुरो, सब थियो।

कान सन्चो भयो, दमैले बजाउन छोड्यो,

पुलाउले नै प्लेट भरीसकेको थियो, पहिला नान adjust गर्‍यो, त्यस्पची तरकारी तिर हेर्दाइ नहेरी कुखुरो र साँप्रो छानी छनी, ५ पीस जती, खशीको ह्यकुलो ३ पीस। आधी पाउको प्लेटको वजन तीन-चार किलो त minimum । साला सात पुस्ताको लागि खान लागेको जस्तो।

मेचमा पुग्दा सम्म दाल कोटमा चुहिसकेको थियो; रहर्लाग्दो मासुको २ पीस खसि सकेको।

एक्कासी जग्गे बाट आवाज आयो; बाजा बजाउन भन न दमैलाई।

एक पीस मासुपनी चपाउन नभ्याउदै; बोलैहाले।

दुलहीको भाई अली bro टाईप, "के खाइ राखेको? हिड बाजा बजाउन, खान पाएको छैन कहिले? (अली पेचिलो नै थियो भाषा) प्लेट तेइ राख्नु न। आएर खानु होला; के तालको होला। खान पाइ हाल्छ नि। (भनिन अली पेचिलो नै थियो)

दमैले प्लेट त्यही मेचमा रख्यो; बाजा बोकेर जग्गे तिर गयो; रिसौदै बजायो, ओहो निकै बेसुरो बजायो। तर कसैलाई मत्लब चै थिएन। चलन न हो।

बिहाको भ्याइनभ्याइमा सुर-र बेसुरको मत्लब कसैलाई थिएन। निकै बेसुरे बजायो,

प्या, पु,,प्या, पु,,प्या,पु,प्या प्या पु पु

रसम सकियो दुलैको बुवा ले भन्नु भयो, "जानुस् खानुस् राम्रो सँग अब अन्मौने बेला बजाउनु पर्छ।";दुलैको भाई आयो, "ल खानुस् अब तन्न (पेचिलो नै थियो tone चै )

खाना मेचमै थियो; सेलाई सकेको; त्यही नि खाए दमैले, क्या खाए;

दुई चार मासुको टुक्रा त लोभले हो कि कुन्नी; नचपाएरै निल्दे।

प्लेट सिनिक्त माझेको जस्तै थियो; मासुमा हड्डी थिएनकी त्यो पनि निल्द्याहो थाहा भएन?

sweet dish नि बजैहाले, तीन वोटा तात्-तातो लालमोन, जिब्रो डाम्यो होला!

एक छिन् buffet मा भिड थियो; सबले खाए; दुला-दुलै ले नि खाए। दुलै नि मक्ख, लाज भन्ने त फिटिक्कै देखिन्थेन।

अब अन्मौने बेला भो। दुलै पट्टीका सबैको मुख हेर्न लायक।

त्यो bro जस्तो cool देखिने दुलैको भाईको मुख नि हेर्न लायक थियो। निचरेको कागती जस्तै, सुन्नेको आँखाहरु। सब भाभुक।

दुलैको भाई, "दाइ मंगल् धुन बजाउनुस्"(पेचिलो थिएन)

मंगल् धुन जब बज्छ नि दुलै पट्टी बम पड्किन्छ। रुवाबासी, आशुको धारा। सब रोयिरहेका। दुला पट्टीकाहरु नि माहोलको सम्मानमा हो कि? गाह्रो भएर? धीर थिए।

दमैले क्या बाजये यार,

टु नु, नु, नुनुनु, टुनुनुनुनु, नु नु, टुनुनुनुनुनुनु, टु नुनु, नुनु नु नु नु, नुनु नु नुनुनु, टु नु नु नु नु नु नु।

एसो हेर्दा दमै पनि रोयिरहेको थिए; आँखा रसिलो थियो; पेट भरिएर हो कि? छोरीको याद आएर हो?

कानमा त्यो धुन अजै आउछ; दमैले क्या मिठो बजायो; तर किन रुदै बजायो? किन रुदै बजायो?

त्यो दुखी थियो; मैले अघी नै बुजी सकेको थिए।

sagun'e

पुषको रात


सुन्सान चिसो रातमा ‘पटक-पपट्-पट-पट’(आवाज);
गाँउदै हो कि रुंदै? सल्किरहेका सुकेका काठहरु; उस्ले जानोस्;
ताप्ने म; रन्केको मेरो अगिल्लो आधा भाग;
चिसिएको मेरो ढाढ; चुरोटको त्यो तल-तल ;
चियाको प्यास; हो चियाकै प्यास; रक्सि हैन;

कती पिउनु? अघीको  नशा उत्रेको छैन अझै;
उत्रेला अनी घर छिरुकी भनी कुरिरहेको म।
खै? तर एही रातको सुन्सान र मधुरो रापमा रम्दै छु;

या कोशीश गर्दै छु?

तर छिर्छु होला अब!! काठ-स्यौला छैनन् अरु;
ढाढ कक्रकिसकेको; चियाको तिर्खा हो कि तल्तल?
……………………………………………………………………………………………
भित्र छिरे; ढोका लगायी; जिउ तन्काए
झ्याल खोले- अनी ज्यकेटको खल्तीमा चुरोट खोजे;
"काहा खसेछ? ह्यात्तेरिका कहाँ झरेछ?"
झ्याल लगाये। "च्मित्त्त(आवज) काँ झरेछ?"

चिया बनाउन चुलो जलौन सलाई खोजे;
टेबल मुनी खसेको सलाई…… निहुरेर उठाये,
एक काँटी थियो; कोरिन (मुस्कुराए);
ग्यास आज बिहानै सकिएको; याद अयो;
"ह्या बरु बाहिरै निस्किन्छु;"
……………………………………………………………………………………………..
आगो चिसो खरनी भईसकेको थियो;
 मुडाको छेउमै खसेको चुरोट भेटे;
 ह्यातेरी सितले भिजेछ; लफ्रक्कै भिजेछ;
………………………………………………………………………………………………
भित्र छिरे;
"भट्टीको नाशा पनि सब उत्रिसकेको ;

 खै किन हो रुन पो मन लाग्यो।
"निन्द्रा लागे हुन्थ्यो"; उस्को याद आयो
"निन्द्रा लागे हुन्थ्यो"तर लाग्दैन जस्तो छ।

(ओल्टे कोल्टे फेर्दै घण्टा बित्यो; उस्को याद आयी नै रह्यो)
घडी हेरे, २ बजेछ;"चुरोट सुक्यो कि?"
"फ्युउुउुउुउ(आवज) सुकेछ!"

…………………….फुइ फुइ फुक्दै गहिरो  तान्दै…………………..
पाँच पफ मा चुरोट सखाप;
मन् मनै , "मेरो जिन्दगीको पाँच मिनेट सखफ"( मुस्कान);

आँखा खोल्दा; चम्किलो घाम लागि सकेको थियो;


मोबाईलमा हेर्दा, inbox खाली नै थियो।

sagun'e

झ्याप..


म त झ्याप भएछु।
पिउदा- पिउदै म त झ्याप भएछु।
म त एक्लै हाँस्न पो थालेछु; म झ्याप् भएछु।
उस्लाई सम्झिन पो थालेछु; न मज्जाले झ्याप भएछु।
साला झ्याप भएछु; मन मनै गाउन पो थालेछु।

बढी नै बोलिराछु; हाहा साला झ्याप् भएछु।
धेरै त खाएको थियिनी; धेरै पिएको पो त,
साला कसम झ्याप् भएछु।

उठ्छु, साला सकिन,
झ्याप भएछु,

कस्तो वाक्क लागेको; छाती नमज्जले पोलेको;
साला झ्याप भएछु।

उज्यालो भएछ। टाउको नमज्जाले टन्-टन दुखेको।
हिजो झ्याप् भएछु; हिजो ढल्दै निदाएछु।
हिजो साला झ्याप भएछु।

sagun'e

कफी चिसो भएछ


त्यो फुच्ची ललीपोपको स्वादमा हाराउदै-आमाको हात समौदै।
अली ठुला कोही चै दुधको पुरानो प्याकेट फुक्दै-सुकौदै।
म शेर्पा मलमा कफिमा हो कि उस्को आँखामा हराइराको,
पुर्णिमाको जून् पनि बादल भित्र कता-काता लुकिरहेको।


सम्योग नै होला; सबै हराइरहेका;
कसैलाई फिर्ता आउन हतार थिएन; हराउने क्रम चलीनै रह्यो।


एकैछिनमा-


ललीपोप सक्कियो,आमाले बोकिन; फुच्ची कुममा तुरुन्तै निदाइ
जापानी टुरिष्टको ग्रुपको पछी त्यो केटो हात फैलौदै माग्दै हिड्यो।
जून् पनि निस्कियो; आँखाश मिठो जुनेली भयो।
म चै शेर्पा मलमा उस्को आँखामा हराइनै रहेछु; कफी चिसो भएछ।

sagun'e

जन्ती मालमी र मधुसाला !


त्यो चित्र हेर्दा बिचित्र लाग्यो; राती त्यो चित्र सोच्दा बैराग्य आयो।
भोली सबेरै १० बजे exhibition गये।
फोटो किने १०,००० मा।
घर ल्याये; दिवारमा ताङे,

अनी हेरी रहे हेरी रहे, हेरिनै रहे।

आखिर के थियो त त्यो फोटो मा।
बनाउन सक्दिन;
फोटो खिची नेटमा हाल्न सक्दिन- copy right को contract दस्तखत गर्या छु।

तेसैले त्यो तस्बिर म छोटो मा; एकदम छोटो मा बतायिदिन्छु।


तस्बिरमा मलामी र जन्ती सडकको दाँया र बाँया छ। एउटा मान्छे सडकको बिचमा छ- उस्ले आँखामा पट्टी लगाको छ, अनी उ मधुसाला तिर जादै छ। गममा नि रमाउने तेही हो; सुखमा मात्तिने नि तेही हो।
sagun'e