All that we are is the result of what we have thought.Here you can read me.
अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला?
एउटा खते केटो आयो; मेरो खुट्टा समायो;
म अलमल्ल परे; मन रोयो; अफ्ट्यरो भयो;
खल्तीमा हात घुसाये; खुद्रा थिएन;सय निकाले;
सुटुक्क दिये; केटो फेरी फेरी ढोग्यो; अब रिसाये;
"जा उता अब त; जा!"
साथीले मलाई देखेछ;मैले सय दिएको उस्लाई पचेनछ;
"तैले गर्दा एस्त बच्चा हरु बिग्रेकहुन; नहेरी हिंड्नुपर्छ;
कतीलाई दिन्छस्? हजारौंछन्" सुन्दिये मत्लब लागेन;
अनी हिड्यौ; त्यो केटोलाई देखे; ठेलाको अगाडि;
बोटामा खाँदै थियो; औंला चुस्दै थियो;
आनन्द भयो;
मन्द झरी पर्न थाल्यो;
म रुझ्दै हिंडे; चिसो हावा र तिखो पानी मलाई बिजाउदै थियो;
तेही बेला; एउटा ठिटो मलाई ठेस दिदै; डौदियो;
मेरो पकेट मारी डौदेछ; म अनभिग्य; अनी म दौडिये;
मेरो रफ्तारले तेस्लाई समाउन सक्यो;
फर्काएर मुख हेर्दा;
त्यो तेही ठिटो थियो; हो तेही ठिटो थियो;
दिक्क लाग्यो; तर फेरी माया नि लाग्यो;
पर्स लिये; तर तेस्लाई फेरी पैसा दिये;
फेरी ढोग्यो; अनी फेरी गाली गरे;
बिडम्बना देखी टोलये; तेस्लाई हेरी पर सम्म;
बिलायो केटो मानिसको बथानमा; झरी अझै पर्दै थियो;
झरीमा रुन सजिलो भयो; मलाई त्यो केटोको माया लाग्यो;
किनकी त्यो अब कहिले सुध्रिन सक्दैन;
तर जे होस् अज राती तेस्ले फेरी मिठो खाला;
अज एक्दिन मात्र भएनी अब चोरी नगर्ला??
झरी अझ पर्दै थियो; म रुझ्दै थिए;म रुदै थिए;
अनी फेरी हाँसे,,
म हाँस्छु आजभोलि; त्यो नानी ले आफ्नो आमा देखेर हाँसो छोड्या जस्तो;
क्या मिठो छ है जिन्दगी;थाकेको बेलाको मिठो चियाको चुस्की जस्तै;
एक्पलमै ज्यान औने; सन्जिविनी भन्दा के कम? जिन्दगीको बोज हेटे जस्तो;
म त आज्कल खुबै रमौछु; कार्तिकका कुकुर देखी हाँस्छु; बिन्दास,आफ्नै ताल मा।
हिजो बाटोमा एउटा सानो बच्चोले बाबुको औला समाको देखे;
एक्दिन न त्यो औंला हुन्छ या एक्दिन बच्चोले समौन छोड्छ।
म हाँसे,,,
फेरी उता सडक पारी एउटा ठिटीलाई हेर्न थाले;सर्लक्क,,,
फेरी हाँसे,,एक्दिन फुल्छ या सुक्छ,,, सर्लक्क रहिरहदैन;
फूल ओइलाउछ; सुर्यचन्द्र अस्तौछ; फेरी हाँसे,,,
मन्दिर गये; झनै हाँसो लाग्यो; आस्तिक भेटे; नास्तिक भेटे;
आस्तिक इस्वरलाई इच्छा अनी स्वर्थपूर्ण आसले पुर्दै थिए;
नास्तिक इस्वरको पारीक्ष्या लिदै;" एस्तो भये तँलाई मान्थे;
चान्स लिएको होला; न्यूरोडमा दस रुपैयाँको चिट्ठा किने झै;
परे बमपर; नपरे केही फरक नपर्ने; अनी फेरी हाँसे,,
तिमीहरुलाई कतिको हाँसउट्छ? पक्कै उट्छ होला;
नत्र तिमीहरु अन्धो रहेछौ कि भन्ने सन्खा लाग्न सक्छ;
जतातातै उस्तै त हो नि?
sagun
क्या मिठो छ है जिन्दगी;थाकेको बेलाको मिठो चियाको चुस्की जस्तै;
एक्पलमै ज्यान औने; सन्जिविनी भन्दा के कम? जिन्दगीको बोज हेटे जस्तो;
म त आज्कल खुबै रमौछु; कार्तिकका कुकुर देखी हाँस्छु; बिन्दास,आफ्नै ताल मा।
हिजो बाटोमा एउटा सानो बच्चोले बाबुको औला समाको देखे;
एक्दिन न त्यो औंला हुन्छ या एक्दिन बच्चोले समौन छोड्छ।
म हाँसे,,,
फेरी उता सडक पारी एउटा ठिटीलाई हेर्न थाले;सर्लक्क,,,
फेरी हाँसे,,एक्दिन फुल्छ या सुक्छ,,, सर्लक्क रहिरहदैन;
फूल ओइलाउछ; सुर्यचन्द्र अस्तौछ; फेरी हाँसे,,,
मन्दिर गये; झनै हाँसो लाग्यो; आस्तिक भेटे; नास्तिक भेटे;
आस्तिक इस्वरलाई इच्छा अनी स्वर्थपूर्ण आसले पुर्दै थिए;
नास्तिक इस्वरको पारीक्ष्या लिदै;" एस्तो भये तँलाई मान्थे;
चान्स लिएको होला; न्यूरोडमा दस रुपैयाँको चिट्ठा किने झै;
परे बमपर; नपरे केही फरक नपर्ने; अनी फेरी हाँसे,,
तिमीहरुलाई कतिको हाँसउट्छ? पक्कै उट्छ होला;
नत्र तिमीहरु अन्धो रहेछौ कि भन्ने सन्खा लाग्न सक्छ;
जतातातै उस्तै त हो नि?
sagun
कारीब १५ दिनको सवग्रिहको मेर अनुभव:
म लास हुँ। मात्र एउटा लास;
म सास लिनु जेल कोही थिए;
मेरो नाम थियो; काम थियो;
म हाँस्थे; म रुन्थे; म बोल्थे; म गाउथे।
तर म अब मात्र लास हुँ; चिसो गनाहुने लास;
हिजो सम्म म जुइदो थिए; सुत्थे अनी उट्थे पनि;
तर अब म उठ्न सक्दिन; म सुर्य हैन;फेरी उदाउन सक्दिन।
म मैन्बत्ती राइछु;तर थाहा छैन; कती उज्यालो दिये?
जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;
एक तक टोलाउथे; चिया तातो होस् या चिसो;
पिउथे; स्वाद के हो भुलिसक्या थिए;
अनी म किन बाँचु? हिजो आमाको फरियामा पासो लगयी झुन्डिये;
पिडा एक्पल मात्र भयो; अँट्ठायो; ख्यापै;
लामो एक्सरो सास लियी; म निर्जिब भये;
म निर्जिब भये; मलाई दुखेन;मेरो आशु झरेन;
म टोलाये ; आहा म मात्र टोलाये;
अब म छिटो खाग हुन चाहन्छु;
खरानी बनी हावामा सयर गर्न चाहान्छु;
सरर् जता मन लाग्यो त्यता; यता अनी उता कता कता!!
केही पल पछी दरोगा आए; मुचुल्क उठाये;
घरबेटी ले लास सनाखत गर्यो; सालेलाई तीन महिनको भाडा दियिन;
हाहाहा,,,,,,
हिजो सम्म आमा हुनुहुन्थ्यो; ज्यान उहाकै थियो;
आमा हिजो बित्ननु भयो; ज्यान मेरो भयो;
आफ्नो ज्यान लिदिये; स्वतन्त्रता....
मलाई अल्छि लगिसकेको थियो।
जीवनलाई मैले सहनसकिन; म रमाउनै सकिन;
सबैजन गलल्ल हाँस्दा; म टोलाउथे;
बुज्थिन कि बुज्नचाहन्थिन पत्तै पौथिन; अनी टोलाउथे;
अब डाक्टर मलाई छिटो चिर;
म जल्न चाहन्छु; खरानी बनी उड्न सकु
तर मलाई डाक्टरले चिरेन; मेरो सनाखत भएन;
म चिच्चाये; आफ्नो नाम कराये;कोइ सुनेन;
बहिरोको कान मा गीत या गाली दबै उस्तै; चकमन्न।
मलाई कोच्यो चिसो रेफ्रिजिरेटरमा; तेही छु;
चिसो छु; टोलौदै छु; तर
अन्धकारमा चिम्ले नि; हेरे नि; नियालेनी उस्तै हो;
तेही छु; तेही हुन्छु;
एक्लो मान्छे मर्नु हुँदैन राइछ;
जलायिदिने नै हुँदैन राइछ; मैले त आस मरी सके;
म अब कहिले खरनी बन्छु?
अनी कहिले हावामा स्वतन्त्र सयर गर्छु?
मलाई थाहा छैन........
सगुन अक्टोबर २५ २००९
हिजो रात निन्द्रा लागेन;
हिजो राती निन्द्रा लागेन; छटपटाये;
ओल्टे फेरे; कोल्टे परे;
घन्टौ बित्यो; अनी उठे जुरुक्क;
ऐना हेरे; राता आँखा; सिथिल मुख;
चुरोट सल्कये; रात सुन्सान्;
अह मैले निदौन बिर्सेंछु;
सकिन;
टोलाये; मनमा के- के खेल्यो;
मैले खेल्न दिये मनलाई;
कहिले हासे; चुट्कीला याद अयो;
कहिले रोये; कसैलाई सम्झिये;
कुन बेला निदाएछु; पत्तै पायिन;
आज उठे; अनी सोचे
"हिजो राती निन्द्रा आएको भये
म सादा झै सुतेको भये;
मा हस्ने थियिन; म रुने थियिन;
तर मा हिजो हासे; हिजै रोये;
जुन मैले कयौ देखी गर्न सकेको थियिन;
तेसैले म आज रती पनि सुत्दिन;
अझै हाँस्छु ;अझै रुन्छु
बिर्खे, बोको र छोरो
दसैंको आठौ दिनमा ढाल्न बिर्खेले एउटा जब्बर बोको ल्याउछ;
छोरो र स्वास्नी अत्यन्त खुशी; बिर्खेनि खुकुरीमा धार लौनथाल्यो;
दुई दिन पछी थियो अस्टमी; बोकोको सास दुई दिन चल्ने पक्कै थियो,
दुई दिन बितिगो; खुकुरी धरिलो भो; पानी उम्लिगयो;
छोरोको आँखा कान मै; पोली खाने रे कान;
स्वास्नी चै भन्सामा भाडा कुडा, तेल, मसाला ठीक पार्दै;
एही बिच त्यो बोको; आनन्दले घाँस चपौदै; कता टोलौदै;
बेला बेला म्या-म्या, के भनेको हो उस्ले जानोस्,
"आमा औने होइन?; अब बाले कट्ने रे;"
"पख पख म नआयी नकट्नु है,आये आए"
बोकोलाई तानेर बिर्खेले ल्यायो; सिंङ रुखको फेदमा डोरीले बध्यो;
बोको को पूजा गरी बिर्खे ले खुकुरी टाउको भन्दा माथि सम्म उठायो;
खुकुरीको धारको टल्ल टल्केको;गरीब छिमेकी को आँखामा पर्यो;
न्वारन देखी को बल लायी बिर्खेले त्यो बोको एक्चाल मै छप्कायो;
स्वस्नीले रगती थापिन; मुखमा पानी अलि अली रगत परेछ;
"छी छि; अब मुख धुनु पर्यो" " केइ हुन्न बुढी तलाई कसैनी जस्तै देख्य छ;
"हा हा हा हा";; "त्यो कसैनी म जस्ती रमी भ भये भाईहल्थ्यो नि"
बौ छोरो मिली सब सफा गरे; आमा चै भन्सा मा पारीकार पकाउदै थियिन् ।
छोरो ले कान रेट्यो;छुटै खान अलग्ग राख्यो ;
त्यो दिन अनी त्यस्पछीको केही रोज बिबीध पारीकार खान्थे उनिहरु,
छोरोलाई कान पानी बिर्खेली आँफै पोलिदियो;
निकै खुशी थियो छोरो अनी बिर्खे पानी "
"ओह बिर्खे बुढो फर्सी थप्ने हो?"
बुढो बिर्खे झलस्स झस्किन्छ; अतिथको यादमा डुबेको राइछ;
आज ब्रिधास्रममा एक्लै राइछ; स्वस्नी मरिछन्;
छोरोले निकाल्देछ; फेरी आज अस्टमीनै परेछ;
"पर्सी छोरो टिका ठप्न औंला त?"
अब यो प्रस्नले उस्लाई च्याप्यो,
"शुभ बिजय दशमी है बिर्खे दाई;" नेपत्थ्यबाट आवाज आयो;
"तपैलाई नि, (मलिनो स्वोर मा ) तपाईं लाई नि,
"छोरो पर्सी टिका थाप्न आयिदेहुन्थ्यो; पोहोर त आएन"
"आयिदेहुन्थ्यो;आयिदेहुन्थ्यो;"
सबैलाई बिजय दशमी को शुभकामना;
सगुन
जाजर्कोट-हिजो राती
जाजर्कोटमा पखालाले मरेकाहरु मध्ये एउटा को कथा हिजो राती कल्पना मा अयो,
३ पात्र; लालिमा, आमा- ३० बर्ष,
माइलो - ११ बर्ष
कान्छो- ५ बर्ष
जेठो खै त भन्नु होला; अस्तीको शनिबार प्याक्प्याकि मर्यो।
साँझको ८ बजे अन्धकारमाय कोठामा लालिमा एक्कासी टुकी बल्छिन्; अनी त्यो टुकीको मधम्-पहेलो प्रकाशमा आफ्नो दुई छोरोलाई नियाल्छिन्, भाबुक हुन्छिन्; "खै भोली यिनिहरुलाई देख्छु कि देख्दिन?", द्वन्दमा परलोक पुगेका पोइको याद नि उस्लाई अज निकै अयिराछ, बेला-बेला मरेको पोइसँग माफि मग्दै पनि-" मैले तपाईंको जेठोलाई बाचाउन सकिन, खै यि दुईलाई नि धेरै समय दिन सक्दिन जस्तो लगिराछ, मेरो उमेरका साइलीदिदी नि हिजो बितिन रे; अज म निकै गलेको छु, मुख सुख्खा, सारीर चिसो चिसो छ"
एत्तिकै मा उस्लाई पखाला लाग्छ;
रातकोको सुन्सानमा घरको मुल्ढोका खुल्छ, टुकी बोकी लालिमा निस्किन्छिन्, अनी बिस्तारै-बिस्तारै अली भिरलो ओर्लेर मकै बारी छिर्छिन्-"मेरो देशको पस्चिममा सौचालय बनाउनसक्ने अर्थिक अवस्ता छैन; तेती ज्ञान पनि छैन,"; मकै बारीको अली बिच पुगेछी, अनी अली गनाउन थालेची लालिमाले पटुकी खोली दिशा बस्छिन; उन्लाई अब राम्रै पखालाले च्यापी सकेको रहेछ - पानी जस्तै दिशा बगेको छ; अझै बगेको छ अनी लालिमा सिथिल पर्दैछिन।
"भन्न रिङ्गटा लाग्न थाल्यो, एह मइलो,माइलो।,,,," उनी चिच्यौछिन्, तर सुन्सान, चकमन्न,,, कोइ बोल्दैन। लालिमा उठ्नसकिनन्; बरु अचेत तेही ढलिन्, शरीर ढलेनी मन् अझै बलियै थियो; कोइ त आउला,,,,,तर अह कोइ आएन, बिस्तारै टुकीमा रहेको अलीकती तेल नि सक्किन थाल्यो, केही बेरमा त्यहा अन्धकार नै भयो,,,,केही बेर पछी मकै बारीमा फेरी कोइ आए जस्तो लाग्यो तर उनी थला पेरिसअकेकी थियिन।
रात सुन्सान,,,कीराको सिर्-सिर्,,, बेला बेला कुकुर रुन्थ्यो; अन्यथा निकै चकमन्न।
एती बेला उता घर भित्र माइलो निन्द्रा मा बोल्दै रहेछ ; बर्बरौदै रहेछ -" आमा म पनि उ त्यो हेलिकप्टरमा औनेछु एक्दिन; अनी तिमीलाई लग्छु, हिमाल कस्तो राम्रो देखिन्छ आमा; हाम्रो हिमाल। " अनी फेरी मस्त निन्द्राको गहिरायी मा।
भोली भयो लामिमा बिभस्त अवस्तामा मकै बारीमा भेटियिन्; सास बाँकी थिएन; अर्ध नङगो शरीरमा दिसा पोतिएको;
लालिमालाई माइलो ले दाग्बत्ती दियो; कान्छो ले केही बुजेको थिएन- उ ब्यस्त थियो माथि उडिरहेको हेलिकप्टरलाई हात हल्लाउदै- (त्यो रीलीफ ल्याउने हेलिकप्टर,,,, पछी थाहा भयो तेस् हेलिकप्टरमा नेता आएका रहेछन्- काठमाडौंबाट जाजरकोटको अवस्था बुज्न,शायद देश को माया लगेर होला नि ! "
अब ११ बर्षको माइलोमा परिवारको जिम्मा आयिपुग्यो; उस्ले के खाला ? कसरी भाईलाई पल्ला अनी के खुवौला जस्तो लगेको थियो;
सात दिन पछी मेरो यो जिज्ञासा नि मेटियो- दुबै भाई मरेछन्-प्यक्प्याकी मरेछन्, कस्ले दाग्बत्ती दियो होला?
काठमाडौं मा चै सदन अवरुद्ध भयो रे; नागरिक सर्वत्तता को लागि,,,,,,वा मेरो देश; हाम्रा नेता?"
अपील
यो बिदेशमा अनी स्वदेशमा बसेका ती साब मेरा मित्रहरुलाई हो; हाम्रो जिम्मेवारी ठुलो छ; तेस्करन मनमा यो रखी राख्नुस् कि- देश र आफ्नो दाजु र दिदी लाई हामीले केही दिनै पर्छ,,,अहिले नसके के भो र? पछी चाँही एस्त दिन आउन दिनु हुन्न, अहिले सक्ने ले अहिले केही गरे हुन्छ।
पीपलको बोट-सयौ बर्षका हजारौं कथाहरु।
पीपलको बोट मुनी आज्कल को मुनी तपस्या गर्छ र?को बटुवा बिसौछ र?
आज्कल त त्यहाँ सार्कीले जुत्त्ता सिलौछ;ठिटोले चुरोटको खिल्ली सल्कौछ।
के सोच्दोहो त्यो पीपलको बोट, उस्ले जस्तो परिवर्तन कस्ले देखेको छ र?
सयौ बर्षका हजारौं कथाहरु।, उस्को जरा हेर सर्पको मेला अनी भेला जस्तो।
यो बोटमा कती झुन्दिये;यस्को छहरीमा कयौ जन्मीये;अनगिन्ती कवीले कृति रचे;
सयौ मुनीले ध्यान गरे;खै बोक्सी ले मान्छे तर्साये भन्छन्? कती चराले गूड् बनाये,
केही शोषकले सोसण गरे;पोसकले पोसण नि गरे;कयौ प्रेमीले मिठा बात गरी मन साटे।
तर अज एही पीपल बोटको रुखमा एउटा बटुवाले मुतेको देख्दा अचम्म लाग्यो।
के तेस्लाई त्यस्तो पिसाब लगेछ?अनी फेरी एही बोट नै पएछ; नास्तिक होला साले;
म पनि त नस्तिक नै हुँ; तर म त्यहाँ मुत्न त के थुक्न नि सक्दिन;हिम्मत जुट्दैन।
त्यो पीपल बोट मलाई पवित्र लाग्छ;म सानोछदाँ आमा त्यहाँ शनिबार पूजा गर्नुहुन्थ्यो;
आज्कल आमा नि जानु हुन्न;खै किन हो? पीपलबोट अपवित्र हुँदै छ कि? कस्ले बनयो?
आस्था मर्दै छ? कस्ले मर्यो? मैले मारे- त्यो मुतुवा ले मर्यो; हामी साब ले मर्यौ,
यो पीपल बोटको मात्र कथा हैन; हाम्रो देश को कथा हो। पवित्रता घत्दै छ; देश भक्ती मर्दै छ; स्पस्ट कारण कसैलाई थाहा छैन र हामी खोज्न तयार छैनौ; बर्सौ देखी पूजा र माया गरेको यो देश लाई एक्कासी काम माया है किन गर्दैछौ?खै किन गर्दै छौ?
मर्ने कुरा नगर न भुन्टी; सर्है डर लाग्छ
सोम हिजो कतारबाट फर्केछ; १ झोला र तीन बोरा भिरी;
फेरी जान्छ रे भुन्टी, "यहाँ के छ र भन्दै थियो"
पैसो नि राम्रै कमाको जस्तो छ- कलर टि.भी ल्याछ।
भुन्टी-"तपै नि जानुस्; यहाँ खेत गरेर बच्न सकिन्न,
अर्को साल तपाईं नि आउनुस्, धन्माल कमाएर,
तर खै मैले तपाईंले ल्यएको नयाँ फरिया लाउन पाउदिन होला"
'तेसो नभन् न भुन्टी, एक त म जाँदै जान्न;
अनी तलाई नयाँ फरिय ल्याउन बिदेसै जानु पर्छ त?
ल हिड् तल दोकन जाउ, रातो नयाँ फरिय किनुला;
तैले रातो लगाको मलाई खुब मन पर्छ; सर्है सुहौछ तलाई;'
"थाहा छ हजुरलाई, त्यो दोकानको साडी त सब पुराना हुन नि;
शहर गयी; गरीबी बेची मागेर ल्याउछन्; यहाँ चै नयाँ भनी बेच्छन्।
मलाई मर्नु अगी एक इच्छा छ; थाल्लिनु अगी अनी गर्नु पये हुन्थ्यो;
नयाँ फरिया लगायी,मन्दिर मा एक्पटक फेरी बिहे गर्ने, यो पाली चै रुन्न नि।"
"मर्ने कुरा नगर न भुन्टी; सर्है डर लाग्छ;
ल बरु भोली नै तल सदर्मुकाम ओर्लिन्छु;
तलाई फरिया र एउटा बुलाकी लिएर आउछु,
तलाई बुलाकी कती सुहाउला? म नि एउटा टोपी किन्छु;
अनी अर्को शुक्रबार झ्यैइ गर्ने; तँ चै पुरेत बा लाई भन्दै गर"
"भोली बिहानै साईत गरी स्रिधर निस्किन्छ; भुन्टी लाई निदार मा चुमेर निस्किन्छ, सदर्मुकाममा दुई जोर रातो फरिय जुरायी, बुलाकी किन्छ, अनी पैसा को अभावले टोपी चै किन्न नसकी फर्किन्छ; पैसा बाचाउन दुई छाक भात् नि जुराउन सक्ददैन।
उता भुन्टी जस्लाई टि बि रोग लगेको थियो, लाई रोग ले निकै च्याप्यो, टि।बी रोग को उपचार बर्सौ गरेनी भुन्टीलाई ठीक भएन।
शुक्रबार को बिहान सदर्मुकामबाट स्रिधर फर्किन्छ; घर छिर्दा भुन्टीको अवस्था नजुक थियो, गाउ को मुखिया को सल्लह मा उस्लाई घाट लग्न सब जना ताते
कुना मा रोयी बसेको स्रिधर एक्कासी जुरुक्क उठ्यो, उस्ले भुन्टी लाई काँध मा उठायो अनी माथि मन्दिर तिर डौडियो। शायद भुन्टी को सास गको थिएन; तर म यकिन भन्न सक्दिन,
बिभस्थ माहोल थियो, स्रिधर डौदिदै, रुदै, करौदै आफ्नो काँधमा भुन्तीलाई बोक्दै मन्दिर तिर डौडिदैथियो; भुन्टीको मुख मत र्यल चुहिएको; सेताम्मे थियी।
मन्दिर मा पुगी स्रिधर ले पूजारी लाई बोलाएनन्; भुन्टीको सास सुने, कम थियो, सुस्त थियो तर थियो।
उस्ले भुन्टीलाई तेही नङगयो अनी त्यो रातो फरियले बेरिदियो; शब्द उस्को मुख बाट निस्केको थिएन, बेला बेला "लौन इस्वर, लौन।।।ग्वा घ्वा।।रुन्थ्यो" सिरमा सिन्दुर पोतिदियो अनी नाक मा बुलाकी अड्कायिदियो। एक्पल मै भुन्तीलाई बोकी मन्दिर घुम्यो, पुरै सात पटक घुम्यो
अनी तेस्पछी, भुन्टीलाई मन्दिरको भुयी मा लडायी, इस्वरको अगाडि रोयो- करायो
भुन्टीलाई हेरी फेरी मुखमा सास सुन्ने प्रयत्न गर्यो, सास थिएन, भुन्टी मरिछिन,
कहिले सास छोडिन म भन्न सक्दिन, तर प्रथना गर्छु, भुन्टीले सास सात पटक मन्दिर घुमेछी छोडिन होला।
स्रिधर कती रोयो, शायद खोला बग्यो होला; उस्ले भुन्टीलाई जलायो अज दुई बर्ष नि बिती सक्यो;
स्रिधर पनि अज २ बर्ष पछी एउटा सानो झोल भिरेर कतार जदैछ; कहिले आउला? के के ल्याउल? केइ फरक पर्छ र?
१ जोर साडी दिएनन्।
ल ल हास्नुस् भन्यो फोटो खिच्ने मान्छेले,
म खुशी थियिन; कसरी हासु?तेसैले ओठ फट्टायिदिये।
खिच्यो तेस्ले। खिचिक्क, बुज्रुक कराउन थाले-" फेरी एउटा अर्को"
मलाई सरो भाईसक्यो, फेरी अर्को बेर कस्री हाँसेको नाटक गर्ने?
फेरी खिच्यो;खिच्ने बेलाको माहोल नि अनौठो। सब रमाएक,
चुट्कीला, बस्त्र मिलायी, केस मिलयी- एउटा फोटो खिच्न नाटकै नाटक
म बिचरो यो भीडमा दाँत देखायी उभिराख्या-यहा बाट भाग्ने प्रतिक्ष्यामा
खिचिक्क, फ्ल्यास् को उजलो ले आँखा तिरी-मिरी, धन्न कसैले मलाई हेरेन।
नत्र त्यो उज्यलो मा मेरा रसिल आँखा खै के के करमत देखउथे
खास म किन निरश- निरास थिए त?
सबै रमाउँदा म किन अल्मल्लेको थिए त?
किनकी दश बर्ष यो घरको बफादार बस्दा नि,
यिनिहरुले मेरी आमा लाई निम्ता दिएनन्, १ जोर साडी दिएनन्।
मेरो आमा पर झ्याल बाट नियाल्दै हुनुहुन्छ; कती रुनु भको होल, मैले भन्दा कस्ले जन्ला।
मेरो आमालाई किन नबोलाको थाहा छ? मेरो आमालाई चोरीको आरोप छ,
आमालाई अस्ती गहना चोरेको आरोप लाग्यो, तर मलाई थाहा छ कस्ले चोरेको भनी?
दुलाह आँफैले चोरेको हो; त्यो पैसा ले हिजो उस्ले ठमेलमा रात बिताको हो,
अहिले मेरो आमा भन्दा यो बेहुली को माया बढी लाग्दै छ;
उस्को रातो सिन्दुर, सुइदोमा लग्नु अगाडि नै अपवित्र भएको छ।
खै के होला त्यो बेहुली को? कुनै दिन आँफै थाहा होला।
Subscribe to:
Posts (Atom)