Attitude


छोटो कथा,, धेरै पछी!

एउटा केटो रोएछ; सँगैको उस्को साथी हाँसेछ;
कुरा के भने दुबै जान notice board मा result हेर्दै थिए।
दुबइ जाना को नामको दहिने कुनामा रातो अक्ष्यरले F लेखिएको।
एक्छिन मै त्यहा ठेल मठेल भयो; पुरै क्लास result हेर्न अैपुगे।
ति दुई निस्के भिडबाट ; एउटा मुस्कुरौदै अर्को आँशु पुस्दै;

क्लास तिर जाँदा उनिहरुको अगाडि शिक्षक टुप्लुक्क आइपुगे;
तेही teacher जस्को subject मा उनिहरु दुबै फैल थिए;
अरु subject मा पास थिए दुबइ जान।

teacher -" केटाहो देख्यौ म सँग निहु खोजे म के गर्न सक्छु?'
एउटा केटो झन रोयो-"sorry sir ,please reconsider my result"
अर्को -झन मुस्कुरौन थाल्यो,
एह साँच्चि भन्नै बिर्सेको, दुबइ जान क्लास १० को केटाहरु र त्यो result चै sent up को result थियो।
sent up फैल भये त क्लास नचड्ने, त्यो एउटा केटो रोइद्यो, sir please भनेर खुटै छुन पो खोज्यो।
अर्कोलाई फिट्टी मत्लब थिएन, झन मुस्कुरौन पो थाल्यो।

teacher -त्यो रुने केटोलाई-"go right away I'll see what i can do , prepare for SLC "
"thank you sir "
teacher -"go "

एता अर्को केटो झन मुस्कुरौदै।
teacher -"aren't you shameful about yourself and your result'
student-"yes sir"
teacher-"what kind of shame; about your failure? about your attitude? laziness? indiscipline ?
student-"none sir!"
teacher-"then MR. what are you shameful for; you answered yes to my first question..speak or then
i'll smack you"
student-"a dog bites me once, shame on the dog; bites me repeatedly, shame on me for allowing it."
teacher-"you called me a dog? how dare you?"
student-"sir i can happily dare to wear the foolish clown face; this result makes me look like a clown;
but i know my capabilities"


चर्का-चर्की बढ्दै गयो; आवाज ठुल्ठुलो हुन थाल्यो; त्यहा अरु teacher र principle समेत आइपुगे।
teacher ले त्यहा केही momentum पाउने सम्भावना देखे ;

teacher-"principal sir यो केटा नै हो फैल भएको; बाबु किन नपढेको; किन सिरियस नभएको भन्दा मलाई vulgar शब्दहरु use गर्न थाल्यो; एउटा discipline छैन यो केटामा. sir i wish you take action against this student and insure he's not able to sit for SLC; rather if possible such disgrace must be immediately resticated"

केटो मुस्कुरौदै बस्छ

principle-" don't you feel ashamed? and on top of that your are smiling,( त्यही हरेक नेपाली teacher हरुको famous dialogue) don't you dare show me your teeth"

केटो मुस्कुरौदै बस्छ

teacher-"हेर्नुस् त sir; यो केटाको attitude । कस्तो आमा-बुवा होलन् एस्तो केटोलाई हुर्कौने; ओइ के गर्छन् तेरो आमा बुवा?"

केटो झन्क्क रिसौछ; मुस्कुरैरहेको उस्को अनुहारमा लाटो रिसको रातो पन देखिन्छ।
student-" Principle sir you can throw me out of the school instantly but i want my paper to be re
checked here and now by some one else; you choose him"

त्यो teacher रातो हुन्छ; कुरा divert गर्न खोज्छ

teacher-"you are accusing me of failing you deliberately? No your paper will not be rechecked"

student-" I am talking to Principal sir; Sir you can throw me out instantly, please sir"

principle -"सुरेश (peon) जाउ त यो केटाको maths पेपर लिएर आउ; साचो लेउ. tell him your number"

student-" 06969"

त्यो teacher निकै अफ्ट्यारोमा देखिन्छन्; "totaling छोरोलाई गराएको थिए"

एकै बेरमा peon ले ल्यैपुरौछ

Principle हेर्न थाल्छन्;

student-" sir i think i can go now; i'll not complain if my marks remains unchanged, sir but i deserve
to sit for SLC"
फर्किने बेला त्यो teacher तिर फर्किदै- "मेरो बा-आमाको नाम नलिएको भये मलाई मत्लब लग्थेन। तेसैले झुक्केर पनि कसैको आमा-बालाई गाली नगरनुस्। अगी सोध्नु भको थियो नि हैन; मेरो attitude को बारेमा; जवाफ attitude ले नै दिये। sir भोली आउन सक्नु भयो भने भेटौँला क्लासमा।

(teacher दवाडी जस्तो चोर थियो साला; अफु सँग tution नपड्या रिस पोख्या थियो। साला बुद्धी छ भने किन डरौने? )

sagun'e

तिहार


लोडशेडिङ बिर्सेंर सब बत्ती बाल्दै; अझ सक्नेले त झल्लर- का झल्लर घर-घर झुन्डौदै;
नसक्ने ले सकी- नसकी सस्तो मिसवटी तेलको दियो बाल्दै.... मानौकि आउशीको यो एक रात आकाशमा लुकेको चन्द्रमालाई "Oh Mr Moon we can Glow and Glitter even without you' भन्द्या जस्तो।

हुन त नेपाली मै भन्न सकिन्थ्यो तर नेपाली लोड्शेद्दिङको Official भाषा भएको पारीवेशमा त्यो नेपालीमा भने अली unsubstantial, illusory हुने जस्तो लाग्यो मलाई; तेसैले यो भाषा प्रयोग गरेको हो. एधपी नेपाली भाषाको अपमान गर्ने दुसप्रयास भएको हैन।

जे होस् तिहार कित्रिम रङीन बत्ती; प्यलाका दियोहरु र पिल्-पिले मैन्बत्तीको चाड हो। सबको कोशीश उज्यालो दिनु होइन; चम्किलो रवाफ देखाउनु जस्तो लाग्छ मलाई। जस्तैकी मयल-नै मयल भएर ननुहाएको गरीबलाई आभुसणले पुर्द्या जस्तो।
पहिल पहिल हुन्थ्यो एस्तो रे; सामन्ती राजाहरु प्रजाको गरीब महिलालाई यसरी नै सजौथे अनी प्यास बुजेपछी तेही त हो; त्यही फोहोर त्यही महिलो।

तर यार एस्तो सोचको बिच साँझ कौशी चड्छु; साला अत्ती रमाइलो लाग्छ। क्या गज्जब? कती राम्रो सबै सझिएको; सबै सुहाएको। अनी त्यो कातिके चिसो बतास; अध्यरो आकाश अनी नेपथ्यको देउशी भईलोको गीतहरु।रमाइलो र आनन्दको पारीभाषा भन्दा माथि- धेरै माथि

घरको ढोका बहिरको साना ठिटा-ठिटीलाई जब देख्छु, केटाहरु "भइली राम" केटीहरु "देउसुरे", हाहा उल्टो तर रम्झममा सब चल्छ। मक्सद रमाउनु नै त हो; सब चल्छ।

सबै रमाइलो छ। तर सब रमाइलोसँग पुरना सम्झनाहरु पनि झुन्डेर औछन्। मेरो घर; तेरो घर;भनौ भने हरेक नेपालीको घर अहिले अपुरो छ । कोही दुबइ, कोही खाडी, कोही अमेरिका त कोही नेपाल कै कता कता;
आजभोली को तिहार हिजो-अस्तीको याद भन्दा नमिठो छ।

हरेक आमा यहाँ," सेल पकाउ?", "कस्ले खान्छ?", आँशु झर्छ; सामाजिक बिडम्बना चाड-पर्व मनाउनै पर्‍यो।
हरेक बा यहाँ, "मादल ठटाउ? ", "नाच्ने गाउने छोरो छैन";
हरेक दिदी यहाँ, "सात रङ किनु?", "टिका टास्ने निदार छैन"
हरेक भाई यहाँ, "पैसो खाममा हालु?", "दिने दिदी कता कता?"

एक दिन जब सब ठीक हुन्छ। हरेक दिन एसरी नै बत्ती बल्छ; त्यो दिन जब , बर्सौ देखीको थाती रहेको लक्ष्मी माताको आशिर्वादले हम्लाई छुन्छ एक्मुस्ट; त्यो दिन तिहार भब्य हुन्छ।

त्यो दिन हामी सबैसँगै तिहार मनाउला, देउशी भाईलो गाउला,तब सम्म उही त हो;

हरेक आउने तिहार हिजो अस्तीको भन्दा नमिठो-फुस्रो-फिक्का नै हुनेछ।

happy tihar केटा-केटी हो

कहिले काही कथा फुर्छ। लेक्ने कोशीश गर्या हो।

sagun'e

कलम किन्ने पैसा थिएन

म चाहन्थे लेखक बन्न;
कलम किन्ने पैसा थिएन;
एसो सोच्दा पहिले-पहिले प्वाखले लेख्थे;
कोशीस गरु भनी डेढ्अक्कल लगाये।
प्वाख झिक्न चरा मारे;
प्वाख पये बल्ल सोचे मशी थिएन;
चराको रगत जम्मा गरी चोप्दै शब्द खोजे; रगत सुकिगयो।
दुई शब्दको गजल बनेन।

एक दिन कलम चोरे;
कागज कोर्दा गजल बनेन;
गजल सिक्न इस्कूल छिरे;
त्यहा त मन् नै बसेन।

त्यस्पछी मैले चरालाई सुने;
सुन्दै गजल कोरे त्यही;
उस्ले सुनयो , दु:खको गजल गायो
उस्को सानोलाई कसैले मारिदियो रे।
आलाप- बिलाप गर्दै थियो

मेरो खल्तीमा उस्को सानोको प्वाख थियो,
मैले कलम अली अघी चोरेको भए;
मैले उस्लाई नमारेको भये?

sagun'e

सम्बाद


एउटा मान्छे घण्टाघर अघी धर धर रोयिरहेको
भक्कानो नै छोडेर
एउटाले सोधेछ-
"के भो भाई?"
झन रोइदियो,
"के भो भन न भाई?"

रुदै भन्यो- 'म हराए'

ढाड थप-थपौदै
-"का तिम्रो घर?;
म पुरैदिन्छु"

झन रुन थालेछ;

"भन न भन म पुरैदिन्छु;
खोज्ने कोशीश गर्छु"

आशु पुस्दै-'याद छैन'
भक्कनो,,,
भक्कनो,,,


भक्कनो,,,


"मलाई तपाईंको घर लग्दिनुस् न"
.....................
एक्छिन एता वाक रोकिन्छन् ; उता आशु

मन्मनै "फस्यो बा,नमज्जाले फस्यो"

मोबाईलमा फोन आको जस्तो गर्छ,

"हेलो.... म आए....तुरुन्तै आए "

आँखा नजुदायी
"एह भाई मलाई हतार छ;"

त्यहा बाट निस्किन्छ

रुने मान्छे मुस्कुरौछ;

मुस्कुरौछ;
.
..
...
....
.....
आशु पुस्छ;
कालो चस्मा लगौछ;

सिग्रेट फुकेर हाँस्छ फेरी पनि

नाटक सकिन्छ।

संसार नाटक हो-
कुरा एती मात्र हो;
कस्ले कस्तो अभिनय गर्छ;

कस्तो चल्दै छ केटा-केटी हो?
नाटक चल्दै छ?

कुरा एती हो ; यो सम्बाद मैले एस.एल.सी को जाच मा लेख्या भये कति पौथे ५ मा?
मत्लब छैन।
तर त्यो बेला लेख्न सकिन; दु:ख लागिराछ.

sagun'e

भुइँचालो


त्यही त हो; फेरी मेरो छोटो कथा।

जिन्दगीले उस्लाई सार्है रुहायो;

धनी थियो; गाउको मुखिया।
 जन्मदा घरमा नोकर चाकरको कमी थिएन।
जावन छदा नै गाँउको मुखिया; जिन्दगी आनन्द थियो।

त्यस्पछी २०५२ सालमा जनअन्दोलन सुरु भो।

जुम्ल्या छोरा-छोरी थिए, एक्दिन दसैंमा पिङ खेल्दा; बमले एता-उता छरिएको मासुको डल्ला-डल्ली भये।

पोस्ट मोर्टेमले पनि कुन कस्को अङग-टुक्रा छुटौन सकेन। एउटै plastic को बोरामा छोरा छोरी (को टुक्रा-टुक्री)लाई एउटै चितामा जलायो। 

सार्हो मान्छे थियो बाबै, त्यस्तो अवस्तामा पनि अफुलाई सम्हालेको थिए।

त्यस्पछी, 

आफ्नो छोरो छोरीको दोशीलाई कारबाही गर्न उस्ले तत्कलिन मावोबादी जिल्ला comrade को बिरुद्ध खुलेरै पत्रीकामा प्रकाशन गरे; अदालतमा मुद्दा हाले; पुलिस मा रिपोर्ट लेखाये।

रिपोर्ट लेखेर घर फर्किदा; जाहन घरमा थियिनन्। त्यो दिन देखी उस्ले जहानलाई देखेको छैन। 

१ महिना पछी बेपत्ता भनेर पुलिसमा रिपोर्ट लेखौन सदर्मुकाम गयो;
एस्पली घर फर्किदा- घर थिएन; घर भएको ठाउँ पुरै जलीरहेको; धुवै-धुवा।
कानुनी राज्यमा विश्वाश गर्ने उ फेरी रिपोर्ट लेखौन सदर्मुकाम पुग्यो।

यो पाली घर फर्किदा; उस्को घर र खेतमा लाल झन्डा गाडीएको थियो। 

जिल्ला comrade ले उस्लाई गाउ छोड्न २ दिन समय दिए, नत्र ज्यान मर्ने (जन कारबाही) गर्ने मौखिक सन्देश पाठये।

त्यस पछी उ जिल्ला फर्केन। ......................काठमाडौं छिर्यो।

२०६० साल देखी आज सम्म उ काठमाडौं मै छ। धेरै कुरा परिवर्तन भईसक्यो। काठमाडौंमा किराना पसलमा भरियाको काम गरेको आज ५ बर्ष भयो।
उस्को घर अजै मावोबादीको  कब्जामै छ
........ श्वासनीको खबर छैन;
..........छोरा-छोरीको मुद्दा रद्द हुँने क्रममा छ।(आम माफि पक्का छ।)
.........तत्कालिन  जिल्ला comrade tie -suit लगाउने सब्य सभासद'ज्यु' भाईसके।

हिजो करीब साबा छ बजे काठमान्डौमा  भुईँचालो गयो; 


भागाभग भयो; 

उ हल्लेन- बिजुलीको पोलको मुनी बसिरहेको उ; भुइ हल्लिदा पनि एक पटक हल्लेन।

एकै छिन् पछी C -TV मिडियाको कुनै music request program को एक जवान सम्बाद्दाता (जो बटुवालाई भुकम्प को experience share गर्न request गर्दै थिए) उनी कहाँ आइपुगे।


 (live programme थियो)

"दाजु भुकम्प आउँदा कस्तो लाग्यो?"

'खै?'

"पहिला एस्तो भुकम्प experience गर्नु भएको छ (अङ्रेजी slang मा) i mean एती large ?"

'(मुसुक्क हाँस्छ) छ'

"हमीसँग share गर्न चाहनु हुन्छ? i mean अली अली भएनी  (अङ्रेजी slang लवजमा  ) "

ल सुन्नुस् न त अली-अली(मुसुक्क मुस्कुरौदै),,, अली अली।  


'५२ सालबाट हरेक दिन, कहिले सानो- कहिले ठुलो'

"हरेक साल अको छैन त as far as i remember.i think your are confused  "

'छ, सुन्नुस् ५२ साल बा बित्नु भो...... 

५९ साल बमले मेरो छोरा छोरी टुक्रा- टुक्रा भये- सब टुक्रा समेटे, एउटै बोरामा हालेर जलाए........... 
६० सालमा मेरी बुढी अपहरणमा पारी, अझै केइ खबर छैन...... 
त्यही  साल मेरो घर पनि कब्जा भयो .....
६० साल देखी अहिले सम्म हरेक दिन  मेरो जिन्दगीमा भुइचालो आइराख्छ, 
यो भन्दा निकै ठुलो भाई, (मुस्कुरौदै निकै ठुलो)
 

(गम्वीर मूडमा)केइ सोध्न-बोल्न सक्दैन।  "कुन गीत बजाउ दाई? dedicate गनु हुन्छ? "

'जुन बजाउनुस्। '

"कस्को लागि?"

'comrade राम धर्ती मगरको लागि(, साथ् साथै सबै मवोबादी comrade हरुको लागि'
(मुस्कुराउछ)

क्यामरा बन्द हुन्छ,

'भयो भाई, म गये है त; (मन्मनै) साला भुइचालो  experience (फेरी मुस्कुरौछ)'

(सिम सिम पानी पर्छ)

'एह भाई घरहरु त भात्केन नि?'

"भक्तपुर मा भात्क्य छ रे दाई"

'संबिधान सभा भवन ढलेन?'(
फेरी मुस्कुरौछ )

(त्यो VJ मुस्कुरौछ) " छैन दाई; खबर अको छैन। 


Sagun’e
2068/06/02 9.00 pm

(राम धर्ती मगर-काल्पनिक नाम, कसैसँग मिल्न गएमा सम्योग मात्र)

ड्रग्स


फेरी अर्को छोटो कथा।

"ब्रो आफु सँग प्रोक्सी या अरु ट्याब छ?
पार्टी मेरो त खप्पर नै चरक्क चर्केर, गिदी निस्केला जस्तो भईसक्यो।"

'छैन त सोल्टा, अगी एक स्टिक जि थियो; त्यो तानेपछी हल्का सन्चो भाको छ।

"पार्टी एसो हेर न यार; केइ फर्मुला हरु छ कि? नत्र एक जोइन त होला नि?"
'सोल्टी पनि भएको भये दिन्थिन,,, क्या'

छट-पट,छट-पट,छट-पट,छट-पट को बिच, कोठाको छेउमा एउटा चुरोटको ठुटो देख्छ।
"ओहो चुरोस्को ठुटो रइछ, पार्टी सलाई लेउ त"

हात थर्-थर कामेकोले सलाई कोर्न सक्दैन, रिस उठ्छ, सलाई कुनामा फ्याकिदिन्छ।

फोन थिच्छ, फुल् रिङ्ग जान्छ, उठ्दैन।

छट-पट बढ्न थाल्छ।

"ल पार्टी त सुत्देछ, पार्टी-पार्टी बाहिर निस्किने हो? (no answer ) मुजी साला सुतेछ।"

फेरी फोन लगौछ, "सोल्टा फोर्मुला छ? ब्ल्याक ? जि भये नि चल्छ?,,, के भन्या?

(काइे,,कुइ,,अड्की अड्की ),, लाइन काटिन्छ।, fuck

फेरी फोन थिच्छ, "your balance is getting low please recharge……
रन्डी, balance नि सक्केछ,,,, डो पनि छैन।

एक्कासी कोठाको अर्को कुनामा उस्ले dizepam को vial देख्छ, सुइ पनि चेउ मै थियो।

जुरुक्क उठेर त्यहा पुग्दा सिसी खाली हुन्छ, "fuck चिच्चौछ।

एक्कासी कोठाबाट बाहिर निस्किन्छ।

...........................
छट- पट निकै बढीसकेको थियो; हात खुट्टा थर्-थर कापिरहेको;
साँझ पनि ढल्दै थियो; साँगुरा गल्लीहरु छिर्न थाल्यो;

"उताबाट कोइ आईमाई आको जस्तो छ, सिक्री तान्छु अब"
नजिकै पुग्दा बत्ती बालेर बाईकहरु अको-अै गरे; हिम्मत जुरेन,

"रन्डी बाईकहरु"

हिद्डा-हिड्दै उस्को हालत खत्तम भईसकेको थियो; गोडा कामेर हिंड्न अफ्ट्यारो भईसकेको

सडक पारी उस्ले एउटा खाते केटो दुधको पोकोमा डेन्डड्राइट फुकी रहेको देख्छ।

सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
(दुध को खोल फुक्दै, फुस्कौदै)
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु

सडक काटे पछी त्यो खातेको हात बाट त्यो packet खोस्छ;

त्यो खाते केटा ले-'दे म्याची$नी ,ओ दे म्याची$नी'

" साला खाते जान्छस कि मुजी तलाई हेइ ढाल्दिउ?"

खाते बच्चाली आँखा तर्छ अनी मुख छोडि नै रख्छ

"तलाई जा भन्या हैन साला खाते; आँखा तल झार; साला आँखा झिक्डिउला"
(खाते बच्चालाई मुख छोडेर लात हानेर झापाड हन्दिन्छ)

त्यो खाते अली पर पुगेपची-" त म्याचीक्# लाई पख, तलाई मार्दिन्छु भनेर भाग्छ

"अझ करौछस मुजी खाते'"

अब उ त्यो डेन्डड्राइट मस्त सुङेर बस्छ।

सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
(दुध को खोल फुक्दै, फुस्कौदै)
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु

कारीब ५ मिनेट सुङे पछी हात- गोडा कापेको कम हुन थाल्छ।
नाशा नहुँदाको छटपटै बाट उ नाशाको घुमैमा रम्न थाल्छ।

सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु

कारीब ३० मिनेट पछी उ पुरै नाशामा रुमल्लीसकेको अवस्थामा hallucinate गर्न थाल्छ,
पर बाट आफ्नो सानो छोरो बुवा भन्दै अफु तिर डौडिएको देख्छ।
आँखा मिच्छ, त्यो आफ्नै छोरो जस्तो लाग्छ।

एक्कासी त्यो सानो केटो उस्को अगाडि आइपुग्छ; अनी हातको इट्टाले उस्को टाउकोमा हान्छ.............. फेरी हान्छ;

नाशामा डुबेको उस्ले चिच्चौन त के अैया पनि नभनी; अचेत हुन्छ।

अनी त्यो खाते बच्चा मुख छोड्दै त्यो इट्टा फ्याकेर उस्को हात बाट त्यो packet खोस्छ।

अनी डौडेर सडक पारी हुँदै भाग्छ।

१० मिनेट डौडे पछी त्यो खाते केटोले खल्तीबाट डेन्डड्राइट को tube झिक्छ अनी दुधको तेइ पोकोमा हालेर फेरी सुङ्न थाल्छ;
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु
सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु सम्म्म्म्म्- स्मुमुमुमु

sagun'e
2068/05/23

हजाम


अर्को ५ मिनेट कथा:


"एह लम्बु भइया कपाल मिला त।"
'कती छोटो पर्ने हजुर?'
"ठीक्क काट न लम्बु"
(मन मनै, साला तँ भनेर कुरा गरिराछ; मादर चुद)
'अस्ती काटेको जस्तै हजुर?'
"ओह मुजी भईया बिहान बिहान बिडीमा गाँजा बालिसकीस् कि क्या हो?,,, तँ छुसी ले अस्ती जस्तै बाङो-टिङो काटिस भने साला……..!"
(मन मनै; साला राँड को छोरो, बोल्ने सोमत बिर्सेंछ)

हजामले सेफद कपडा झिक्छ अनी घाटी मुनी बेर्छ, अनी मेच अलि अगाडी सार्छ,

फिस्फिसेले कपाल भिजाउछ;
फिस,,,फिस्,,,फिस्,,
फिस,,,फिस्,,,फिस्,,
फिस,,,फिस्,,,फिस्,,
फिस,,,फिस्,,,फिस्,,
काट्न थाल्छ,
कट्,,कट....कट्कट्कट, कट,,,कट,कत्कट
कट्,,कट....कट्कट्कट,
कट्,,कट....कट्कट्कट,

कहिले मोटो काइयो त कहिले पातलो काइयोले,
कट्,,कट....कट्कट्कट, कट,,,कट,कत्कट
कट्,,कट....कट्कट्कट,
कट्,,कट....कट्कट्कट,

'हजुर साइड-लोक राख्ने कि नाइ?'
"राख न पातलो"
फेरी काट्न तिरै लाग्छ,,
कट्,,कट....कट्कट्कट, कट,,,कट,कत्कट

करीब १० मिनेटको कटाइ पछी, हजामले ब्लेड भाचेर छुरा लगाउन लाग्दा,
"ब्लेड नयाँ हलिस हैन लम्बु, म अरु जस्तो हैन फेरी, तैले जे गरेनी चुप्प लागेर बस्ने?"
'के कुरा गर्छ हजुर, हामी सबैको लागि ब्लेड फेर्छौ'
"मलाई सब थाहा छ साला; बडी कुरा नगर; लोबी भाईया; तिमी हरुलाई के फरक पर्छ र हामीलाई ऐड्स सरेर, साला"
'म अगी बाट सहेर बसेको छु, एस्को मत्लब यो हैन कि तपाईं मलाई हेप्दै जाने'
(जोस्सेर, रातो मुख लगौदै)
"ओए दुई कौडीको हजाम साला, तँलाई सत्य कुरा भन्या पचेन; साला मुजी कुकुर लाई घुउ पचेन कि क्या हो?"
'मादर चुद साला कुकुर भन्छ हामीलाई; हामीले ब्लेड नफेरेर ऐड्स सार्यो;ओए मनोज, होपेश, एता आइहलो त'
(हजामले एत्रो बेइजत सहन सकेन,नज्जिकै बसेका दुई साथी मनोज र होपेशलाई बोलयो अनी त्यो मान्छे लाई कस्सेर समाउन लगयो)
'साला , हेप्ने नि सिमा हुन्छ; हामी पनि मज्दुरी गर्ने हो, साला हेप्छ'
(उस्ले एक्काशी सटर भित्रबाट लगौछ)
"ओह मुजी भाईया यो क् गर्दै छस्; साला तलाई भारी पर्छ"

'भारी त अब कस्लाई पर्छ, मनोजवा-होपेशवा जरा कस्के पकड्ना'

हजाम्ले कपाल छुरा ले आलु तासेको झै तासी दिन्छ;

(त्यो मान्छे चिचौछ तर हल्लिन सक्दैन,, सटर बहिर मान्छेको भिड जम्मा हुन्छ, हुलले एक्छिन मै सटर खोलिदिन्छ, तेती बेर सम्म त्यो मान्छे को आधा टाउकोमा कपाल हुँदैन।)

हजाम हांस्न थाल्छ, हा,,हा,हा,हा,,, साला गरीबलाई हेप्छ। एत्तिकैमा एउटा बच्चा भिड बाट निस्किन्छ नै त्यो मान्छे लाई हेरेर "कस्तो हेर स्ट्यल” भनेर हाँस्छ, हजाम नि मरी मरी हाँस्छ
हा,हा,हा,हा,
एत्तिकै मा हजामले सब मान्छेहरुलाई साँचो कथा सुनाउछ, उस्ले आफ्नो बेजती गरेको अनी अफुलाई आरोप लगाएको कथा पनि सबलाई सुनौछ।
त्यो मान्छेको तल्लोलाई हेप्ने बानी रहेको र सब साहु- पसलेहरु सँग पनि नराम्रा कजहरु पेरिसकेकोले सबले हजम को कुरा नै सही हो भनेर एकै छिन्मै बुज्छन् ।

सब ले ठुलो गोलो बनाएर त्यो अर्ध- टक्लु घमन्डी मान्छेलाई हेरेर हांसे.
हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,
सब पेट मिची मिची हाँसे।

त्यो अर्ध- टक्लुको एस्तो बेज्जत भो कि उ रुन थाल्यो,
त्यो देखेर सब जना जन् हांस्न थाले.
हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,हा,,

त्यो दिन देखी हजामको इज्जत र ग्राहक झन बड्न थाल्यो र उस्ले आफ्नो पसलको नाम पनि "Raju's हामी सब एक barber shop" राख्यो,,,
साला हजाम न पर्‍यो आफ्नो नाम सुरुमा रखी छोड्यो।

"Raju's हामी सब एक barber shop"

हा,,हा,,हा,,हा,हा,,
Sagun’e

स्याउ


अर्को ५ मिनेट नाटक

"आहा क्या रसिलो स्याउ, खानुहुन्छ?", सानो स्वोरमा
'अह,अहिले मन छैन।'
"कम से कम एक बाइट त लिनुस्"
'अहिले नाइ'


एक्कासी माथि तिर हेर्दै,"आहा कती धेरै स्याउ, त्यो त अली कती तन्क्यो भने हात मै पर्छ। "

'अब तन्किने, हल्लिने कुरा चै नगरनुहोला कम्रेड; बन्करको केही मिटर उताबाट हामीलाई आँखा नझिम्की हेरिरहेका छन्। यहाँ एक गल्ती तपाईंको मात्र हैन मेरो ज्यान को माथि पनि खत्रा हो। '


"३ दिन बाट केइ खको छैन कम्रेड, म बिस्तारै गर्छु।"


(पहिला घुडाको बलमा अनी बिस्तारै टुक्रुक्क बसेर उ जुरुक्क स्याउ टिप्न उफ्रिन्छ,, उटा बाट ५ राउन्ड गोली चल्छ।)


द्यङ्रङ्ग,,,कम्रेड साथीको लास झर्छ। २ टा गोली खोपडीमा ३ टा छाती मा, त्यो द्रिस्य हेर्दै टोलो पर्छ। सास पनि चेक गर्दैन; बाँकी हुने चान्स नै थिएन।


स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक
यो त्यो डरको आवाज थियो; उस्को आफु भित्रको आवाज जो उस्को कान सम्म बजिरहेको थियो।

गोली रुखमा नि लगेकोले; फाट्ट-फुट्ट स्याउ नि झर्दै थिए।

स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक

एत्तिकैमा ,
घाटी पछाडिको त्यो चिसो र सुक्खापन उस्ले महसुस गर्छ। उस्लाई पानी खान मन लाग्छ। छेउको पानीको बोटलमा एक थोपो पनि पानी थिएन।


स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक


बन्कर को सानो प्वालबाट उस्ले चिहाउछ। त्यो चिहौने आँखामा त्यही बखत गोली लाग्छ। गोली देब्रे आँखामा लागि छर्राले मगज चिर्छ। दाहिने शरीर लाटो हुन्छ; चल्न त के हल्लिदा पनि हल्लिदैन।


भगवान सम्झिन्छ; तेस्पछी श्वासनी-छोरा;
रुन्छ,,
ठुलो आवाजले रुन्छ,,
रन्डीको छोराहरु,, घ्वा-घ्वा,,
रन्डीको,,ऐया,,घ्वा-घ्वा,घ्वा।

उस्को बोली पनि बिस्तारै सिथिल हुँदै जान्छ।


उताबाट गोली थम्मिदैन।

घाटी पछीडीको त्यो चिसो तिर्खा र त्यो प्यास झन बड्छ।

एत्तिकैमा ,
अफुलाई गोली हानेर मर्ने सोच गर्छ,, खल्तीको पिस्तोलमा हात पुग्दैन- हातको भरी बन्दुक हल्लाउन सक्दैन। अब त्यहा हिम्मत र आशा मरिसकेको हुन्छ.

स्या,,स्या र् ढुक-ढुक
स्या,,स्या र् ढुक-ढुक

उस्ले स्याउ खाने निर्णय गर्छ।
उस्को देब्रे हात--जुन अली-अली चल्छ; त्यस्ले घिसार्दै मुख सम्म पुराएर एक बाइट सकी -नसकी टोक्छ।

स्या,,स्या र् ढुक-ढुक बिच स्याउ चपएको चप-चप आवाज नि थप्पिन्छ।

स्या,,स्या र् ढुक-ढुक-- चप-चप

'क्या रसिलो स्याउ'; अघी आफ्नो साथी काम्रेडले पनि तेही भनेको सम्झिन्छ।

फेरी अर्को बाइट लिन्छ।

एक्कासी बन्करमा उताबाट फलेको बम आइपुग्छ।
आँखाले देख्छ;हिम्मत र आशा मरिसकेको अवस्थामा उ मुस्कुरौछ अनी

एक बाइट स्याउ टोक्छ।

मुस्कुरौदै आँखा चिम्लिन्छ, 'फकिङ लाईफ'

...................................
बम पड्किन्छ.


स्याउको बोटको सब स्याउ बुर-बुर झर्छन्; दुबै जान स्याउले पुरिन्छन्।

sagun'e

पोस्टर

गौसाला चोक;गाडीको लहर, रोकिएका, रातो बत्ती, भुडे पुलिश;
बाटो काटिरहेका चलायमान मनिषको बथान,
पर एरपोर्ट, धुम्म आकाश;
एक- दुई खाते केटा-केटी गाडीमा हात हल्लाउदै भिक माग्दै;

पोस्टरको बिच मा तीन पात्र;म मोटरसाइकल मा,,, टोलौदै, २ जानालाई हेर्दै एक टक ;
एउटा डुडो बैशाखीको बलमा उभियिरहेको अर्कोलाई टोलौदै;

त्यो अर्को- साईकल जस्तै व्हीलचेअरमा मुस्कुरौदै; हातको बलमा हो कि मनको बलमा,,,,,पोस्टेर जाँन्दैन, पोस्टरका कोही पात्र जान्दैनन।

१० सेकेन्ड पछी पोस्टर हराउछ

सुरीको आँखाले मैले हेर्दा, अनी तेस्लाई क्यामराको अभावमा शब्दले लेख्दा,,,,,

title due 1

धमिलो सन्ध्या र कालो रातबिचको केही पल निकै रमाइलो हुन्छ; यो समय मा निकै रामौछु। त्यहाँ तारा पनि देखिन्छ र पर डाँडाँमा अस्ताएको घामको लाली पनि हुन्छ। अझ ठमेल छिर्ने गार्डन अफ ड्रीम्सको अगाडि झनै अर्को संसार सुरु हुन्छ;त्यहाँ दिनभर दफ्तरमा थाकेर फर्केक अध्भैसेहरु फूट्पाथमा गफ चुट्दै हिंडेक देखिन्छ;त्यहा युवा हुन्छन्; गफ अनेक-"रज्निती;लोड्शेद्दिङ;बोबमार्ले;चेल्सी; अन्जेलिना जोली। चहलपहल बध्दै जादा; वारी पारी धेरै ठिटाहरुका आँखा गुमेकोघुमै;भ्याइनभ्याइ आँखाहरुलाई। श्रिङ्गारले ढाकिएका सबै राम्रानी होइनन्; तर हेर्थे सबले- मुखै नै त हेर्न पर्दैन नि।
रात पर्यो बिस्तारै; म अझै टोलौदै थिए; चिसो भयो; जौ न त कफि खान;छिरे म "जाभा"; अँ उही सानो संसार वाला जाभा, बसे एक्लै अनी क्यापचिनो मगाये;वारी पारी टोलये; ठिटीहरुले फुकेको चै मननै नपर्ने मलाई; तर जो नि फुक्दा रहेचन जस्तो भान भयो। बाफ्रे; समाज धेरै अगाडि पुगिसकेको राइछ; आनन्दको गीत बजिरहेको थियो; कुन थाहा छैन; तर कानमा अनौथो सन्चो।
कफि आइपुग्यो;ओहो! फीजनै फीज भएको देख्दै बाक्लो; एक्चुस्की लगायिहाले; छ्या मुख नै तितो भो;अनी हाले चिनी; ओहो क्युबवाला रइछ। पहिला दुईटा हाले; स्वाद आएन; अनी फेरी दुई थपे; अह आएन;अनी जोशमा चारवोटा हालिदे; घोले; घुमाको घुमै; त्यो ठिटीले सल्काको ठुटोनी सक्केछ;म चै घुमाको घुमै;अब के गर्नु त? घोल्यो- घोल्यो; चम्चा एसो उठौदा, चिनीको टुक्रो ठ्यास्स देखापर्ने। अब सब घुल्यो; अनी चुस्की लगाये; ओहो बढी भएछ; घाँटीमै लाग्यो; बरु ल-कयम्पस अगाडिकै कफि मिठो; सस्तो पनि।
पिउदा पिउदै; वेटर आयो, "सर अरु केही लिनु हुन्छ?"; "हैन एक्छिनमा"; साँच्चिभन्दा मसँग धेरै पैसो थिएन,तर नि रेस्टुरेन्टमा "नो भयो" भन्न साह्रै लाज लग्ने, अली लजालु नै हो म नेचरले ; तेसैले एक्छिन पछी भनीदिये, कफि नि सकियो;"भाइ बिल ल्याउ"; एता उता हेरे; एउटा केटी सँग आँखा जुध्यो; चिन्या-चिन्या जस्तो लाग्यो- मुसुक्कै मुस्कौन लाकोथिए- केटीले टाउको घुमैहाली; "ओहो attitude । मलाई बाल!"
वेटरले बिल ल्यायो - तिरे अनी निस्के;बाहिर चिसो; ओहो साह्रै चिसो; ब्यागबाट टोपी निकाले अनी लगाए; अनी हिंडे;
ह्या माईक्रोमा जान्न आज। चिस्चिसो हावामा गोजीमा हात छिरायी हिंड्नुको मजै अर्को छ। अझ भखर पिएको कफिको भित्री तातो ले मेरो पेट चै मिठो-पोल्दै थियो।गाडी कती नि आज भोली काठमाडौंमा?, एक्कासी आँखा त्यो सडक पारीको street lamp मा पर्छ। फुर्‍र-फुर्‍र किराका बथान, "एउट क्यामरा हुनु पर्ने, खिचिक्क, दरो औथ्यो।; खेर केही छैन, यी बथाने किराहरु नि यही सल्बलैरख्छन; म नि एतै रङ्मग्गिरहुन्छु; कुनै दिन खिचुला।
हिंडे अनी, अनी गोजीबाट i- pod निकाले। ०९ को चिसोमा समर अफ ६९ सुन्दै, बल्ल कान सन्चो भयो; नत्र गाडीको हर्न, वाक्क लाग्ने।अली अली गाउदै नि थिए, जे होस् रमाइलो भाईराको थियो। हिड्डा- हिड्डै जमल आईपुगेछ।
जमल पुग्दा त्याहा सडक को बाँया तिर मनिसको बथान देखे। सम्योग मात्र हुन सक्छ, street light कै तल। हाहा,, मान्छे र किरा, झुम्मिरहेका। जिज्ञासा उठ्यो? मान्छे न हुँ- के भएको रहेछ?भिडमा चियाउने बित्तिकै दुई बेक्ती को भनाभन र तेस्को बिचमा एउटा ट्राफिक पुलिस लाई देखे। पुलिस लाई दुबै हातमा लद्दु। मुस्कुराये,, अनी वास्ता नगरि निस्के, i pod मा scorpions को you and i बजिरहेको रहेछ। उस्को याद निकै आयो. सडक पारी नि फेरी तेही पानी पुरीवाला। मुस्कान कम नै भएन; न त उस्को याद नै।

एत्तिकैमा दहिने खल्तीमा मोबाईल थर्केको (vibrate) भएको जस्तै लाग्यो; निकली हेर्दा उस्कै फोन- 'हेलो, was just missing you!!'
रितु-'were you?
म-'why would i lie?'
रितु- सुन न, तिमी कता/
म-'घर जडै छु रितु। किन र?
रितु-'एक्लै?'
म- 'बेलुक सधैं एक्लै त हुन्छु त। आज किन एक्कासी यो question?
रितु-' तिम्रो के भर? एता एउटा gf उता अर्को;'; ए साँच्चि के भन्न call गरेको भने; tomorrow we are Going together or separately?
म-' के हो र भोली?'
रितु-' you (झर्किदै) ; उफ्फ; when will you start remembering things by your own?'
म-' के हो; ह्या गाली गर्नु सट्टा त भने हुन्छ नि।
रितु -'(झर्किदै)- भोली सुमनको engagement हैन?'
म -'थाहा छ त; तिमलाई check पो गर्या त;'
रितु-'you dog frankly भन न you had forgotten भनेर।
म-'याद थ्यो के बाँदर; अनी ofcourse we are going together. ए एउटा कुरा म नि सोध्नै बिर्सिरा;
रितु-' छिटो सोध तेरो बौ ले balance हल्दिदैन मेरो cell मा'
म -' रितु when are we getting engaged नि?'
रितु-'आश त ठुलै रहेछ ठिटो को, ल राखे ल फोन मैले?; भोलीको टाईम sms गरुला नि
म-' bye dear , love u'
रितु-(मूड चेन्ज)-'bye मेरो कालु; love you too । घर पुगेछी missed call देउ ल।
म-'किन?
रितु-'एत्तिकै; i know you reached घर safely भनेर नि; जवान केटा छौ; कसैले जोर-जबर्जस्ती; रेपसेप गर्द्यो भने; म अर्को काले कहाँ बाट खोज्नु नि?
म-'ह्या दिन्न के missed कल;बच्चा हो?'
रितु-'देउ भन्या खुरुक्कन। '
म-' ल दिये tring tring.. '
रितु-'(रिसौदै); नदेउ नि त; मलाई के मत्लब?'
म-'घर पुगे के उल्लु; गफ गर्दा गर्दै'
रितु-'hee hee ; ल अब i keep ।
म-'ल bye म नि keep अब'